काठमाडौं :अछाम तुर्माखाँद च्यूरी मेला बगुर्खाल सडक ३ बर्ष देखि अलपत्र परेको छ।अछाम जिल्लाको तुर्माखाँद गाउपालिका वडा नम्बर ४ को आ.व. २०७८/०७९ “तुर्माखाँद च्यूरीमेला बगुरखाल सडक निर्माण याेजना” को लागी प्रदेश सरकारले बिनियोजित जम्मा रकम रु २५ लाख हो, जस मध्य उपभोक्ता समितिले त्यसको आधा काम मात्र गरेर पुरै काम सम्पन्न भएको भनी निर्णय गरि प्राबिधिक मुल्यांकन समेत गराइ बिल समेत उठाइ २०७९ असार मसान्तमा पास गरिएको हो। तर त्यहाको स्थानीय उपभोक्ताले भने स्टेटमेट अनुसार पुरै काम नभएको भन्ने व्यापक जन गुनासो आएपछि उपभोक्ता समिति का अध्यक्ष झंकर बुढा ले १० लाख रुपैया बचेको बताएका छ्न,जस मध्य ५ लाख ५० हजार उपभोक्ता समितिको खातामा छ बाँकी ४ लाख ५० हजार इन्धनको लागि एउटा ब्यापारी लाई दिएको बताएका हुन। तर उपभोक्त समितिको भने कुनै निर्णय छैन।
आ.व.२०७८/०७९ मा तुर्माखाद गाउपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढा थिए । प्रेमबहादुर बुढा अहिले पनि प्रशासकीय अधिकृत नै हुनुहुन्छ। अधिकृत बुढाकाे भनाइ अनुसार त्यो बेला ०७८/०७९ मा उपभोक्ता समिति सदस्य र अहिले बर्तमान ४ नम्बर वडा (अध्यक्ष पदमबहादुर बि सि ) भएर आएपछि उहाले यो रकम फिरिज जानू भन्दा पास गर्नु पर्यो उपभोक्ता समितिको खातामा रकम झार्नु पर्यो जसरी भएपनि ,पछि म काम सप्पन्न गर्छु भनेको हुदा पास गरेको बताउनु भएको हो। ४ नम्बर वडा (अध्यक्ष पदमबहादुर बि सि ) भने त्या रोडको सम्भावना नै छैन भनी विभिन्न बहाना गरि ३ बर्ष सम्म बाटो अलपत्र परेको हो। र अध्यक्ष पदमबहादुर बि सि ले भने तुर्माखाद बागेपानी को बाटो सुचारू गरेकाहुन। उक्त बाटाे बिवादित हुदा स्थानीय उपभोक्ताहरु सारै सास्ती भयकाे बताउछन ।