२८ फाल्गुन २०८१, बुधबार

अधुरै छन सहिदका सपनाहरु – हस्त बहादुर के सी

लेखक : हस्त बहादुर के सी

” विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छन् , यदि अनुयायीहरु छैनन् भने ती पनि प्राप्त हुनसक्छन् । यदि बन्दुकहरु छैनन् भने ती पनि प्राप्त हुनसक्छन् , यदि राजनीतिक सत्ता छैन भने त्यो पनि त्यो पनि प्राप्त हुनसक्छ , यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो जब त्यो तानिन्छ पुरै जाल खुल्दछ ।”

                                         – माओ त्सेतुङ , Mao : The documents of the proletatian Cultural Revolution in China Vol. 1, P. 283 , Antararashtriya prakashan 127 , New Avas  Vikas Colony Saharanpur  2008.
(१) विषय प्रवेश : 
महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुदै महान् वैज्ञानिक साम्यवादसम्म पुग्ने उद्श्येका साथ कमरेड पुष्पलालको नेतृत्वमा सम्बत २००६ साल वैशाख १० गते ( सन १९४९ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियोे ।  आगामी २०८२ साल बैशाख १० गते महान् नेपाली कम्युनिस्ट आन्दोलनले ७६ वर्ष पुरा गर्दैछ । यस ऐतिहासिक अबधिमा सशस्त्र झापा विद्रोह , ऐतिहासिक महान् दश वर्षे जनयुद्ध , जनयुद्ध , जनआन्दोलन , जनसंघर्ष आदि संघर्षका साथै थुप्रै अन्चर्पार्टि संघर्ष , दुईलाइन संघर्ष , टुटफुट , एकता , अनि बिभाजन ,फेरि एकता , ध्रुवीकरण लगायतका सैयौं उकाली र ओह्नली , घुम्ती , हार , विजय , क्षति , उपलब्धिका श्रृङखलाहरु पार गर्दै गौरवशाली इतिहास निर्माण गर्दै यहाँसम्म आइपुगेको छ । यस बीच अर्थात् यस ऐतिहासिक अबधि सशस्त्र झापा विद्रोह , महान् दश वर्षे सशस्त्र  जनयुद्ध , भिमान काण्ड , छिन्ताङ काण्ड , पिस्कर काण्ड , म्याग्दीको सिङ काण्ड , सुर्खेत काण्ड लगायत राष्ट्रिय स्वाधीनताका खातिर लड्दा लड्दै हजारौं नेपाली आमाका आँटि तथा असल छोराछोरीहरुले जीवन उत्सर्ग गरिसकेका छन् , हजारौंको प्रतिक्रियावादी सत्ताद्वारा ज्यान विपत्ता र घाइते – अपांगहरुले अतुलनीय योगदान गरिसकेका छन् भने महान् नेपाली क्रान्तिका निम्ति करोडौं नेपाली जनताले अतुलनीय योगदान र बलिदान गरिसकेका छन् ।
(२) किन क्रान्ति सम्पन्न हुन सकिरहेको  छैन ? 
यति हुँदाहुँदै पनि यी नेपाली क्रान्तिका महान् सहिदहरुका सुन्दर सपनाहरु पुरा भएका छैनन् , अधुरै छन् , अपुरै छन् । किन ती महान् सहिदहरुका महान् नेपालीको क्रान्तिका सुन्दर सपना पुरा हुनसकिरहेका छैनन् त ? यो गंभीर प्रश्न हो । एउटा चिन्ताको विषय मात्रै नभएर खोज र अनुसन्धान कै विषय हो । यसको उत्तर अनेत्र होइन नेपाली कम्युनिस्ट आन्दोलन भित्रबाट खोजी गर्न जरुरी र अनिवार्य छ । यसको खोजी दार्शनिक रुपले मार्क्सवाद – लेनिनवाद – माओवादको आलोकमा गरिनुपर्छ । र , यसको खोजी निवारण विश्वदृष्टिकोणका आधारमा गरिनुपर्छ नकि मन‍ोगतवादका आधारमा । वस्तुवादी र तथ्यपरक ढंगले गरिनुपर्छ ।
यति लामो ऐतिहासिक अबधि पार गरुन्जेजसम्म पनि महान् नेपाली क्रान्ति सम्पन्न हुन नसक्नुमा पार्टी स्थापनाकको शैसवकालदेखि नै पार्टी भित्र पैदा भएको चरम अवसरवाद अर्थात् दक्षिणपन्थी संशोधनवाद नै प्रमुख कारण रहन गएको छ । त्यसले शुरुदेखि नै पार्टी भित्र फुट पैदा गर्ने काम गर्दै आएको छ ।
२००६ साल बैशाख १० गते ( तदनुसार सन १९४९ अप्रिल २२ का दिन भारतको कोलकाता शहरमा पुष्पलालको पहलकदमी र नेतृत्वमा नारायण विलास जोसी , निरन्जन गोविन्द वैद्य ,नरबहादुर कर्माचार्य र मोतिदेवी श्रेष्ठ सहित पाँच जना युवाहरुले नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो र २००६ साल बैशाख १२ गते प्रकाशित नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चामा नयाँ नेपाली जनवादी क्रान्तिको कार्यक्रम घोषणा गरिएको थियो । तर पार्टी भित्र २००८ सालमा आयोजना गरिएको पहिलो राष्ट्रिय भेलामा नै पार्टी भित्रका अवसरवादीहरुले पार्टी नेतृत्व कब्जा गर्न सफल भए र संस्थापक महासचिव पुष्पलाललाई पार्टी नेतृत्वबाट बञ्चित गराउन सफल भए ।
 २०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनले दरवारीय मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरियो । त्यसैबेलादेखि नै पार्टी भित्र संस्थागत रुपले पार्टी भित्र दक्षिणपन्थी संशोधनवाद प्रवेश गर्न सफल भयो । २००९ साल माघ १० गते तत्कालीन नेपाली काँग्रेसको मातृकाप्रसाद कोइराला सरकारले त्रिपक्षीय दिल्ली संझौताको विरोधमा सशक्त रुपले विद्रोह गरिरहेका डा. के. आई. सिंहको पक्षमा लागेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । तर २०१३ साल बैशाख ३ गते तत्कालीन पार्टी महासचिव मनमोहन अधिकारीले राजाको अधिनायकत्व स्वीकार्ने र शान्तिपूर्ण ढंगले नेपालमा समाजवादी व्यवस्था निर्माण गरिने गरि वर्गसमन्वयवादी अर्थात् मिरेराँवादी नीति अख्तियार गरेपछि तत्कालीन राजा महेन्द्रले २०१३ साल बैशाख ४ गते २००९ सालदेखि लगाइएको पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाइएको थियो ।
त्यसैक्रममा २०१४ सालमा सम्पन्न गरिएको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनले नीति गणतन्त्र निर्माण गरेको भए तापनि पार्टी महासचिवमा भने दरवारीया डा. केशरजंग रायमाझीलाई निर्वाचन गरिएको थियो । यसरी जन्मकालको छोटै अबधिमा पार्टी भित्र घोर दक्षिणपन्थी संशोधनवाद हावी हुन पुगेको थियो । त्यसै सिलसिलामा २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक ” कू” गरी बहुदलीय व्यवस्थालाई अपदस्त गरी निर्दलीय र निरंकुश तथा तथा तानाशाही व्यवस्थाको घोषणा गरेका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका महासचिव डा. केशरजंग रायमाझीले राजाको कदमको स्वागत गरेका थिए । पछि २०१९ सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीले दरवारीया भएको आरोपमा रायमाझीलाई गध्दार घोषणा गरेर पार्टीबाट हटाइएको थियो र तुलसीलाल अमात्यलाई महासचिवमा निर्वाचित गरिएको थियो ।
उक्त महाधिवेशनले पार्टीको नयाँ नेपाली जनवादी क्रान्तिको कार्यक्रमलाई हटाएर सोभियत मोडलको —- प्रजातन्त्र नाम दिइएको पुँजीवादी संसदीय कार्यक्रम र कार्यदिशा पारित गरिएको थियोे । त्यसपछि पार्टीकोले सही नेतृत्व दिन नसकेपछि २०२१/ २२ सालदेखि पार्टी फुटबिभाजनको शिकार बन्न पुग्यो र पार्टी फुटेर  टुक्राटुक्राबन्न गई छिन्नभिन्न हुन पुग्यो । त्यस बिभाजनले महान् नेपाली जनवादी क्रान्तिकालाई ठूलो धक्का दियो र महान् नेपाली क्रान्तिकाको यात्रा अनिस्चित बन्न पुग्यो ।
२०२४ सालमा संस्थापब महासचिव पुष्पलालले भारतको गोरखपुरमा पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन गरेर बिभाजित नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयास गर्नु भयो तर सफल हुनु भएन ।
 यसै परिवेशमा २०२७ सालमा मनमोहन अधिकारी , मोहन विक्रम सिंह मिलेर  न्युकलस गठन गरेर नेपाली कम्युनिस्ट आन्दोलन रलाई पुनर्गठित गर्ने प्रयत्न गर्नु भएको थियो भने अर्कोतिर सशस्त्र झापा विद्रोह सम्पन्न भएको थियो । न्युकलस समुहले २०३१ सालमा मोहन विक्रम सिंहको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी ( चौम( को निर्माण हुन पुगेको थियो भने अर्कोतिर झापाली समुहले २०३२ सालमा को अर्डिनेशन कमिटी को. के . ( माले ) गठन गरेर नयाँ जनवादी क्रान्तिको कार्यक्रम ठोस गरिएको थियो । को. के, ( माले ) समुहले २०३५ पुस ११ गते माओ दिवसको अवसर पारेर सी. पी. मैनालीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको ( माले ) पुनर्गठन गरिएको थियो । र क्रान्तिकाको बाटो सशस्त्र क्रान्तिको बाटो र नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवादी क्रान्तिको कार्यक्रम ठोस गरिएको थियोे ।
तर २०३७ सालमै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माले ) ले दक्षिणपन्थी संशोधनवादी बाटो अख्तियार गर्न पुग्यो र महान् सशस्त्र झापा विद्रोहलाई ” उग्रवामपन्थी भड्काउ ” भएको ठहर गर्दै झापा विद्रोहमा बोकिएका हतियारहरु कोसी नदीमा बगाउने निर्णय गर्न पुग्यो । र त्यस पछि मालेले निर्दलीय तथा निरंकुश एवम् तानाशाही पञ्चायती व्यवस्थाको निर्वाचनलाई उपयोग गर्ने नीति लियो र २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा बिनासर्त  भाग लियो र २०४४ सालको पञ्चायती स्थानीय निकायको निर्वाचनमा पनि भाग लियो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माले ) २०४६ भदौ ९-१४ मा सिराहा सम्पन्न चौथो महाधिवेशनले नयाँ जनवादमा – बहुदलियता” थप गरेर पार्टीलाई दार्शनिक रुपमा बहुलवादमा आधारित संसदीय व्यवस्थामा हाम फाल्ने बाटो खुला गर्यो ।
२०४७ साल पुस २२ गते नेपाल कम्युनिस्ट पार्टी ( माले ) र नेपाल कम्युनिस्ट पार्टी ( मार्क्सवादी ) बीच पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को पुनर्गठन गरियो । र , २०४८ सालको संसदीय आम निर्वाचनमा नीतिगत रुपले पूर्णरूपमा पार्टीलाई संसदीय भाषामा डुबाउने काम गर्यो ।
 २०४९ माघ १४ – २१ मा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) पाँचौं महाधिवेशनले तत्कालीन महासचिव मदनकुमार भण्डारीले प्रस्तुत गरेको ” जनताको बहुदलिय जनवाद ” बहुमतले पारित गरेर एमालेले आधिकारिक रुपले दार्शनिक रुपमा बहुलवादमा आधारित बुर्जुवा पुँजीवादी संसदीय व्यवस्थामा प्रवेश गरियो ।
२०५१ मंसिरमा सम्पन्न मध्यावधि संसदीय निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित भएको एमालेले ९ महिने अल्पमत सरकार चलायो र सत्ताबाट ओर्लिएपछि एमाले सत्ता स्वाद रन्थनियो र भारतीय विस्तारवादी शासकले ९ महिनामै सत्ताच्यूत हुन।परेको विश्लेषण गरेर त्यसपछि एकातिर भारतीय विस्तारवादी शासक हरुलाई रिझाउने र अर्कोतिर पार्टी पंक्तिलाई पुरै बुर्जुवा पुँजीवादी कार्यशैली , नेता कार्यकर्ताहरुको जीवन शैली बुर्जुवा पुँजीवादी कार्य शैलीमा ढाल्ने सिलसिलामा पजेरो – प्राडो शैली , महल संस्कृतिमा ढाल्यो र कम्युनिस्ट कार्य शैली र व्यवहारबाट पुरै च्यूत हुन पुग्यो र सम्पूर्ण पार्टी पंक्तिलाई एनजीओ / आइएनजिओ  शैलीमा रुपान्तरण गरायो ।
त्यसैक्रममा संसदीय निर्वाचनमा बहुमत ल्याएर सरकारमा उद्श्येले विजातीय तत्वहरुसंग साँठगाँठ गर्न थाल्यो र विजातीय तत्वहरुसित पार्टी एकता र र राप्रपासंग चमाले सरकार चलाउन पुग्यो भने   नेपाली काँग्रेससंग मिलेर त्रिश्कू सरकार चलाउन समेत पुग्यो । र,  त्यतिमात्र होइन एमालेले भारतीय विस्तारवादलाई खुसी तुल्याएर उसकै आशिर्वादले सत्तामा पुग्ने र सत्तामा टाँसिरहने उद्श्येले नेपाली काँग्रेस मिलेर २०५३ साल असोज ४ गते भारतसंत राष्ट्रघाति महाकाली सन्धिमा हस्ताक्षर गर्न पुगेर नेपाली कम्युनिस्ट आन्दोलनमा कलंकको टीका लगाउन पुग्यो ।  यसरी नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) पुरै घोर दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै प्रतिक्रियावादमा रुपान्तरण भयो ।
अर्कोतिर ” प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरौं  जनताको जनवादी राज्यसत्ता स्थापना गरौं ” भन्ने मूल नाराका साथै २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले सशस्त्र जनयुद्धको थालनी गर्यो । छापामार दस्ता , जनमिलिसिया हुँदै जनमुक्ति सेना ( लाल सेना ) क‍ो निर्माण गर्न पुग्यो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) द्वारा सञ्चालन गरिएको महान् दश वर्षे जनयुद्धको क्रममा माओवादीले नयाँ जनसत्ता , जनअदालत , जनकम्यून , जनसरकार सम्म निर्माण गरेर सञ्चालनमा ल्यायो र मुलुकमा दोहोरो सत्ता सञ्चालनमा आइसकेको थियो ।
तर माओवादीको मुख्य नेतृत्वमा वैचारिक विचलन पैदा भए पश्चात्  २०६२ साल असोज – कार्तिकमा सम्पन्न माओवादीको चर्चित चुनवाङ बैठकले  नयाँ जनवादी क्रान्तिको कार्यक्रम स्थगित गरेर ” लोकतान्त्रिक गणतन्त्र ” को संसदीय पुँजीवादी कार्यदिशा अवलम्बन गर्न पुग्यो र तत्कालीन सात संसदीय राजनीतिक दलहरूसित भारतीय विस्तारवादी शासकहरु मध्यस्थतामा भारतको राजधानी नयाँदिल्लीमा २०६२ साल मंसिर ७ गते १२ बुँदे समझदारी पत्रमा तत्कालीन विद्रोही पक्ष नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले आजको मिति देखि सशस्त्र युध्दको अन्त्य गरियो भन्ने सर्तमा हस्ताक्षर गर्यो र तत्कालीन माओवादी नेतृत्वले पूर्णरूपमा देशीविदेशी प्रतिक्रियावादी शक्तिका सामु आत्मसमर्पण गर्न पुग्यो । र , त्यसै सिलसिलामा २०६३ साल मंसिर ५ गते तत्कालीन नेपाली काँग्रेस सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र  विद्रोही  पक्ष तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) का अध्यक्ष पुष्पकमल दाहाल बीच  बिस्तृत शान्ति संझौतामा हस्ताक्षर भए पश्चात् माओवादी नेतृत्वबाट माओवादी आन्दोलनलाई विसर्जन गर्ने नीतिगत यात्रा शुरु भयो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी )  को मुख्य नेतृत्वले साम्राज्यवादी – विस्तारवादी शक्तिहरुका सामु लम्पसार परेर वर्गीय रुपले र राजनीतिक रुपले पुरै आत्मसमर्पण गरेर महान् दश वर्षे जनयुद्धको क्रममा दशौं हजार सहिदहरुद्वारा निर्माण गरिएका जनयुद्धका विरासका रुपमा रहेका जनसत्ता , जनअदालत , जनकम्यून , जनसरकारहरु विघटन गराइयो ।
साम्राज्यवादी – विस्तारवादीहरु र देशीय प्रतिक्रियावादी शक्तिहरुको ग्राण्डडिजाइन , निर्देशन र योजनामा जनमुक्ति सेनाको विघटन गरियो र जनमुक्ति सेनाले बोक्दै आएका हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाएर महान् दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको माओवादी मुख्य नेतृत्व नङ- दाह्रा झरेको बाघ झै मात्र पुगेन सत्ता स्वार्थको निम्ति  एक कालखण्डमा आफैंले प्रतिक्रियावादी घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टीसित बीचमा सिध्दान्तविहिन तरिकाले पार्टी एकता सम्म गर्न पुग्यो । र , पार्टीलाई पुरै बुर्जुवा संसदीय व्यवस्थामा चुर्लम्म डुबाइसकेपछि कहिले एमालेको काँधमा चढेर त कहिले नेपाली काँग्रेसको काँधमा चरेर पटकपटक प्रतिक्रियावादी सरकारको नेतृत्व समेत गर्न पुग्यो माओवादीको मुख्य नेतृत्व ।
नेपाली काँग्रेस , एमाले लगायतका प्रतिक्रियावादी शक्तिशालीहरुलाई स्थापित र बलियो बनाउँदै हिडेक‍ो माओवादीको मुख्य अहिले २०८४ सम्पन्न गराइने बुर्जुवा संसदीय निर्वाचनमा बहुमत ल्याएर वर्तमान प्रतिक्रियावादी संविधानको अधिनस्त रहेर प्रतिक्रियावादी सत्तामा पुग्ने  मनोगत विश्लेषणका आधारमा नेपाली जनतालाई फेरि पनि झुक्याएर बहुमत ल्याउन र अन्य माओवादी धारका र गैर माओवादी धारकम्युनिस्ट तथा गैर कम्युनिस्ट पार्टीहरुलाई समेतलाई भ्रममा पारेर ” “मिलेराँवादी  समाजवादी मोर्चा गठन गरेर नेपाली कम्युनिस्ट आन्दोलन र जनताको बीचमा भ्रम फैलाउने अर्थात् नेपाली जनतालाई आफू कम्युनिस्ट नै भएको भनेर ढाँट्ने भ्रमको खेती गर्ने र साम्राज्यवादी , विस्तारवादी वैदेशिक शक्तिहरुलाई पनि आफू अरु बुर्जुवा संसदीय पार्टीहरु जस्तै भएको देखाउनलाई तथाकथित समाजवादी   मोर्चाको कलाहीन नाटक मञ्चन  गरिरहेको छ महान् दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको माओवादीको मुख्य नेतृत्वले ।
यिनै विविध कारणले गर्दा महान् नेपाली क्रान्ति सम्पन्न हुन सकिरहेको छैन । क्रान्तिका विरुद्ध देशीविदेशी प्रतिक्रियावादी प्रमुख दुश्मनका रुपमा खडा भइरहेका हुन्छन् तर क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र बाट पैदा हुने चरम अवसरवादीहरु र दक्षिणपन्थी संशोधनवादीहरु , नवसंशोधनवादी र छद्म संशोधनवादीहरु जन्मिरहने र तिनलाई वैचारिक रुपमा परास्त गर्न पार्टी भित्र पार्टी स्कसलिङलाई गौण ठान्ने नेपाली कम्युनिस्ट आन्दोलनमा जमेर बसेको देखिन्छ , यसले गर्दा दक्षिणपन्थी संशोधन नेपाली क्रान्तिको बाधकका रुपमा खडा हुँदै आएको छ । यो नै महान् नेपाली क्रान्तिका लागि ठूलो समस्या हो , यी प्रवृत्ति र कारणहरुलाई समाधान नगरेसम्म क्रान्ति सम्पन्न हुने कुरा पनि भएन र क्रान्तिबिना महान् सहिदहरुका क्रान्तिका सुन्दर सपनाहरु पुरा हुने कुरा भएन ।
(३)  माओवादी आन्दोलन दुई बिपरीत ध्रुव ( धारमा );
 आज माओवादी आन्दोलनमा दुई बिपरित ध्रुव ( धारमा संसदीयधार , गैर कम्युनिस्ट धार , नक्कली नामधारी कम्युनिस्ट धार र   मार्क्सवादी – लेनिनवादी – माओवादी धार , सच्चा क्रान्तिकारी धार , नयाँ जनवादी क्रान्ति सम्पन्न गरि जनताको जनवादी अधिनायकत्व सहित सर्वहारा वर्गको नेतृत्व किसान – मजदुर एकतामा आधारमा नयाँ जनवादी राज्यसत्ता जुन उद्श्येका साथ २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्ध शुरु गर्ने बेला जुन मूल नारा दिइएको थियो त्यही अनुरुपको नयाँ जनवादी सत्ता निर्माण र सञ्चालन गरेर वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गरि वैज्ञानिक साम्यवादमा पुुग्ने उद्श्येका साथ क्रान्तिकारी कार्यदिशा ठोस गर्दै अगाडि बढिरहेका क्रान्तिकारी धार , वर्तमान संविधानलाई प्रतिक्रियावादी संविधान भन्दै आएका छन् र वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरेर जनगणतन्त्रात्मक व्यवस्था निर्माण गरेर वैज्ञानिक समाजवादमा पुग्ने बाटो तय गरेका माओवादीको क्रान्तिकारी धार गरि दुई विपरीत धारामा आज माओवादी आन्दोलन विभाजित अवस्थामा छ।
संसदीय व्यवस्थालाई कार्यदिशा बनाएर बुर्जुवा प्रतिक्रियावादी शक्तिमा रुपान्तरण भइसकेको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) ले मालेमावादी माओवादी कम्युनिस्ट भएको प्रचार गर्दै आएकै कारण जनताले अझैसम्म पनि माओवादी केन्द्रलाई नै क्रान्तिकारी माओवादी भन्ने भ्रममा पर्दै आएकै कारण क्रान्तिकारी धाराका माओवादी पार्टीहरु ओझेलमा पर्दै र खुम्चिदै आएको अवस्था छ । यसले पनि नेपाली क्रान्तिको तयारी गर्दै गरेका माओवादीहरुलाई जनताले पत्याउन नसक्ने अवस्थामा पुर्याएको अवस्था छ ।
(४)  इतिहासको निर्मम समीक्षाको प्रश्न :
 महान् दश वर्षे जनयुद्ध एक ऐतिहासिक युध्द थियो र नेपालको समग्र कम्युनिस्ट आन्दोलन र राजनीतिक इतिहासमा एक युगान्तकारी परिघटना थियो , जसको जगमा टेकेर सञ्चालन गरिएको २०६२/ २०६३
 को १९ दिने ऐतिहासिक जनआन्दोलनको ब बलमा २४० वर्षे शाहवंशीय सामन्ती राजतन्त्रको अन्त्य गरेर सिमित मात्रको संघीय गणतन्त्रको स्थापना हुन पुगेको हो ।  अहिले नेपालमा जुन राजनीतिक परिवर्तन भएको छ , श्रेय महान् दश वर्षे सशस्त्र जनयुद्धलाई दिनुपर्छ ।
त्यसैले आजका क्रान्तिकारी धाराका क्रान्तिकारी माओवादी पार्टीहरु , समुहहरु , व्यक्ति र आम क्रान्तिकारीहरुले ७६ वर्षे बृहत नेपाली कम्युनिस्ट आन्दोलन र मूलतः ऐतिहासिक सशस्त्र झापा विद्रोहको इतिहास र महान् दश वर्षे सशस्त्र जनयुद्धको इतिहासको बारेमा निर्मम समीक्षा गर्न जरुरी छ , किनभने इतिहास भनेको वर्तमानका लागि   समाजलाई हेर्ने ऐना हो भने भविष्यका लागि एक कथा हो । त्यसैले आजका क्रान्तिकारी धाराका माओवादी क्रान्तिकारीलेहरुले इतिहासको निर्मम ढंगले इतिहासको सिंह वलोकन गर्न जरुरी छ ।
क्रान्तिकारीहरुले क्रान्तिको कामलाई अगाडि बढाउने क्रममा कहाँ कहाँ र कुन कुन कालखण्डमा र घटनाक्रममा गल्ती कम्जोरी भए , जानअनजानमा गल्ती भए तिनको निर्मम ढंगले समीक्षा गरेर आगामी क्रान्तिको कामलाई अगाडि बढाउनु पर्ने हुन्छ । इतिहास वास्तविक इतिहासको ख्याल नराख्ने , इतिहासबाट शिक्षा लिन नसक्नेहरु सच्चा कम्युनिस्ट हुन सक्तैनन् । द्वन्द्वात्मक भौतिकवादी , मार्क्सवादी भइरन सक्तैनन् । अब सम्पन्न गरिने भावी महान् नेपाली क्रान्ति पनि महान् दश वर्षे सशस्त्र जनयुद्ध कै जग्गामा टेकेर गरिने भएकोले इतिहासको निर्मम ढंगले समीक्षा गर्न जरुरी र अनिवार्य विषय बनाइनुपर्छ ।
( ५)  नयाँ ढंगको पार्टी निर्माणको समस्या :
क्रान्तिका नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी आवश्यक पर्छ । नयाँ ढंगको कम्युनिस्ट पार्टी भनेको मार्क्सवाद – लेनिनकोवाद – माओवादको पथप्रदर्शक सिध्दान्तबाट महान् नेपाली नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्न सक्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी भनिएको हो । क्रान्तिकारी वर्गसंघर्षको भट्टिबाट खारिएर आएका अनुभवी नेता , कार्यकर्ताहरुद्वारा निर्माण भएको र सञ्चालन भएको कम्युनिस्ट पार्टी भनिएको हो ।
महान् लेनिन रुसमा नयाँ ढंगको बोल्सविक कम्युनिस्ट पार्टीको निर्माण गरेर पेरिस कम्युन , सन १९०५ असफल रुसी क्रान्तिको निर्मम समीक्षा गरेर , ती परिघटनाहरुबाट आवश्यक शिक्षा लिएर नै महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका सशस्त्रका आम जनविद्रोहको कार्यदिशा ठोस गरेर आफ्नै नेतृत्वमा सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ क्यालेन्डर अनुसार सन १९१७ नोभेम्बर ७ ) का दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका सम्पन्न गर्नुभएको थियो ।
त्यस्तै कमरेड  माओले पनि सन १९२६ / १९२७ को उत्तरी अभियान , कृषि क्रान्तिको असफलता , दुई लाइन पार्टी संघर्ष अर्थात् अन्तर्पार्टि संघर्ष , महान् लङमार्चको कठोर र ऐतिहासिक घटना , साम्राज्यवादी जापान विरोधी ५ वर्षे राष्ट्रिय युध्द , प्रतिक्रियावादी तथा तानाशाही च्याङकाइसेक सरकारसंगको संयुक्त मोर्चा र राष्ट्रिय गृह युध्द आदिको निर्मम समीक्षा गर्दै त्यसबाट शिक्षा दिदै नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गरेर मात्र सन १९४९ अक्टोबर १ का दिन महान् चिनिया नयाँ जनवादी क्रान्ति आफ्नै नेतृत्वमा सम्पन्न गरेर जनताको जनवादी अधिनायकत्व कायम गरेर चीनलाई वैज्ञानिक समाजवादी व्यवस्थामा अगाडि बढाउनु भएको थियो ।
भियतनाममा हो चि मिन्हले , उत्तर कोरियामा किम इल सङले क्वुवामा फिडेल क्रेस्त्रो , चे ग्वभाराले पनि लेनिन , माओले जस्तै गरि नयाँ ढंगका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको निर्माण गरेर , इतिहासको निर्मम समीक्षा गरेर त्यसबाट सही ।शिक्षा लिएर नै आ- आफ्नो देशमा क्रान्ति सम्पन्न गर्नुभयो थियो । तर नेपालका क्रान्तिकारी धाराका कम्युनिस्ट शक्तिहरुले इतिहासको निर्मम समीक्षा गर्ने र शिक्षा लिने क्षमता आजसम्म लिएको पाइदैन ।
लेनिनले ” क्रान्तिका क्रान्तिकारी पार्टी आवश्यक पर्छ ” भन्नुभएको छ । त्यस्तै कमरेड माओले ” क्रान्तिका क्रान्तिकारी सिध्दान्त आवश्यक पर्छ ” भन्नुभएको छ । लेनिन र माओका यी भनाई र शिक्षाहरुलाई नेपालका क्रान्तिकारी धारका माओवादी पार्टी , समूह र व्यक्तिले समेत आत्मसात गरेर जीवन व्यवहारमा लागु गर्नुको विकल्प छैन ।
(६) क्रान्तिकारी कार्यकर्ताहरुको संरक्षणको समस्या :
रुसमा लेनिन लगायत क्रान्तिकारी नेतृत्वलाई पार्टीले संरक्षण गरेको र क्रान्तिकारी नेतृत्वले पार्टीको पुँजीका रुपमा रहेका आफ्ना कार्यकर्ताहरुको संरक्षण गर्न सकेको हुनाले त्यस्तै चीनमा कमरेड माओ सहितको क्रान्तिकारी नेतृत्वको पार्टीले संरक्षण गर्न सकेको र पार्टी कै सम्पत्ति र पुँजीका रुपमा रहेका चिनिया कम्युनिस्ट पार्टीले संरक्षण गर्न सके कै कारण महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्भव भयो । भियतनाम , उत्तर कोरिया , क्वुवा लगायतका देशहरूमा त्यही शिक्षा हामीले पाउँछौं ।
 नेपालका क्रान्तिकारी फाटमा रहेका क्रान्तिकारी कम्युनिस्ट भनिएका , आफूलाई खाँटि क्रान्तिकारी माओवादी भनिएका , भनाइएकाहरुले र त्यस नत आफ्नो नेतृत्वलाई बचाइराख्न लागेको देखिन्छ , नत पार्टीको सम्पत्ति , पार्टीको पुँजीका रुपमा रहेका कार्यकर्ताहरुको दीर्घकालीन रुपमा संरक्षण गरेको पाइदैन ।पार्टी नेतृत्वले आफ्ना कार्यकर्तनहरुक‍ो संरक्षण गर्ने भनेको वैचारिक संरक्षण हो , त्यसपछि मात्र उनीहरूलाई आर्थिक रुपमा र भौतिकरुपमा पनि संरक्षण गर्नेछ कुरा आउँछ ।
नेपालका क्रान्तिकारी फाटका क्रान्तिकारीहरुले पार्टी स्कुलिङ मार्फत वैचारिक रुपले मालेमावादका सैध्दान्तिका आधारमा संरक्षण गर्ने मामिलामा अत्यन्तै पछाडि पर्दै आएका छन् । कार्यकर्ताको सही मूल्यांकन गरिदैन। मापदण्डविना पार्टी सदस्यता दिने , क्षमता , योग्यता , पार्टी इतिहास , उनको गरेको त्याग र बलिदानको मूल्यांकन गरेर  पार्टी कामको जिम्मेवारी दिने भन्दा पनि चाकडी गरेको , नजिक रहेको , चन्दा उठाउन सक्षम भएको आधारमा कार्यकर्तालाई माथिल्लो जिम्मेवारी दिने , सरुवा , बढुुवा गर्ने जुन सामन्ती संस्कृति नेपाली कम्युनिस्ट आन्दोलनमा हावी हुँदै आएको छ , जसका कारण नेपालमा क्रान्तिकारी कम्युनिस्ट हौं भन्ने र भनाउनेहरुले नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउन नसकेको यथार्थ हो । क्रान्तिकारी भनिएका कम्युनिस्ट पार्टीहरुमा आफ्नै परिवार , नातागोता , इष्ट मित्र र नातेदारहरुलाई पार्टीका महत्त्वपूर्ण स्थानहरुमा हावी बनाउने जुन फरियावादी संस्कृति हावी जसका कारण नेपालमा नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन नसकेको यथार्थ सत्य हो । यो तरिकाले त नयाँ ढंगको कम्युनिस्ट पार्टीको निर्माणका होइन परिवारवादी पार्टी बन्न पुगेको देखिन्छ।
अर्को गंभीर समस्या के देखिन्छ भने पार्टी भित्र ठूलो त्याग , योगदान गरेका इमानदार तथा   क्रान्तिकारी पुराना नेता कार्यकर्ताहरुलाई विविध तरिकाले पाखा लगाउने र विविध प्रवृत्ति भएका र विभिन्न पार्टीले विविध विषयमा कारवाही फ्याकिएका  चरम अवसरवादी चरित्रका  व्यक्तिहरुलाई पार्टी नेतृत्वले काख च्याप्ने र  एउटा इमानदार र क्रान्तिकारी कार्यकर्ता निर्माण गर्न पार्टीले कति लगानी गर्नुपर्छ भन्ने संस्कृति नेपाली कम्युनिस्ट आन्दोलनमा जीवन्त रहँदै आएका कारण नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणमा बाधा परिरहेको पाइन्छ ।
 नयाँ ढंगको पार्टी निर्माण गर्ने बाटोमा अर्को बिकृति के पाइन्छ भने पार्टी एकता , ध्रुवीकरण गर्ने भन्ने जुन बाढी आइरहेको पाइन्छ , त्यसमा नेपालमा लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित रहँदै आएको छ , त्यसमा पार्टी एकता विचारका आधार , सिध्दान्तका आधारमा नभएर संझौता र भागबन्डाका आधारमा पार्टी एकता गर्ने जुन गैर मार्क्सवादी प्रचलन त्यसले न नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्न सकेको देखिन्छ , न त उक्त पार्टी एकता दिगो रहन्छ । न त त्यसप्रकारले पुनर्गठ गरिएको कम्युनिस्ट पार्टीले क्रान्तिको नेतृत्व गर्न नै सक्छ ।
(७) निष्कर्ष : 
७६ वर्षीय नेपाली कम्युनिस्ट आन्दोलनको यस ऐतिहासिक अबधिमा झापा विद्रोह पछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) २०५२ फागुन १ गतेदेखि सञ्चालन गरेको महान् दस वर्षे जनयुद्ध भीषण वर्गयुध्द थियो । नेपाली समाजको राजनीतिक , आर्थिक , सामाजिक , साँस्कृतिक क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी गरिएको महान् जनयुद्ध नेपाली समाजको समग्रमा वर्गयुध्द थियो , त्यस सशस्त्र जनयुद्धको प्रक्रियामा दशौ हजार नेपाली आमा असल र आँटि छोराछोरीहरुले जीवन उत्सर्ग गरेका थिए भने हजारौंलाई राज्यले ज्यान बिपत्ता गरेको थियो र हजारौंको संख्यामा अपांग र घाइते बनाइएको थियो ।
महान् सशस्त्र नेपाली जनयुद्धका क्रममा करोडौं नेपाली जनताले अतुलनीय योगदान र बलिदान गरेका गरेका कारण उक्त सशस्त्र युध्द
 जनयुद्ध बन्न पुगेको थियो । दश वर्ष सम्म सञ्चालन भएको त्यस जनयुद्ध अन्तिमतिर नेपाली जनताको जनसंख्याको ८० प्रतिशत भूभाग जनयुद्धको प्रभावमा परिसकेको थियो।
जसले गर्दा महान् दश वर्षे जनयुद्धले नेपाली धर्तीलाई कम्पन दिएको थिएन । विश्व भाइचाराहरुलाई समेत आशावादी बनिसकेका थिए । किनभने चीनमा कमर माओको निधन पश्चात् सबैभन्दा ठूलो जनमुक्ति सेना ( लाल सेना ) को निर्माण गरेर भीषण वरेगयुध्दमा दुनियाँका वर्ग बैरीहरुलाई थर्कमान तुलेयाउँदै नेपालमा दोहोरो सत्ता सञ्चालनको अवस्थामा पुर्याएको थियो ।
जसका कारण माओवादीलाई फुटेका आँखाले समेत हेर्न नसक्ने , माओवादीका विरुद्ध संकटकाल लगाएर सेना परिचालन गरेका र माओवादी नेताहरुको टाउकाको मूल्य तोक्ने   तत्कालीन संसदवादी ७ राजनीतिक दलहरु विद्रोही नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) शीत सहकार्य गर्न तयार भएका हुन् । यसका साथै माओवादीलाई व्यवस्थापन गर्न संयुक्त राष्ट्र संघ समेत जिम्मा लिन तयार भई नेपालमा अनमिन टोली खटाउन बाध्य भएको थियोे ।
तर दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको मुख्य नेतृत्वमा वैचारिक विचलन आई साम्राज्यवाद र विस्तारवादका सामू लम्पसार परेर आत्मसमर्पण गर्न पुगेपछि सशस्त्र  माओवादी जनयुद्धले सेटव्याक खान पुगेको हो । अहिले माओवादी आन्दोलनको इतिहासलाई समेत नामेट पार्ने उद्श्येले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु न्वारानदेखिको बल लगाइरहेका छन् । तर सशस्त्र नेपाली जनयुद्ध एक ऐतिहासिक युध्द भएकोले संसारको कुनै पनि तागतले नामेट पार्न सक्ने छैन ।
अब क्रान्तिकारी धारका माओवादीहरुले यही जीवित इतिहासको निर्मम ढंगले समीक्षा गरि एकताबध्द भएर अगाडि बढ्नुको विकल्प छैन । महान् नेपाली क्रान्ति अवश्यम्भावी छ । त्यसपछि मात्र महान् सहिदहरुका क्रान्तिका अधुरा सपनाहरु पुरा हुनेछन् ।
( लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक , लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )।