११ जेष्ठ २०८३, सोमबार

समाचार

नेपाल बुद्धिचाल महासंघमा विद्रोहको विस्फोटः नेतृत्व संकट, अविश्वास प्रस्ताव र नयाँ तदर्थ समितिको उदय पछाडिको वास्तविकता

नेपाल बुद्धिचाल महासंघमा विद्रोहको विस्फोटः नेतृत्व संकट, अविश्वास प्रस्ताव र नयाँ तदर्थ समितिको उदय पछाडिको वास्तविकता

खेल, समाचार
काठमाडौं । नेपाल बुद्धिचाल महासंघभित्र लामो समयदेखि मौन रूपमा सञ्चित असन्तुष्टि अन्ततः खुला विद्रोहमा परिणत भएको छ। जेठ १० गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले महासंघको वर्तमान नेतृत्वविरुद्ध गम्भीर प्रश्न उठाउँदै नयाँ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेपछि नेपाली बुद्धिचाल क्षेत्र अभूतपूर्व विवाद, बहस र शक्ति संघर्षको केन्द्र बनेको छ। विगत केही वर्षयता महासंघको नेतृत्व शैली, आर्थिक व्यवस्थापन, खेलाडी छनोट प्रक्रिया, बजेट परिचालन र संस्थागत पारदर्शिताका विषयमा विभिन्न जिल्ला संघ, क्लब तथा खेलकर्मीहरूले निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका थिए। तर ती आवाजहरू नेतृत्व तहसम्म प्रभावकारी रूपमा नपुगेको आरोप असन्तुष्ट पक्षको छ। महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध वरिष्ठ उपाध्यक्ष दीपिन राई नेतृत्वको समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि विवाद सतहमा आएको हो। अविश...
मुकुन्द रिजाल स्मृति कपको धमाकेदार सुरुवात, उद्घाटन खेलमै वडा–१६ को शानदार विजय

मुकुन्द रिजाल स्मृति कपको धमाकेदार सुरुवात, उद्घाटन खेलमै वडा–१६ को शानदार विजय

खेल, समाचार
काठमाडौं । लैनचौरस्थित खेलमैदान शनिबार केवल फुटबल प्रतियोगिताको उद्घाटनस्थल मात्र बनेन, स्वर्गीय वडा अध्यक्ष मुकुन्द रिजालप्रतिको सम्मान, सम्झना र भावनाको केन्द्रसमेत बन्यो। काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सुरु भएको “वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” ले खेलकुदसँगै एक असल जनप्रतिनिधिको योगदानलाई पुनः स्मरण गराएको छ। कार्यक्रमको उद्घाटन वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठले स्वर्गीय मुकुन्द रिजालको तस्बिरमा माल्यार्पण गर्दै तथा पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। उद्घाटन समारोहमा स्व. रिजालकी धर्मपत्नी कविता आचार्य रिजाल, उहाँका छोराहरू, परिवारजन, आफन्त तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उद्घाटन समारोह भावनाले भरिएको थियो। आफ्ना श्रीमानको स्मृतिमा आयोजित प्रतियोगिताले आफू र आफ्नो परिवारलाई अत्यन्तै भावुक बनाएको भन्दै कविता ...
युवाहरु अशाेक सुवेदी समुहको भ्रममा नपराै : आकाश कार्की

युवाहरु अशाेक सुवेदी समुहको भ्रममा नपराै : आकाश कार्की

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट समाजवादी युवा संगठन नेपालका अध्यक्ष आकाश कार्कीले अशोक सुवेदीले आँफुहरुलाई जानकारी नै नदिई नक्कली हस्ताक्षर बनाई विज्ञप्ति निकालेको भन्दै सार्वजनिक चेतावनी दिएका छन् । अध्यक्ष आकाशले चेतावनी दिदै भनेका छन् आफु पुर्ण बहादुर सिंह´समरजंग`ले नेतृत्व गरेको समाजवादी कम्युनिस्ट पार्टी नेपालमै रहेको बताएका छन् । उनले एक वक्तव्य जारी गर्दै भनेका छन "उपरोक्त सम्बन्धमा यो जानकारी गराउँदछौँ कि समाजवादी युवा संगठन नेपाल कुनै पनि व्यक्ति र समुहको पक्षधर हाेईन,याे सम्पुर्ण जनता र देशको हिमायती हाे ।त्यसैले अशोकले नेतृत्व गरिएको भनिने समूहका कुनै पनि गतिविधिहरूसँग समाजवादी युवा संगठन नेपालको कुनै सहमति एवम् समर्थन नरहेको अवगत गराउँदछौँ। साथै कमरेड अशोक सुवेदीले नक्कली हस्ताक्षर प्रयोग गरेर म र युवा संगठनलाई दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौँ। सम्पूर्...
सूचक प्रकाशनले गर्यो  बालसाहित्यका चार पुस्तकहरू र निद्रा देउजाका कवितासङ्ग्रह गरी पाँच पुस्तक एकसाथ विमोचन

सूचक प्रकाशनले गर्यो बालसाहित्यका चार पुस्तकहरू र निद्रा देउजाका कवितासङ्ग्रह गरी पाँच पुस्तक एकसाथ विमोचन

समाचार
 काठमाडौँ । ‘सिर्जनाको खोजी, प्रतिभाको सम्मान,सूचचको राष्ट्रिय अभियान’ नाराका साथ साहित्यिक उन्नयनमा लागिपरेको सूचक प्रकाशनले बालसाहित्यका चार पुस्तकहरू र निद्रा देउजाका कवितासङ्ग्रह गरी पाँच पुस्तक एकसाथ विमोचन गरिएको छ । सूचक प्रकाशनको संयोजनमा शब्दसरोवर डटकम, लोमश वाङ्मय प्रतिष्ठान,बालसंस्कार डटकम को संयुक्त आयोजनामा ‘बालबालिकामा पठन संस्कृति विकासका लागि राष्ट्रिय बालसाहित्य अभियान’ अन्तर्गत प्रकाशित पुस्तकहरूको विमोचन गरिएको हो । पुतलीसडकस्थित ग्रीन लिफ फुड क्याफेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले साहित्यकार जलेश्वरी श्रेष्ठको बालकथा ‘सुनपरी’,विमलादेवी अधिकारीको बालकविता ‘जून’ दीपक भेटुवाल ‘दीपसागर’को बालकथा ‘लड्डुको खोज’, सुशीला देउजाको बालकथा ‘काले’, र निद्रादेवी देउजाको कविताकृति ‘अमूर्त घर’ एकसाथ लोकार्पण गरे । कार्यक्रममा बालसाहित्य समाजका निवर्तमान अध्यक्ष तथ...
रानिवनको ‘गोल्डेन गर्जन’ : द च्याम्पियनस् तेक्वान्दो डोजाङले २१ पदकसहित चम्कायो काठमाडौं–१६ को शान

रानिवनको ‘गोल्डेन गर्जन’ : द च्याम्पियनस् तेक्वान्दो डोजाङले २१ पदकसहित चम्कायो काठमाडौं–१६ को शान

खेल, समाचार
काठमाडौं । सफलता कहिल्यै सहज रूपमा प्राप्त हुँदैन। त्यसका पछाडि अनगिन्ती पसिनाका थोपा, असंख्य संघर्षका कथा र हार नमानेको आत्मविश्वास लुकेको हुन्छ। यही यथार्थलाई चरितार्थ गर्दै काठमाडौं महानगरपालिका–१६ रानिवनस्थित द च्याम्पियनस् तेक्वान्दो डोजाङ ले छठौं स्यूचाटर फ्रेन्डशिप तेक्वान्दो प्रतियोगितामा आफ्नो शक्तिशाली उपस्थिति दर्ज गराएको छ। २०८३ जेठ ८ र ९ गते सम्पन्न प्रतियोगितामा डोजाङले ६ स्वर्ण, ५ रजत र १० कास्य गरी कुल २१ पदक जित्दै समग्रतर्फ तेस्रो स्थान हासिल गरेको छ। पदक तालिकामा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल यस डोजाङले प्रतियोगिताभर दर्शक र प्रतिद्वन्द्वीहरूको ध्यान आफूतर्फ तान्न सफल रह्यो। तर यो सफलताको कथा केवल पदकको संख्या मात्र होइन, एउटा सपना साकार भएको कथा पनि हो। प्रतियोगिताको सबैभन्दा चर्चित क्षण तब बन्यो, जब केटीतर्फको उत्कृष्ट खेलाडीको रूपमा अंकिता थापा मगर को नाम घोष...
ललितपुर काे सातदोबाटो क्षेत्रमा ॐ समाज डेण्टल अस्पताल र Lions Club of Kathmandu Chandragiri Delight को संयुक्त आयोजनामा सम्पन्न निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर काे सातदोबाटो क्षेत्रमा ॐ समाज डेण्टल अस्पताल र Lions Club of Kathmandu Chandragiri Delight को संयुक्त आयोजनामा सम्पन्न निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

समाचार, स्वास्थ
राजन थापा ललितपुर / मानवता, सेवा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। सातदोबाटो ट्राफिक प्रहरी परिसरको सहकार्य तथा व्यवस्थापनमा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दा, सर्वसाधारण, युवायुवती तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा निःशुल्क दन्त परीक्षण, डेन्टल स्केलिङ, दन्त सम्बन्धी परामर्श तथा अन्य दन्त सेवामा विशेष छुट प्रदान गरिएको थियो। साथै “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नारासहित सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ठूलो संख्यामा नागरिकहरूले रक्तदान गर्दै मानव सेवामा योगदान पुर्‍याएका थिए। आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका धेरै नागरिकहरूले निःशुल्क सेवा पाएपछि खुशी व्यक्त गरेका थिए। शिविरमा स्वयं उपस्थित भएर बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका डा. सुवास घिमिरेले भावुक हुँदै ...
चक्रपथ सरसफाई अभियानको ४७७औँ हप्तामा साहित्यले जगायो सामाजिक चेतना

चक्रपथ सरसफाई अभियानको ४७७औँ हप्तामा साहित्यले जगायो सामाजिक चेतना

समाचार
काठमाडौं । सडक सफा गर्ने अभियान केवल फोहोर उठाउने कार्य मात्र होइन, समाजको चेतना, संस्कार र जिम्मेवारीलाई उजागर गर्ने आन्दोलन पनि हो भन्ने सन्देश फेरि एकपटक चक्रपथ सरसफाई महाअभियानले दिएको छ। ४७७औँ हप्ताको निरन्तर यात्रामा पुगेको चक्रपथ सरसफाई महाअभियानको अवसरमा आयोजित विशेष कार्यक्रम “सरसफाईमा साहित्य” भव्य रूपमा सम्पन्न भएको छ। वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र साहित्यिक चेतनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजित कार्यक्रममा साहित्य, समाजसेवा, स्वास्थ्य, व्यवसाय र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा युवा व्यवसायी सुशिल मोक्तान, दन्त रोग विशेषज्ञ डा. पुष्कर काफ्ले, मिडियाकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली, सामाजिक अभियन्ता सुरेन्द्र सेडाई लगायतले समाज रूपान्तरण, सरसफाईको महत्व, नागरिक जिम्मेवारी तथा मानवीय मूल्यहरूलाई समेटेका सिर...
“लैनचौरमा फुटबलको महाकुम्भ: स्व. मुकुन्द रिजालको सम्झनामा १३ वडाको रोमाञ्चक भिडन्त, राजधानी खेलमय बन्ने”

“लैनचौरमा फुटबलको महाकुम्भ: स्व. मुकुन्द रिजालको सम्झनामा १३ वडाको रोमाञ्चक भिडन्त, राजधानी खेलमय बन्ने”

समाचार
काठमाडौं । राजधानी काठमाडौं फेरि एकपटक फुटबलको ज्वरोले तात्ने भएको छ। युवा जोश, प्रतिस्पर्धाको उत्कर्ष र एक समाजसेवी व्यक्तित्वप्रतिको सम्मानलाई एउटै मैदानमा उतार्दै काठमाडौं महानगरपालिका वडा नं. १६ ले “वडा स्तरीय स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ। खेलकुदप्रेमीहरूका लागि उत्सुकतापूर्वक प्रतीक्षा गरिएको यो प्रतियोगिता  २०८३ जेठ १० गते बिहान ७ बजे राजधानीको ऐतिहासिक लैनचौर खेल मैदानबाट औपचारिक रूपमा सुरु हुँदैछ। आयोजकका अनुसार उद्घाटन समारोहलाई विशेष, भव्य र स्मरणीय बनाउने तयारी तीव्र रूपमा भइरहेको छ। वर्षौंसम्म समाज, युवा तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याएका स्वर्गीय मुकुन्द रिजालको स्मृतिलाई सम्मान गर्दै आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुद मात्र नभई सामाजिक एकता, अनुशासन र सकारात्मक सोचको सन्देश पनि प्रवाह गर्ने अपेक्षा गरिएको छ।...
कामदारको ज्यान पहिलो’ भन्ने सन्देशसहित सुरक्षा तालिमको भव्य उद्घाटन”

कामदारको ज्यान पहिलो’ भन्ने सन्देशसहित सुरक्षा तालिमको भव्य उद्घाटन”

समाचार
काठमाडौं । नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र, भैँसेपाटी ललितपुर र ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा “ग्रिल तथा फेब्रिकेशन कार्यमा संलग्न श्रमिकहरूलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य बचाउ सम्बन्धी अभिमुखीकरण तालिम” आजदेखि औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि जोखिमपूर्ण रूपमा सञ्चालन हुँदै आएको ग्रिल तथा स्टिल व्यवसाय क्षेत्रमा कार्यरत श्रमिकहरूको सुरक्षा, स्वास्थ्य र जीवन रक्षालाई केन्द्रमा राखेर आयोजना गरिएको यो कार्यक्रमलाई व्यवसायिक क्षेत्रमा एउटा ऐतिहासिक अभियानको रूपमा हेरिएको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको भैँसेपाटीस्थित सभाहलमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रमको भव्य उद्याटन गरिएको हो । उद्याटन समारोहमा सरकारी अधि...
पुर्व सहकर्मी अशाेक सुवेदीमाथि महासचिव समरजंगकाे अनैतिक धन्दाकाे आराेप

पुर्व सहकर्मी अशाेक सुवेदीमाथि महासचिव समरजंगकाे अनैतिक धन्दाकाे आराेप

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं -समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव समरजंग ले पार्टीका पूर्वनेता अशोक प्रसाद सुवेदी विरुद्ध आरोप लगाउँदै बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन् ।विज्ञप्तिमा पार्टीले अशोक सुवेदीलाई यसअघि नै सबै जिम्मेवारीबाट हटाइसकेको उल्लेख गर्दै निर्णय कार्यान्वयन गर्नुको सट्टा उनले पार्टी र नेतृत्वविरुद्ध अनैतिक ढंगले विषवमन गरिरहेको आरोप लगाइएको छ । महासचिव समरजंगले अशोक सुवेदीमा सुरुदेखि नै चरम महत्वाकांक्षा र पदलोलुप प्रवृत्ति रहेको दाबी गरेका छन् । पार्टीले अघि सारेको नयाँ विचार पाठशाला अवधारणाले उनको महत्वाकांक्षामा धक्का पुगेपछि असन्तुष्टि बढेको उल्लेख विज्ञप्तिमा गरिएको छ । त्यस्तै, ‘रातो खबर’ पत्रिका तथा अनलाइन सञ्चालनका नाममा पार्टीबाट अनुचित आर्थिक लाभ लिन खोजिएको आरोप पनि विज्ञप्तिमा समेटिएको छ । पार्टीले प्रारम्भमा सहयोग गर्ने तयारी गरे पनि आर्थिक दायित्वको विषयमा मिलोम...