११ श्रावण २०८१, शनिबार

पार्टीको तीन महिने अभियान सामाजिक,न्याय र सुशासन मुखि हुने छ: रामदिप आचार्य

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालका प्रशासन सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले माओबादी पाटीको तिन महिने अभियान सामाजिक न्याय र सुशासन मुखि हुने बताए । सरकारले चलाएको सुशासन अभियान दिर्घकालिन रहेको बताए । माओवादी पार्टीले यहि १६ गते देशभर एकैपटक सूरु गर्ने अभियानको यस्तो लक्ष रहेको बताएका हुन ।

तातोपानी गाउँपालिकामा पाटीको बिस्तारीत बैठकको लागी जुम्ला पुगेका आचार्यले पार्टी सुदृढका लागि चलाउने अभियानको उद्घाटन भदौ १६ गते देशभर एकै पटक प्रधामन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ६ हजार ७४३ वटा वटामा अनलाइन मार्फत गर्ने भएका छन ।

आचार्यले सरकारले चलाएको सुशासनको अभियान वरु सरकार जान्छ तर अभियान नरोकिने प्रधानमन्त्रीले प्रतिवद्धता बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा यस पटक शुरुवात गरिएको अभियान जोखिम तर दिर्घकालिन रहेको छ । शुसासन अभियान संसारमा एकै पटक नसकिने भन्दै यो अभियानमा सवैले सहयोग गर्नुपर्ने आबश्यकता देखिएको छ । उनले मंगलबार जुम्लामा प्रेस सेन्टर संगको भेटघाटमा सबै भन्दा निणयक र शक्तिशाली जनता भएकाले माओबादी पाटी सधै भरी जनताको सामु रहेर काम गर्ने बताए ।
यस पटक माओवादी अन्तरजिल्ला नेतृत्व खटाएर अभियान चलाईने निर्देशन भएको बताए । नागरिकले सुशासन अभियानमा सरकारले गरेका काम छर्ललङ्ग भएकाले भ्रमात्मक कुराको आधिकारिक संचार माध्यामले प्रतिकार गर्नुपर्ने दिन आएको छ ।

प्रधामन्त्रीका प्रशासनिक सल्लाहकार आचार्यले हरेक नेपालीले जुम्लालाई अध्ययन गर्नु पर्ने बताउदै अभियानको क्रममा खटिएका अतिथि र जिल्लाका नेता कार्यकताहरुले एक पटक गहिरिएर अध्ययन गर्न निर्देशन दिए । उनले जुम्ला खस सस्कृति र खस भाषाको मुहान भएकाले जुम्लाको महत्व विशेष रहेको छ । त्यसैले जुम्लालाई वदल्नु अगाडि जुम्ला अध्ययन हरेक व्यक्तिले गर्न आवश्यक छ । त्यस्तै आजको यूग मिडियाको यूग हो । आजको समयमा सवैभन्दा शक्तिशाली मिडिया भएकाले सरकारले चलाएको सुशासन अभियान जनता स्तरमा लैजान मिडियाले सहयोग गर्नुपर्ने अनुरोध गरे ।