११ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय

एमाले युवा संघ र दुर्गा प्रसाईं काे शक्ति प्रदर्शन: कस्काे कति ? हेर्नुहाेस

एमाले युवा संघ र दुर्गा प्रसाईं काे शक्ति प्रदर्शन: कस्काे कति ? हेर्नुहाेस

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौँ: नेकपा (एमाले)को भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् ।निकै चासोपूर्वक हेरिएको दुर्गा प्रसाईं नेतृत्वको "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान"का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेका हुन् । प्रदर्शन स्थलमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।उता युवा संघले तीनकुनेमा प्रदर्शन गरेकाे थियाे, तीनकुनेमा पनि नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक–फरक स्थान तोकेर माइतीघर देखि बानेश्वर सम्मकाे एरियालाई "निषेधाज्ञा" जारी गरेको थियो । दुर्गा प्रसाईं नेतृत...
भुकम्पकाे केन्द्र बिन्दु मकवानपुर  जिल्लाकाे चित्लाङ, ४.५ म्याग्निच्युड

भुकम्पकाे केन्द्र बिन्दु मकवानपुर जिल्लाकाे चित्लाङ, ४.५ म्याग्निच्युड

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : १ बजेर १९ मिनेट जाँदा मकवानपुर जिल्लाको चित्लाङभन्दा केही माथि केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरसहित धादिङ र काठमाडौँ जिल्लामा महसुस गरिएको थियाे।    
काठमाडौंमा १:१९ भुकम्पकाे महसुस

काठमाडौंमा १:१९ भुकम्पकाे महसुस

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति  १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ भने यसबारे थप विवरण आउने क्रममा रहेको छ।
शिक्षकले बनाईदिए भुकम्प पिडत, शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास

शिक्षकले बनाईदिए भुकम्प पिडत, शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास शिक्षकले बनाइदिएका छन । अखिल नेपाल शिक्षक संगठनले भेरी नगरपालिका २ तिमिले जाजरकोट निवासी शहिद प्रताप ओलीको पत्नी भुकम्प पीडित एकल महिला गौमति ओलीको बस्ने अस्थायी आवास निर्माण गरेको छ । संगठनका राष्ट्रिय समितिका उप- महासचिव (अर्थ )लक्ष्मण ओली को नेतृत्वमा संगठनका राष्ट्रिय समिति सदस्य एवम् जाजरकोट जिल्ला अध्यक्ष रुद्र बहादुर ओली , बारा जिल्लामा कार्यरत शिक्षक शेर बहादुर खड्का ,स्थानीय युवा तिलक ओली, राम बहादुर ओली, डिल्ली ओली,मोहनलाल खत्री, जितेन्द्र ओली, दल बहादुर ओली लगाएतको टिमको सक्रिय सहभागीतामा उक्त आवास निर्माण गरिएको हो। जाजरकोट केन्द्र बिन्दु भयर २०८० कार्तिक १७ गते आएको बिनासकारी भुकम्पका कारण बाहिर हेर्दा ठिकै देखिएतापनि भित्र हेर्दा बस्न लाएक घर नभएपछि गौमति ओली बास बस्नको लागि सधै अर्काको अस्थायी आवासमा जानुपर्ने बाध्यता थियो ।...
माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :काठमाडौंकाे माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क...
भुकम्प प्रभावित क्षेत्रमा अस्थाई घर निर्माणका लागि १अर्ब ४१ कराेड निकाशा

भुकम्प प्रभावित क्षेत्रमा अस्थाई घर निर्माणका लागि १अर्ब ४१ कराेड निकाशा

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं : भूकम्प प्रभावित जिल्लामा अस्थायी घर निर्माण गर्न पहिलो किस्ताको  १अर्ब,४१ कराेड रकम निकासा भयकाे छ । साेमबार नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो ।  सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम निकासा भएको प्राधिकरणको भनाइ छ । भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधूरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए । जाजरकोट र पश्चिम रुकुमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ । निकाशा भयकाे रक...
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
रुकुम पश्चिम  ।रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर १० खोलागाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । अहिले घाईतेहरु सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याईएको छ । घाईते मध्य सात जनाको अवस्था गम्भिर भएको बताईएको छ । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।...
आज छठ पर्व, सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

आज छठ पर्व, सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने गरिन्छ ।छठ मनाउने हरुले आफ्नो संस्कार अनुसार विशेष गरेर तराईबासिहरु र ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थित छठ पूजास्थल जाने कार्यक्रम छ । राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले तराई ...
माेटरसाईकले ठक्कर दिदा एक वृद्धकाे मृत्युु

माेटरसाईकले ठक्कर दिदा एक वृद्धकाे मृत्युु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
बिरेन्द्रनगर  ।सुर्खेतको  भेरिगंगा नगरपालिका वडा न १० छिन्चुमा माेटरसाईकले ठक्कर दिदा एक जना वृद्धकाे ज्यान गयकाे छ । शुक्रबार दिउसाे बिपरित दिशाबाट आयकाे माेटरसाईकलले सुर्खेतको भेरिगंगा नगरपालिका वडा न १० छिन्चु बस्दै आयका ७८ बर्षिय मन बहादुर राेकायलाई ठक्कर दिय पछि टाउकाे, खुट्टा र शरिरमा गम्भीर चाेट लागे पछि , प्रदेश अस्पताल कालागाँउ सुर्खेत उपचारको क्रममा वृद्ध राेकायकाे मृत्यु भयकाे अस्पतालले जनायकाे छ । माेटर साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लियकाे र थप अनुसन्धान भईरहेकाे बताईयकाे छ।...
जाजरकोटमा चिसाेले ६ जना भुकम्प पिडितकाे मृत्युु

जाजरकोटमा चिसाेले ६ जना भुकम्प पिडितकाे मृत्युु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ।चिसोका कारण जाजरकोटमा ६ जनाएको मृत्यु भएको छ।भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, कुशे गाउँपालिका वडा न.२ टालेगाँउकि ८० बर्षिया मैमा सिंह,बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह,  नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपाल बहादुर रावल , ४८ वर्षीया पम्फा रावल र बारेकोट गाउँपालिका– १ रामीडाँडाका डुमे पुनको चिसोका कारण मृत्यु भएको हाे । भुकम्प ले घरहरु चर्किएका र बस्न नलायक भय पछि त्रिपाल र गाेठमुनिकाे बसाइँसंगै चिसाेका कारणले ज्यान गयकाे जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिय। दम,निमाेनिया,दीर्घरोगी भएका र चिसोका कारण रोगले च्याप्दै गएपछि उहाहरुकाे मृत्यु भयकाे प्रजिअ सुनारले बताय। उनका अनुसार भूकम्पपछि घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका करिव ३४ हजारभन्दा बढी घरपरिवार त्रिपाल र गाेठमुनि बस...