श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेको ७५ औ जन्मोत्सव भव्यताकोसाथ सम्पन्न
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो विद्यालयकोरुपमा स्थापित बाह्रबिसे नगरपालिकामा पर्ने श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेले आफ्नो स्थापनाको ७५ औं जन्मोत्सव भव्यताकोसाथ मनाएको छ ।
नव नियुक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को अध्यक्षतामा भएको कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय नेता तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश पुर्व वन तथा वातावरण मन्त्री मसिना खड्का(भण्डारी),बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत,उपमेयर मन्जु तामाङ,सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष एवं सफल व्यवसायी बुद्धराज बस्नेत,विद्यालय व्यवस्थापन समितिका पुर्ब अध्यक्ष शम्भु बहादुर तिमल्सिना, जिल्ला शिक्षक संघका अध्यक्ष तारा बहादुर कार्की, विद्यालयका पुर्व प्रधानाध्यापक उद्दबलाल श्रेष्ठको बिशेष आतिथ्य रहेको थि...









