२०८३ श्रावण २४, आइतवार

शिक्षा

शारदा मावि बाह्रबिसे एसएलसी ब्याच–२०५५ द्वारा एसईई उत्तीर्ण विद्यार्थी सम्मान

शारदा मावि बाह्रबिसे एसएलसी ब्याच–२०५५ द्वारा एसईई उत्तीर्ण विद्यार्थी सम्मान

शिक्षा, समाचार
काठमाडौं । श्री शारदा माध्यमिक विद्यालय, बाह्रबिसेबाट २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूको साझा संस्था एसएलसी ब्याच–२०५५ ले २०८२ सालमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै पुस्ताबीचको सम्बन्ध, आत्मीयता र शैक्षिक सफलताको प्रेरणादायी सन्देश दिएको छ। आफूले अध्ययन गरेको विद्यालय र त्यहाँसँग जोडिएका पुराना सम्झनालाई जीवन्त राख्दै आएको एसएलसी ब्याच–२०५५ ले आफ्नै ब्याचका सदस्यका सन्तानले हासिल गरेको शैक्षिक सफलतालाई सामूहिक खुसीका रूपमा मनाउँदै सम्मान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको सभापतित्व एसएलसी ब्याच–२०५५ समितिका अध्यक्ष तथा श्री शारदा माध्यमिक विद्यालय, बाह्रबिसेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर श्रेष्ठ (उमेश) ले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नगरकोट जिपला...
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । नागेन्द्र साह नेपाल आयल निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत हुन् । यसभन्दा पहिले निगमको कार्यकारी निर्देशक चण्डिका भट्ट थिए । सरकारले पहिलेको सबै नियुत्ती बदर गरेपनि उनी स्वातः हटेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् । उनीसँग प्रतिस्पर्धामा प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव पनि उम्मेदवार थिए । उनीहरुलाई पछि पारेर साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् । ...
भेरी नगरपालिका -१ जाजरकोटद्धारा नवप्रतिभावान युवालाई सम्मान

भेरी नगरपालिका -१ जाजरकोटद्धारा नवप्रतिभावान युवालाई सम्मान

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट: भेरी नगरपालिका वडा नं. १ ले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका दुई जना नवप्रतिभावान युवालाई नगदसहित सम्मान गरेको छ।साहसिक खेलका रूपमा परिचित साइकल यात्रामार्फत आफ्नो क्षमता प्रदर्शन गर्दै जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन योगदान दिएका ज्ञानेन्द्र राना तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको भलिबल विधामा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय खेलाडीका रूपमा पहिचान बनाएका सुरेन्द्र परियार लाई वडा कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो। वडा अध्यक्ष दिपक राना ले युवाको प्रतिभा, मेहनत र समर्पणको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको बताए।अध्यक्ष रानाकाअनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र उत्कृष्ट कार्य गर्ने युवाको सम्मानले अन्य युवालाई पनि सिर्जनात्मक र प्रेरणादायी कार्यतर्फ आकर्षित गर्ने विश्वास...
शिक्षकको मन बुझ्दै माइन्ड प्लस : तनाव व्यवस्थापन तालिमले थप्यो उत्साह

शिक्षकको मन बुझ्दै माइन्ड प्लस : तनाव व्यवस्थापन तालिमले थप्यो उत्साह

शिक्षा, समाचार
काठमाडौं । विद्यालय शिक्षण पाठ्यपुस्तकमा सीमित पेशा होइन, यो मानसिक धैर्यता, भावनात्मक सन्तुलन र निरन्तर जिम्मेवारीसँग जोडिएको क्षेत्र पनि हो । यही यथार्थलाई केन्द्रमा राख्दै मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा सक्रिय Mind Plus ले शिक्षकहरूको मानसिक सुदृढीकरणका लागि विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । राजधानीको Honey Bee Montessori School सँगको सहकार्यमा आयोजित एकदिने “कार्यस्थलगत थकान तथा तनाव व्यवस्थापन” सम्बन्धी तालिममा विद्यालयका  शिक्षक तथा कर्मचारी सहभागी भएका थिए । विद्यालयकी प्रिन्सिपल Kamala Ghimire Adhikari ले शिक्षकहरूको मनोबल उच्च राख्ने, उनीहरूलाई पुनर्ताजगी गराउने तथा कार्यक्षमतामा सकारात्मक ऊर्जा थप्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार विद्यालयमा सिकाइको गुणस्तर बढाउन शिक्षकको मानसिक स्वास्थ्य सुदृढ हुनु अत्यावश्यक पक्ष हो । क...
भविष्य बनाउने कारखाना बन्दै सान इन्टरनेशनल कलेज : १००% छात्रवृत्तिसहित नयाँ इतिहास रच्दै

भविष्य बनाउने कारखाना बन्दै सान इन्टरनेशनल कलेज : १००% छात्रवृत्तिसहित नयाँ इतिहास रच्दै

शिक्षा, समाचार
काठमाडौं । जब शिक्षा केवल पढाइमा सीमित रहँदैन र सपना पूरा गर्ने माध्यम बन्छ, तब जन्मिन्छ एउटा यस्तो संस्था जसले विद्यार्थीको भविष्यलाई नयाँ दिशा दिन सक्छ । अहिले राजधानीको चन्द्रागिरि–१४, नैकापमा यस्तै एउटा शैक्षिक क्रान्तिको चर्चा चुलिँदै गएको छ । त्यो नाम हो — सान इन्टरनेशनल कलेज । काठमाडौं उपत्यकाभरि नै गुणस्तरीय शिक्षाको विश्वसनीय गन्तव्यको रूपमा परिचित सान इन्टरनेशनल कलेजले अहिले आधुनिक सुविधा सम्पन्न साततले भवन निर्माण गर्दै शिक्षा क्षेत्रमा नयाँ आयाम थपिरहेको छ । कलेजले कक्षा ११ मा नयाँ भर्ना हुने सीमित संख्याका विद्यार्थीहरूका लागि १०० प्रतिशतसम्म छात्रवृत्ति घोषणा गरेपछि विद्यार्थी र अभिभावकको आकर्षण झन् बढेको छ । “सिटहरू भरिनु अघि नै आवेदन दिनुहोस्” भन्ने सन्देशसहित कलेजले भविष्यप्रति गम्भीर र मेहनती विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गरिरहेको जनाएको छ । आर्थिक अवस्था कमजोर भए प...
टाेखा नगरपालिकाकाे बजार अनुगमन पछि ४६ वटा पसल कार्वाहीमा

टाेखा नगरपालिकाकाे बजार अनुगमन पछि ४६ वटा पसल कार्वाहीमा

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ ।"टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५" बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा बजार अनुगमन गरेको थियो । नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य सङ्घ टोखा र उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा बजार अनुगमन गरिएको थियो । अनुगमनका क्रममा धेरैजसो व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको भेटिएको टोखाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए । बजार अनुगमनका क्रममा पसलहरूमा मूल्यसूची नराखिएको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको, मासु पसलमा सरसफाइको चरम अभाव रहेको र न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको प्...
एसईई परीक्षा- २०८२काे नतिजा सार्वजनिक ६६% विद्यार्थी उतिर्ण

एसईई परीक्षा- २०८२काे नतिजा सार्वजनिक ६६% विद्यार्थी उतिर्ण

Breaking News, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौ :राष्ट्रिय परिक्षा वाेर्डले  माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ ।सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भएका छन। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन गरेर परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हाे। नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । नतिजाअनुसार जीपीए १.६० देखि २.०० ल्याउने विद्यार्थी संख्या ७ रहेको छ भने २.०० देखि २.४० ...
सुकुम्बासीको अवस्थासम्बन्धी मानव अधिकार आयाेगले अनुगमन प्रतिवेदन पठाएको छ

सुकुम्बासीको अवस्थासम्बन्धी मानव अधिकार आयाेगले अनुगमन प्रतिवेदन पठाएको छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन सोमबार सरकारलाई पठाएको छ।आयोगले उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरुमा वर्षौँदेखि बस्दै आएका सुकुम्बासी बस्तीका घरटहरा सरकारले हटाएको सन्दर्भमा अनुगमन गरेको प्रतिवेदन सरकारलाई पठाएको हो। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले उक्त क्षेत्रका बासिन्दाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलगायत अन्य मानवअधिकारको उपभोगमा परेको असर तथा निजहरुको मानवअधिकारको अवस्था सम्बन्धमा विभिन्न मितिमा आयोगले गरेको अनुगमन प्रतिवेदन पठाएको जानकारी दिए। प्रतिवेदनमा गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई आवश्यक पोषणयुक्त खानेकुरा तथा औषधि नियमित रुपमा उपलब्ध गराउन, लैङ्गिक संवेदनशील विषयहरुलाई सम्बोधन गर्न भनिएको छ।...
सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका  विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई

शिक्षा, समाचार
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकापस्थित सान इन्टरनेशनल कलेजमा शुक्रबार एक भावुक र उल्लासमय वातावरणका बीच कक्षा १२ मा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई गरिएको छ। विदाई कार्यक्रम सामान्य औपचारिकतामा सीमित नरही प्रेरणा, सम्झना र भविष्यप्रतिको दृढ संकल्पले भरिएको विशेष समारोहका रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूको अनुशासन, मेहनत र उपलब्धिको प्रशंसा गर्दै उनीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका ओम समाज डेन्टल अस्पताल का अध्यक्ष तथा ख्यातिप्राप्त ओरल म्याक्सिलोफेसियल विशेषज्ञ डा. सुवास घिमिरेले आफ्नो प्रेरणादायी मन्तव्यमा विद्यार्थीहरूलाई जीवनको प्रतिस्पर्धात्मक यात्रामा इमान्दारिता, लगनशीलता र सकारात्मक सोचलाई अंगाल्न आग्रह गरे। उनले भने, “आजको व...
नयाँ शैक्षिकसत्र वैशाख १५ देखि, २१ गते देखि विद्यालयमा पठनपाठन सुरु

नयाँ शैक्षिकसत्र वैशाख १५ देखि, २१ गते देखि विद्यालयमा पठनपाठन सुरु

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सञ्चालन र २१ गतेदेखि विद्यालयहरुमा पठनापाठन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्‌को चैत २२ गतेको निर्णय अनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो । केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्य गर्न र विद्यार्थी सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न अनुरोध गरेको छ । यसअघि सरकारले वैशाख १ बाट सुरु गरेर भर्ना चलाउँथ्यो भने निजी विद्यालयहरुले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गराउँदै आएकामा अबदेखि सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा नयाँ शैक...