१४ माघ २०८२, बुधबार

विचार

जुम्लाका उम्मेदवार भण्डारीलाई सहिदका सपना र कर्णालीको भविष्य प्रतिको खुला पत्र

जुम्लाका उम्मेदवार भण्डारीलाई सहिदका सपना र कर्णालीको भविष्य प्रतिको खुला पत्र

कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
प्रतिनिधि सभा उम्मेदवार,नरेश भण्डारीज्यू,सादर नमस्कार 🙏 म जुम्लाकै एक साधारण नागरिक हुँ। मेरो परिचय कुनै ठूलो पद वा हैसियतसँग जोडिएको छैन, तर मेरो जीवन एउटा महान् बलिदानसँग जोडिएको छ। १० वर्षे माओवादी जनयुद्धका क्रममा हजारौँ सहिद भए। उहाँहरूले देख्नुभएको सपना थियो—गरिब, दुर्गम र पछाडि पारिएको कर्णाली पनि एक दिन उज्यालो, आत्मनिर्भर र सम्मानित बनोस् भन्ने। आज जब म पछाडि फर्केर हेर्छु, ती सपनाहरू शब्दमा होइन, कर्ममा उतार्ने नेतृत्व तपाईं हुनुहुन्छ भन्ने अनुभूति हुन्छ। २०६४ सालमा संविधानसभा निर्वाचन जितेर काठमाडौँ पुग्नुभएपछि पनि तपाईंको मन जुम्लामै रहिरह्यो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहल र स्थापना पश्चात्, पहिले बिरामी बाहिर पठाउन बाध्य जुम्ला आज विकसित सहरका अस्पतालमा दक्ष चिकित्सक पठाउने अवस्थामा पुगेको छ। जुम्लामै सहज, सुलभ र गुणस्तरीय उपचार पाउने अवस्था बनेको...
गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा  र पुष्पा भुसाल उपसभापति

गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ ।निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका छन् ।विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ । केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले...
जाजरकोट खलंगामा “बर्तमान राजनीतिक समस्या र समाधान विषयीक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

जाजरकोट खलंगामा “बर्तमान राजनीतिक समस्या र समाधान विषयीक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट ; समाजवादी कम्युनिस्ट पार्टी नेपालले "बर्तमान राजनीतिक समस्या र समाधान विषयीक अन्तरक्रिया कार्यक्रम" सम्पन्न गरेकाे छ । जाजरकोट जिल्लाको सदरमुकाम खलंगा स्थित राजनीतिक दलका प्रमुख, कार्यालयका प्रमुख, नागरिक समाज, बुद्धिजीवी र पत्रकारहरुकाे उपस्थितिमा साे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे ।कार्यक्रममा नेकपा एमालेका कार्यवाहक अध्यक्ष विश्वविक्रम शाह , सचिव गाेपाल नेपाली , नेकपा बहुमतका कर्णाली ईन्चार्ज प्रेम बहादुर चलाउने (अनन्त), जिल्ला सचिव विश्व, हिमाल,भेरि ज्ञानाेदय बहुमुखी क्याम्पस जाजरकोटका प्रमुख चन्द्रबहादुर बुढा, पत्रकार महासंघका जिल्ला शाखा जाजरकोटका सचिव रेशम बहादुर खड्का, पत्रकार दिप बहादुर घर्ती,र काली बहादुर नेपाली लगायत जिल्लाका विभिन्न ब्यक्तित्वहरुकाे सहभागीतामा आईतवार सदरमुकाम स्थित भेरि नगरपालिकाकाे सभा हलमा कार्यक्रम संचालन भयकाे थियाे । कार्यक्रमकाे अध्यक...
समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट “जनअभियान २०८२” उद्घाटन गरेकाे छ

समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट “जनअभियान २०८२” उद्घाटन गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट : समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट अभियान उद्घाटन गरेकाे छ । पुर्ण बहादुर सिंह "समरजंग" नेतृत्वको उक्त पार्टीले जाजरकोटकाे कुशे गाउपालिका - २ टालेगाउँमा जनयुद्धका सहिद परिवारलाई न्यानाे कपडा (जकेट) वितरण र मान्ने ढुंगा माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरणका कार्यक्रम सहित "जन्तामा जाओैँ,जन्ताकाे  सेवा गराै ! भन्ने मेचीमहाकाली "जनअभियान २०८२" उद्घाटन गरेकाे हाे । कार्यक्रममा पार्टीका महासचिव समरजंग, स्थायी कमिटि सदस्य विनयराज , विप्लव, सर्वजित, पाेलिटब्युराे सदस्य मन्जित जनपक्षीय पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष रेडियम सिंह र समाजवादी युवा संगठनका अध्यक्ष आकाश कार्की लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । पन्चेवाजा र भब्य जनसहभागीतामा सम्पन उक्त  कार्यक्रमकाे अध्यक्षता समरजंगले गरेका थिए भने विश...
बनावटी खुसीमा रमाउदै गरेको यो समाज एक दिन ध्वस्त हुन्छ

बनावटी खुसीमा रमाउदै गरेको यो समाज एक दिन ध्वस्त हुन्छ

विचार
डि.बि.पराजुली हामीले आफ्नो लागि आवस्यकता पर्ने हरेक बस्तु वा सेवा आफैं निर्धारण र उत्पादन गर्नु भन्दा पनि अरु कुनै कम्पनी वा व्यापारीहरुले तयार गरि दिएको वस्तु वा सेवामा रमाउने बानी पारि सकेका छौं । त्यति मात्र होइन हामी भौतिक वा रचनात्मक श्रम बिनानै नाफा कामाउने योजना बनाउन ब्यस्त भई रहेका हुन्छौं । यसले हामिलाई परनिर्भर बनाएको त छ नै, बाँच्न या मर्न पनि अरुको भर पर्नु पर्ने अवस्था सिर्जना भएको छ । आफ्नो जीवनको निर्णय समेत आफै गर्न नसक्ने आवस्थामा हामी आफुलाई सभ्य नागरिकको कित्तामा उभ्याउन खोजी रहेका छौं । व्यक्ति ,परिवार र सामाजको अन्तरसम्बन्ध समेत भुलेर समाजलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थपूर्तिकालागि मात्र काम गर्न खोज्दा सामाजिक रिति रिवाज संस्कार,संस्कृति सबै लोप भएर जाने अवस्थामा पुगेको यथार्थ हामी सामु छर्लङ्ग छ । निराशावादी आत्मसमिक्षा , चाकडी र चाप्लुसी बाट मात्र आफुलाई स...
वितुसिंह-विन्दसरा सिंह स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति सहिद सन्तति समर सिंह र मेलिना सिंहलाई

वितुसिंह-विन्दसरा सिंह स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति सहिद सन्तति समर सिंह र मेलिना सिंहलाई

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : वितुसिंह-विन्दसरा स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति यश वर्ष जनयुद्धका सहिद ललित बहादुर सिंह (मण्डल) का सन्ततिलाई सम्मान सहित वितरण गरियकाे छ। समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह  (समरजंग)ले आफ्ना पिता वितु सिंह र आमा विन्दसरा सिंहकाे स्मृतिमा २०७८ सालमा स्थापना गरियकाे उक्त प्रतिष्ठानले प्रत्येक  बर्ष जेहेन्दार र विपन्न-दुईजना बालबालिकालाई ५/५ हजार नगत र सम्मान पत्र सहित सम्मान गर्दै आयकाे छ । २०८२ सालकाे छात्रवृत्ति सहिद मण्डलका छाेरा समर सिंह र छाेरी मेलिना सिंहलाई वितरण गरियकाे छ । काठमाडौंमा एक कार्यक्रम आयाेजना गरि  समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य द्वाेय माधव गाैतम ( विनयराज ),विनाेद थापा (सर्वजित) र जनपक्षीय पत्रकार संगठनका अध्यक्ष राम बहादुर सिंह (रेडियम) उक्त प्रतिष्ठानका अध्यक्ष उषा राना (सिंह) काे सहभागी र...
जवाफदेही एवं उत्तरदायी पत्रकारिताका लागि—पत्रकार आचारसंहिता पालना गरौँ

जवाफदेही एवं उत्तरदायी पत्रकारिताका लागि—पत्रकार आचारसंहिता पालना गरौँ

विचार
पत्रकार  मुकुन्द ढुँगाना सञ्चार साधन मानव समाजको आँखाजस्तै हुन्। समाजले देख्न नसकेको कुरा देखाउने, बुझ्न नसकेको कुरा खुलाउने, अन्याय–अत्याचारविरुद्ध आवाज उठाउने, अधिकार र कर्तव्यबीच सन्तुलन कायम गर्न मार्गदर्शन गर्ने काम पत्रकारिताले गर्छ। तर पत्रकारिता शक्तिशाली पनि हो, संवेदनशील पनि। यही शक्तिको सही प्रयोग नभए पत्रकारिता समाधान नभई समस्याको स्रोत बन्न सक्छ। त्यसैले “जवाफदेही र उत्तरदायी पत्रकारिता” हाम्रो समयमा सबैभन्दा महत्वपूर्ण विषय बनेको छ। आजको डिजिटल युगमा सूचना प्रवाहको गति अत्यन्त तीव्र छ। तर गति मात्र पर्याप्त हुँदैन, समाचार ठ्याक्कै, निष्पक्ष र नैतिक हुनुपर्छ। पत्रकार मुकुन्द ढुँगानाको दृष्टिमा, पत्रकारिताको मूल आत्मा नै आचारसंहिताप्रति प्रतिबद्धता हो। आचारसंहिता पालन नहुँदा पत्रकारिता दिशाहीन मात्र होइन, समाजलाई भ्रमित बनाउने खतरा बढ्छ। १. पत्रकारिताको विश्वसनीयता: आच...
युवा किन नेपालमा बस्न चाहँदैनन् ?

युवा किन नेपालमा बस्न चाहँदैनन् ?

विचार
नेपाल अहिले एउटा यस्तो मोडमा पुगेको छ, जहाँ देशको सर्वाधिक सक्रिय, सिर्जनशील र उर्जाशील पुस्ता—युवा—तेज गतिमा विदेशिने लहरमा बगिरहेको छ। गाउँदेखि सहरी टोलसम्म, कक्षा १२ सकेका किशोरदेखि स्नातक उत्तीर्ण गरेका युवासम्म सबैको मुखमा एउटै वाक्य बारम्बार सुनिन्छ— “यहाँ भविष्य छैन, विदेश जानैपर्ने भयो।” पत्रकार मुकुन्द ढुँगानाले प्रस्तुत गर्नुभएको विश्लेषणमा युवालाई विदेशिन बाध्य बनाउने मूल कारणदेखि लिएर यसको दीर्घकालीन राष्ट्रिय प्रभावसम्म, र अहिलेको पुस्ताले नेपालको भविष्य कसरी देखिरहेको छ भन्ने गहिरो प्रश्न उठाइएको छ। १. युवालाई नेपालमै बस्न नचाहाउने मूल कारणहरू क) रोजगारको दयनीय अवस्था शैक्षिक योग्यता बढ्दै गइरहे पनि नेपाली बजारमा त्यही अनुपातमा रोजगारी सिर्जना हुन सकेको छैन। सरकारी जागिर सीमित, निजी क्षेत्र कमजोर, पारिश्रमिक न्यून—यस्ता कारणले युवामा “काम गर्ने भन्दा समय बिताउने ठा...
सुदूरपश्चिमभर सहकारी क्षेत्रको अवस्था बुझ्न समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा अनुसन्धान

सुदूरपश्चिमभर सहकारी क्षेत्रको अवस्था बुझ्न समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा अनुसन्धान

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
धनगढी कैलाली – समाजवादी कम्युनिष्ट पार्टी नेपाल (सेती–महाकाली क्षेत्रीय समिति) ले सुदूरपश्चिम प्रदेशभर सहकारी संस्थाहरुको वास्तविक अवस्था बुझ्ने उद्देश्यसहित व्यापक अनुसन्धान प्रक्रिया सुरु गरेको छ। अछमको तुर्माखाँद गाउपालिका र हालै पार्टीले धनगढी उपमहानगर पालिका, लम्किचुहाँ नगरपालिका ,जानकी गाउपालिका, टिकापुर नगरपालिका, बर्द्गोरिया गाउपालिका, जोसिपुर गाउपालिका, कैलारि गाउपालिका लगाएत स्थानीय क्षेत्रमा दर्ता भएर सञ्चालनमा रहेका सहकारी संस्थाहरुको विवरण, वार्षिक लेखापरीक्षणको स्थिति तथा सहकारी पीडितसम्बन्धि उजुरीबारे औपचारिक रूपमा सूचना माग गरेको छ। सूचनाको हक ऐन २०६४ को दफा ७(१) र नेपालको संविधानको धारा २७ बमोजिम पार्टीले माग गरिएको विवरणमा नगरपालिकाभित्र दर्ता भएका कुल सहकारी संख्या, चालु तथा बन्द सहकारीहरुको सूची, लेखापरीक्षण सम्पन्न तथा नसकाएका संस्थाहरुको विवरण, सहकारी ठगी वा आर्...
जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा – उदय बहादुर चलाउने “दिपक”

जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा – उदय बहादुर चलाउने “दिपक”

राजनीति, विचार, विज्ञान प्रबिधि, शिक्षा
प्रारम्भ ✍️ ✍️"जेन–जेड’ नवयुवाहरुको आह्वानमा भएको गत भदौं २३ गतेको जनबिद्रोह र २४ गतेको जनप्रतिरोधले नेपालको दलाल पुँजीवादी सत्तालाई केहि घण्टा यसरी थर्थरी काँप्ने बनायो कि सुशासन सम्बन्धि नेपाली जनताको बर्षौको सपना पुरा हुने आम अपेक्षा सडकमा आल्हादित भएर पोखियो । चर्चा थियो– अब भ्रष्टाचारीहरुका दिन गए, एक–एक गरेर भ्रष्टाचारीहरुलाई जेलमा कोच्नुपर्छ, नेताहरुका घर त जले कर्मचारी र बिचौलियाहरु बाँकि नै रहे, पटक–पटक सत्तामा पुगेर लुटपाट गरेका फलाना अमुक पार्टीहरुलाई त प्रतिबन्ध नै लाउनु पर्छ आदि, इत्यादि आक्रोसले सडक आगो भईरहेको थियो । ठुला भनिएका कैयौं नेताहरुको घरमा जब पैशाका बिटाहरु जलेर खरानी भए, हावामा पैशा उडाईए, घर ध्वस्त पारीए संभवतः हरेक पार्टीमा अलिकति स्वाभिमानकासाथ बाँचेका, पार्टीमा आर्थिक पारदर्शिताका वारे निरन्तर लडेर हैरान भएका, आफुले भ्रष्टाचार ग...