गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
काठमाडौं । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
एकतर्फी प्रेमको संवेदनशील अनुभूति र आत्मीय भाव समेटिएको यस गीतले छोटो समयमै श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले गीतलाई मर्मस्पर्शी बनाएको छ।
गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ र गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ। यसअघि पनि गीतकार राईका केही गीत रेकर्ड भइसकेका छन्।
२०७५ मा शिला खनालले ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’, २०७९ मा मनमा बी राईले र २०८१ मा नवराज पराजुलीले ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई हाल काठमाडौंमा रहेर साहित्य र पत्रकारितामा सक्रिय छन्। उनले यसअघि दस वर्षे ...









