२० मंसिर २०८२, शनिबार

विचार

प्रधानमन्त्री प्रचण्ड इटलिबाट स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड इटलिबाट स्वदेश फिर्ता

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी हुन यही साउन ६ गते त्यसतर्फ गएका थिए । प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए । स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनाै भनेर पहिल्यै घोषणा गर्ने कल्चर...
काजी कमारा र अधुरो क्रान्ति : डा. शिवसंकर बस्याल

काजी कमारा र अधुरो क्रान्ति : डा. शिवसंकर बस्याल

कविता, राजनीति, राष्ट्रिय, विचार, समाचार
काजी, कमारा र अधुरो क्रान्ति काजीले कमाराहरुलाई फर्मेशनमा उभ्यायो र भन्यो- एकीकृत क्रान्तिको सपना पुरा हुदैछ ! कमाराहरु पनि कमान्डरले थामीदिएको बीउ समात्दै काजीले भट्याएको वाली गाए र रमाए भौतिकबाद्को रातो किताब पिसाबखानामा मिल्काएर क्रान्तिको अधुरो सपना धान रोपेर पूरा गरे !!!
काभ्रे आर सि पि नेपाल जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिवेशन  सम्पन्न

काभ्रे आर सि पि नेपाल जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिवेशन सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
नकुल चाैलागाई ,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिबेशन तथा बैठक सप्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले श्याम विकको संयोजकत्वमा तिन सदस्य थप गर्ने गरि ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ । अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला संयोजक माधब गौतमले दलाल संसदीय ब्यबस्थाको अन्त्य गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवाद स्थापनाको लागि लागि पार्टी एकता भएको बताए । उनले क्रान्तिमा सुरुमा प्रचण्डले गद्दार गरेको र बिप्लवले पनि त्यही बाटो समातेकोले बिद्रोह गर्नु परेको स्पष्ट पारे। कार्यक्रममा जिल्ला सहसंयोजक ढोक प्रसाद अधिकारीले उत्पीडिनमा परेको जनता नउठे सम्म क्रान्ति सप्पन्न नहुने बताउँदै उत्पीडिनमा परेको जनता पहिला उठ्नु पर्नेमा जोड दिए । सोहि कार्यक्...
स्रष्टा अतृप्त पाण्डे र पेशल आचार्य काे सम्मानमा स्मृति सभा

स्रष्टा अतृप्त पाण्डे र पेशल आचार्य काे सम्मानमा स्मृति सभा

Breaking News, कविता, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । प्रगतिशील लेखक स्रष्टा द्धय अतृप्त पाण्डे र पेशल आचार्यको सम्झनामा स्मृति सभा सम्पन्न भयकाे छ। बिहिवार  नेपाल - काेरिया लेखक/ पत्रकार मंच र हित प्रसाद उपाध्याय-जुनमाया सुवेदी साहित्य प्रतिष्ठानकाे आयाेजनामा काठमाडौंको अनामनगर मा रहेेकाे संबाद डब्बलिमा स्मृति सभा संचालन भयकाे हाे । स्रष्टा पाण्डे काे २००७साल कार्तिक १२ गते जन्म भई २०८०असार १२ गते मृत्यु र आचार्यको २०२४भदौ ११ गते जन्म भई २०८० साउन १ गते निधन भयकाे थियाे ।दुबै जनाले विभिन्न काल खण्डमा प्रगतिशील लेख ,कविता लेखी अनुकरणीय इतिहास निर्माण गरेका थिय । स्रष्टा द्धय पाण्डे र आचार्यको सम्झना गर्दै कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य हेमन्त प्रकाश ओली ,प्रा.डा.राम प्रसाद ज्ञवाली,नरेन्द्र जंग पिटर लगायत विभिन्न कवि, लेखक र राजनैतिक बिचारकहरुले कविता र बिचार ब्यक्त गर्दै श्रदान्जली ब्यक्त ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटकाे अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटकाे अधिवेशन तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट ।माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटकाे एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयकाे छ । शुक्रबार भेरि नगरपालिका वडा न १ रिम्ना स्थित सहिद स्मृति भवनमा भयकाे अधिवेशन जिल्ला संयोजक  हिमालकाे अध्यक्षतामा भयकाे भेलामा पार्टी कर्णाली प्रदेश कमिटी सह- ईन्चार्ज तथा जिल्ला इन्चार्ज  प्रेम बहादुर चलाउने ( अनन्त) , पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेम प्रकाश वलि ( धमिल ) र पार्टी प्रदेश कमिटी सल्लाहकार सदस्य हर्क र हरिशकाे काे विशेष उपस्थितिमा जिल्ला समिति सदस्यहरुकाे सहभागीतामा एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भयकाे थियाे ।अधिवेशनले ठगेन्द्र बहादुर सिंह "हिमाल"लाई संयोजक र रतन वलिलाई सह-संयोजकमा जिम्मेवारी ताेकेकाे छ । उक्त अधिवेशनबाट ३५ सदस्यीय जिल्ला भेला आयाेजक कमिटी गठन गरियकाे छ ।अधिवेशनमा इन्चार्ज अनन्त र धमिलले बर्तमान परिस्थिति, राष्ट्रि...
स्वास्थ्यमा समायोजन काज,यसका असर र समाधानका बिकल्पहरु:

स्वास्थ्यमा समायोजन काज,यसका असर र समाधानका बिकल्पहरु:

Breaking News, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
समायोजन काज के हो? खासमा यो समायोजन काज के हो? -भन्ने बिषयमा नै बिबाद रहेको छ। समायोजन ऐन २०७५ बमोजिन समायोजन भएर कुनै स्वास्थ्यकर्मी संघ तीर लागे,कोही प्रदेश तिर लागे,कोही मन नलागी नलागी भएपनी स्थानीय तह तिर लागे । समायोजन मा बिबिध समस्या देखा परे,ति समस्या केही हद सम्म समायोजन मिलान ले समाधान गर्दै थियो । समायोजन ले निम्त्यायका समस्याहरु पुर्ण रुपमा समाधान पनि भएका थियनन् । समायोजनमा नै फाजिल पारीयका हरुको ब्यबस्थापन भएकै थियन । त्यसपछी नंया समस्या समायोजन काज ले निम्त्यायो ।समस्याहरुको समाधान प्राथमीकताका आधारमा गर्दै जानु पर्नेमा बिगतका समस्याहरुलाइ यथाबत राखेर नंया समस्या को सिर्जना गरीयो त्यो हो समायोजन काज। खासमा हरेक कर्मचारी घरपाएक अथवा सुगममा सरुवा भएर जान चाहान्छ ।घर परिवार ब्यबस्थित गर्दै सेवा लाइ निरन्तरता दिन चाहान्छ । घरमा आमा बाबु हरुको स्याहार सुसार गर्दै छोरा छोरीहरुको ...
क्रान्तिकारीहरुलाइ उर्जा दिने गित – “ओ हितसङ्गी “

क्रान्तिकारीहरुलाइ उर्जा दिने गित – “ओ हितसङ्गी “

मनाेरन्जन, राष्ट्रिय, विचार, संस्कृति, समाचार
क्रान्तिको मार्ग सजिलो  हुदैन तर त्यो मार्गमा यात्रारत रहदाको आनन्द छुट्टै  र बिशिस्ट हुन्छ । क्रान्ती भित्रको आनन्द एक सच्चा क्रान्तियात्रीले मात्र महसुस गर्न सक्छ । वर्गबिहिन समाज निर्माणको महायात्रा सटिक हुदैन , त्यो निकै लामो र कठिनतम हुन्छ । यो यात्रा अघि बढ्दै जादा जब चुनौतिका अजङ्ग पहाडहरु अगाडी  खडा हुन्छ्न क्रान्तिकारी योद्धाहरुको वास्तविक परिक्षण  त्यो बेलामा मात्र हुने गर्छ । कृतिम  क्रान्तिकारीहरु चुनौतिका अगाडी घुडा टेक्न पुग्छ्न , उनिहरु गल्छन, लत्रिन्छन र बाटो मोड्न पुग्छ्न । तर  सच्चा क्रान्तिकारीहरुले भने  चुनौतिहरुको दृढतापुर्वक सामना गर्छन र आफ्नो लक्ष्य  तर्फ निरन्तर अगाडी  बढ्छ्न । क्रान्तिको यो महायात्रामा यस्तो पनि देखिने गरेको छ – हिजो प्रतिक्रियावादी दुश्मन शक्तिको जेल नेल र असहिय यातानामा नगलेको, नढलेको योद्धा आर्थिक प्रलोभनको जालमा सजिलै फस्न पनि सक्दोरहेछ । अर...
कोरियाली राष्ट्रपति किमईल सुङ काे २९ औँ स्मृति दिवसमा बिचारगाेष्ठि सम्पन्न

कोरियाली राष्ट्रपति किमईल सुङ काे २९ औँ स्मृति दिवसमा बिचारगाेष्ठि सम्पन्न

Breaking News, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले काेरियालि राष्ट्रपति किम इल सुङको २९ औँ स्मृति दिवसका सन्दर्भमा काठमाडौँकाे अनामनगर स्थित संवाद डबलीमा‘किम इल सुङ र समाजवादी क्रान्ति’ विषयक विचार गाेष्ठि कार्यक्रम सम्पन्न गरेकाे छ ।बुधबार काठमाडौंकाे अनामनगर स्थित संवाद डब्बलिकाे सभाहलमा कार्यक्रम सम्पन्न भयकाे थियाे ।कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले कोरियाली क्रान्ति,कोरियाली नेता किमइल सुङ र कोरियाली व्यवस्थाबाट नेपालका क्रान्तिकारी कम्युनिसटहरूले धेरै कुरा सिकेको र अझै सिक्नुपर्ने बताएका छन् ।  अतिथि नेता गौरवले नेपालका नामधारी कम्युनिस्ट–संसद्‌वादीहरूले बनाएको नक्कली समाजवादी मोर्चाको भण्डाफोर गर्नुपर्ने धारणा पनि व्यक्त गरे । उनले भने, ‘चारदलीय समाजवादी मोर्चाले भन्ने गरेको समाजवाद प्रतिक्रियावादी समाजवाद हो ।’आफूहरू अर्थात् सच्चा कम्युनिस...
प्रधानमन्त्रीको राजीनामा माग्दै आज एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्दै आज एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए । गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो । एमाले नेता श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न अयोग्य भएको दाबी ग...
अखिल क्रान्तिकारीकाे एकताको भेला सम्पन्न

अखिल क्रान्तिकारीकाे एकताको भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु(क्रान्तिकारी)काे केन्द्रीय एकताको भेला सम्पन्न भयकाे छ । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टी बिच पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनी सकेपछि उक्त पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले पहिलाे केन्द्रीय भेलाकाे आयाेजना गरि सम्पन्न गरेकाे हाे । साेमबहार काठमाडौंको घट्टेकुलाेमा रहेकाे कृष्णसेन इच्छुक प्रतिष्ठानको सभाहलमा भयकाे कार्यक्रममा पार्टीका केन्द्रीय कार्यलय सदस्य सिपि गजुरेल , हेमन्त प्रकाश ओली , उदय चलाउने दिपक,संगठनका पुर्व अध्यक्ष सरद रसाइली ,पुर्ण बहादुर सिंह र संगठनका ईन्चार्ज हरिकृष्ण गजुरेलकाे बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयकाे थियाे । संगठनका संयाेजक मिलन राईको अध्यक्षतामा भयकाे भेलाकाे सं...