११ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय

भुकम्प पिडितका अस्थायी टेन्टमै पुगेर उपचार गर्दै :स्वास्थ्य जनस्वयंसेवक

भुकम्प पिडितका अस्थायी टेन्टमै पुगेर उपचार गर्दै :स्वास्थ्य जनस्वयंसेवक

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर भुकम्प पिडितहरुका टेन्ट मै पुगेर उपचार गरेका छन् ।कुशे गाँउपालिकाका वडा नम्बर १ स्याँक्रिमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन,नेपालका स्वास्थ्य टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर भुकम्पबाट विस्थापित पिडितका अस्थायी टहराहरुमा पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् । जन स्वयंसेवकका २ नम्बर टाेलि कमान्डर अनन्तकाे नेतृत्वमा HA डाक्टर संन्जय लावड,जनसंचारका दिग्दर्शन,जनस्वयंसेवकका जनसेवकहरु र स्थानीय जनस्वयंसेवकहरु लगायतको उपस्थितिमा उपचार गरिएको हाे । भुकम्पमा परि घाइते भएका र भुकम्पबाट विस्थापित पिडितहरु अस्थायी टेन्टबाट बस्नुपर्ने बाध्यताले माैसमि चिसोले गर्...
भाईटिकाकाे साइत बिहान १०:५१मा

भाईटिकाकाे साइत बिहान १०:५१मा

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छन । प्रत्येक बर्ष भाईटिकाका दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।...
Tiktok बन्द गर्न दूरसञ्चार प्राधिकरणले गर्याे निर्देशन

Tiktok बन्द गर्न दूरसञ्चार प्राधिकरणले गर्याे निर्देशन

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन गरेकाे छ । मंगलबार प्राधिकरणले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन,आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ । सुचना हेर्नुहाेस :  ...
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ

नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर...
टिकटक आजदेखि बन्द हुने

टिकटक आजदेखि बन्द हुने

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
टिकटक आजैदेखि बन्द हुने भएको छ।प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।...
भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा जनस्वयंसेवकहरु द्धारा जनस्वास्थ्य सेवा शिविर संचालन

भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा जनस्वयंसेवकहरु द्धारा जनस्वास्थ्य सेवा शिविर संचालन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट : जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर संचालन गरेका छन् । भेरि नगरपालिकाका वडा नम्बर १ मैदे चाैरमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्य कर्मिका टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् । जन स्वयंसेवकका १ नम्बर टाेलि कमान्डर प्रतिज्ञाकाे नेतृत्वमा हेल्थ असिस्टेन्ट तथा डेन्टल डाक्टर केसर सिंह लावड,फार्मेसीहरु राम बहादुर विश्वकर्मा,संन्जय लावड,जनसंचारका दिग्दर्शन,राजन बुढा र स्थानीय जनस्वयंसेवक सदस्य प्रतिक लगायतको उपस्थितिमा उक्त ठाउँमा संचालन गरिएको थियोे ।"सदरमुकाम नजिकै रहेको याे क्षेत्रमा मन्त्री शक्ति बस्नेत पुगेता पनि त्यहाँ भुकम्पबाट ६ जनाको मृत्यु भएको,दर्जन घाइते भएको,झण्डै ३०० घ...
अखिल नेपाल शिक्षक संगठनले भुकम्प पिडितका लागि रु. ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ

अखिल नेपाल शिक्षक संगठनले भुकम्प पिडितका लागि रु. ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट। जाजरकोट भुकम्पबाट प्रभावित पिडितहरुका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ ।आईतवार अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्षिराम ढकालकाे नेतृत्वमा  अर्थ उपमहासचिव लक्ष्मण वलि,उपाध्यक्ष रूद्र केसि,कर्णाली प्रदेश अध्यक्ष अच्युत प्रसाद शर्मा,केन्द्रीय सदस्य रूद्र बहादुर वलि,जाजरकोट जिल्ला सचिव टेक बहादुर मल्ल र माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियान सदस्य तथा पार्टी केन्द्रीय  सचिवालय सदस्य धमिलकाे टाेलिले भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मालाई "भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०" लाई जम्मा रु ५१,१५१ (अक्षेरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) को चेक हस्तान्तरण गरेका हुन। उता माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्यु...
हिन्दूहरुकाे दाेश्राे ठुलाे चाँड तिहार,आज कुकुर र लक्ष्मि पुजा मनाउँदै

हिन्दूहरुकाे दाेश्राे ठुलाे चाँड तिहार,आज कुकुर र लक्ष्मि पुजा मनाउँदै

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तिहारकाे पहिलाे दिन  हिजाे काग तिहार थियाे  भने आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बा...
क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका लागि शुरु गर्याे जनसेवा अभियान

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका लागि शुरु गर्याे जनसेवा अभियान

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
  जाजरकोट : माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि आजबाट जनसेवा अभियान शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गाेपि सिंहकाे घर भुकम्पले क्षतविक्षत बनाएकाे घरलाई पुर्ननिर्माणकाे लागि शुरुवात गरेको हाे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने "दिपक" लगायतकाे टिम जिल्लामा पुगि यतिबेला भुकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिरहेकाे छ। शनिबार स्वास्थ्य सामाग्री सहित भुकम्प  प्रभावित क्षेत्र जाजरकोट पुगेर जिल्ला अस्पतालमा सामाग्रीहरु हस्तान्तरण गरि भुकम्पले क्षेतिग्रस्त घरहरुकाे उद्धारमा खटिएका हुन ।  इन्चार्ज दिपकका साथमा ६ नम्बर प्रदेश समिति संयाेजक संगम,जाजरकोट जिल्ला ईन्चार्ज अनन्त ,केन्द्रीय सदस्य विपिन,क्रान्तिकारी युवा संगठन नेपालका ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पिडितका लागि स्वास्थ्य सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण गरेकाे छ

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पिडितका लागि स्वास्थ्य सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण गरेकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट । माेहन वैद्य (किरण) नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टीले जिल्ला अस्पताल जाजरकोट लाई भुकम्प पिडितका लागि  स्वास्थ्य  सामाग्री हस्तान्तरण गरेकाे छ । शनिबार बिहान क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने "दिपक" नेतृत्वकाे  टाेलिले जिल्ला अस्पताल जाजरकोट पुगेर झण्डै ३ लाख बराबरको स्वास्थ्य  सामाग्री जनस्वास्थ्य अधिकृत जनक केसिलाई हस्तान्तरण गरेका छन । हस्तान्तरण कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ६ नं. प्रदेश समिति संयाेजक संगम,जाजरकोट जिल्ला ईन्चार्ज अन्तत,केन्द्रीय सदस्य विपिन,क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष हरिष भट्ट,केन्द्रीय सदस्य प्रतिज्ञा चाैलागाई र पाल्पा जिल्ला पार्टी संयोजक मुक्ति गैरे लगायत जिल्ला पार्टीका सदस्य हरुकाे उपस्थिति रहेको थियोे । जाजरकोटकाे बारेकाेट...