न्याय माग्न आन्दोलन गर्नै पर्ने हो ? सडक बिस्तारको नाममा जनतालाई सास्ति कहिलेसम्म ?
बिकासको मुल आधारको रुपमा लिईने सडक निर्माण र सडक निर्माणको कारण आम नागरिकमा परेको प्रभावबारे सायद कमै मानिसहरुलाई मात्र जानकारी नहोला । यो समाजका भद्र भलाद्मि,बुद्धिजीवि,राजनीतिकर्मी तथा समाजसेवी सबैलाई सडक निर्माण बाट हुने फाईदा तथा सडक निमार्णको क्रममा गरिने लापर्वाहीको कारण हुने क्षतिको बारेमा पुर्ण जानकारी छ तर सिमित स्वार्थ पुरा हुने आशमा त्यस्ता लापर्वाही र त्यसले आम मानिसको जिवनमा पारेको प्रभाव बारे चुईक्क बोल्दैनन् ।
यतिबेला चक्रपथ उत्तरखण्ड अन्तर्गत पर्ने कलंकी चाबहिल सडक बिस्तार तथा निर्माणको क्रममा रहेको छ । नेपाल सरकार ,भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय ,सडक बिभाग ,काठमाडौं चक्रपथ सुधार योजनाको मातहतमा कार्य भईरहेको यस भागमा भएको लापर्वाहीको कारण लाखौं जन समुदायको स्वास्थ्यमा गम्भिर असर पर्नुको साथै हजारौं हजार साना ब्यवसायीहरुको रोजिरोटी समेत खोसिएको छ ।
२०७५ सालमै चिन स...









