११ श्रावण २०८१, शनिबार

विगन्यूज

साैर्य एयर जहाज दुर्घटनामा परी १८ जनाकाे मृत्युु

साैर्य एयर जहाज दुर्घटनामा परी १८ जनाकाे मृत्युु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार १८ जनाको शव फेला परेको छ । जहाजमा १९ जना यात्रु थिए । प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज दुर्घटनामा परेको थियो । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।...
श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
महान् जनयुद्ध, एकीकृत जनक्रान्ति तथा विभिन्न जनसङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित सहिद तथा बेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी एवम् यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक अभिवादन व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टी नेपालको विशेष भेला निम्न प्रस्ताव पारित गर्दछ :१. विशेष भेला महान् जनयुद्ध, एकीकृत जनक्रान्ति एवम् न्यायपूर्ण सबै सङ्घर्षमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै अमर सहिदले देखाउनुभएको परिवर्तन र मुक्तिको बाटोमा निरन्तर अघि बढिरहने प्रतिबद्धता जाहेर गर्दछ । २. यो भेला तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र तत्कालीन नेकपा (बहुमत) बीचको एकता असफल र भङ्ग भएको घोषणा गर्दै अकर्मण्यतावादी, मिहिन तथा छद्म संशोधनवादी, सारसङ्ग्रहवादी एवम् रूढिवादी कार्यदिशाका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभिन्...
जेलमुक्त कार्यक्रतालाई आरसिपिद्वारा अभिनन्दन

जेलमुक्त कार्यक्रतालाई आरसिपिद्वारा अभिनन्दन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं :२०७५ साल फागुन १० गते पक्राउ परेका राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमाललाई कारागारमुक्त भएर आएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भव्य स्वागत तथा अभिनन्दन गरेको छ ।बुधबार पार्टीको ३ नम्बर प्रदेश कार्यलय कुपोन्डोल ललितपुरमा पार्टीका अध्यक्ष मोहन वैद्य "किरण", कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, कार्यालय सदस्य सीताराम तामाङ, कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने दिपक, कार्यालय सदस्य इन्द्रमोहन सिग्देल, कार्यालय सदस्य कृष्ण धमला, कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटल, कार्यालय सदस्य पवनमान श्रेष्ठ लगायतका नेताहरुले कारागारमुक्त राजवन्दीहरुलाई खादा र माला लगाइदिएर भव्य रुपमा स्वागत गरेका हुन् ।कार्यक्रममा राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शे...
नयाँ मन्त्रीमण्डल गठन कुन दल बाट कति र कुन-कुन मन्त्री भय हेर्नुहाेस

नयाँ मन्त्रीमण्डल गठन कुन दल बाट कति र कुन-कुन मन्त्री भय हेर्नुहाेस

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौं : प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका छन । मंगलबार नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोक्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका साथै एकीकृत समावादीबाट सहभागी हुनेलाई मन्त्री बनाउँदै आज थप १६ जना मन्त्रीहरु नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन। नयाँ सत्ता समीकरणमा रहेको जनता समाजबादी दल भने सरकारमा सहभागी भएको छैन । -कुन दल बाट को बने मन्त्री ? नेकपा एमालेबाट ; १) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार २) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला ३) हरि उप्रेती, रक्षा ४) भगवति चौधरी, महिला बालबालिका ५) राजेन्द्र राई, खानेपानी ६) दामोदर भण्डारी, उद्यो ७) ज्वालाकुमारी साह, कृषि ८) बलराम अधिकार...
ऐतिहासिक महान जनयुद्ध जिन्दावाद

ऐतिहासिक महान जनयुद्ध जिन्दावाद

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
आज फागुन १ गते अर्थात जनयुद्ध दिवस सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्‌वाद, साम्राज्यवाद, सबैखाले प्रतिक्रियावाद, अवसरवाद, संशोधनवाद, अकर्मण्यतावाद, गोलचक्करवादलगायत क्रान्तिविरोधी शक्तिहरूको पराजय नहुँदासम्म र नेपाली जनताले मुक्तिको सास फेर्ने वैज्ञानिक समाजवाद स्थापना नहोउन्जेलसम्म यो जारी छ, जारी रहनेछ । महान् जनयु्द्धमा बलिदान गर्ने महान् सहिदका परिवारजनहरू, बेपत्ता योद्धाका परिवार तथा घाइते योद्धाहरू, जनयुद्धमा लामबद्ध शक्ति, समर्थक, शुभचिन्तक सबैमा हामी २९ औँ महान् जनयुद्ध दिवसको हार्दिक शुभकामना प्रक...
१३१ओैं माओ जयन्ती र लाल मार्च सभा सम्पन्न ( फाेटाे फिचर)

१३१ओैं माओ जयन्ती र लाल मार्च सभा सम्पन्न ( फाेटाे फिचर)

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
काठमाडौं : माेहन वैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी युवा संगठन नेपालले आयाेजना गरेकाे "१३१औं माओ जयन्ती"का अवसरमा लाल मार्च र सभा सम्पन्न गरेकाे छ।जनवादी गणतन्त्र चिनका नेता माओत्सेतुङको १३१औं जन्मजयन्तीकाे अवसरमा राजधानी काठमाडौंमा मंगलबार संगठनले विशाल युवा मार्चपास गरेको हाे । कार्यक्रममा पार्टीका अध्यक्ष , प्रवक्ता , कार्यलय सदस्यहरु , सचिवालय सदस्यहरु,केन्द्रीय महाधिवेशन आयाेजक कमिटीका सदस्यहरु , जवस माेर्चाका संयोजक तथा सदस्य हरु र देशै भरिका हजारौं युवाहरुकाे सहभागी रहेकाे थियाे । खुला मन्चबाट सुरु भयकाे राता डृेसमा सजियका युवाहरुकाे लालमार्च जमल , दरबारमार्ग , बागबजार ,पुतलीसडक भृकुटीमण्डप,सहिदगेट, सुन्धारा हुँदै रत्न पार्क ,शान्तिवाटिकामा पुगेर सभा भयकाे थियाे । लाल मार्च सभामा पार्टीका अध्यक्ष किरण, युवा संगठनका फ्र्याक्...
जाजरकोट छेडागाडकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना

जाजरकोट छेडागाडकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
जाजरकोट: जाजरकोटकाे पश्चिम छेडागाड नगरपालिकाकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना तथा उद्घाटन गरियकाे छ ।बुधबार एक औपचारिक कार्यक्रम गरि उक्त कार्यलय उद्घाटन गरियकाे हाे ।  इलाका प्रशासन कार्यालयको नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको बताय । निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भएपनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरू एकताबद्ध भएर जानुपर्नेे बताए । ‘सबैलाई सँगै लिएर जानु मुलुकको आवश्यकता हो,’ उनले भने । यसअघि खलंगास्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिइरहेका छेडागाड नगरपालिका,जुनीचाँदे, कुशे र शिवालय गाउँपालिका स्थानीले अब चंखिला बाटै सेवा लिन पाउने छन् । कुशे गाउँपालिका भित्...
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका  लागि सस्तो ब्याजमा ऋण पाईने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ  । यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, नेपाल राष्...
भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै: “दिपक”

भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै: “दिपक”

Breaking News, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने दिपकले "भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदल्नु पर्ने बतायका छन्। सामाजिक संजाल फेसवुक मार्फत दिपकले भनेका छन "जाजरकाेट र रूकुम विपदमा आफुलाई सम्हालिरहेकाे छ । समग्रमा, सिङ्गो देश विपदकाे संघारमा छ । बेलैमा साेचाैं"!भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै!! उद्दार, राहत र पुननिर्माणकाे दाेस्राे चरण सम्पन्न भएकाे छ । जनताकाे माया, स्वयम्सेवक कमरेडहरूकाे अहाेरात्र खट्न स्मरणीय छ । भुकम्पले ६ जना परिवार लिय पछि एक्लाे जीवन पिडामा रहेका भेरि नगर पालिका वडा न १ काे काेल्चाैरमा पुगेर नेता दिपक भन्छन " प्रत्येक नवनिर्माणपूर्व एउटा असह्य वेदना, विपत्ति र चित्कार झेल्नु अनिवार्य छ, चाहे त्याे समाज, संगठन या व्यक्ति नै किन नहाेओस् । प्रकृति या प्राणि जगत नै किन...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भुकम्प पिडितका लागि १ कराेड ३० लाखकाे राहत सामाग्री हस्तान्तरण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भुकम्प पिडितका लागि १ कराेड ३० लाखकाे राहत सामाग्री हस्तान्तरण

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
जाजरकोट : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी  कम्युनिस्ट पार्टी,नेपालले १ कराेड ३० लाखकाे राहात सामाग्रीहरु हस्तान्तरण गरेकाे छ ।केन्द्रीय कार्यलय सदस्य हेमन्त प्रकाश ओलि "सुदर्शन", केन्द्रीय कार्यलय सदस्य दिपक र दिनेश शर्मा लगायतकाे केन्द्रीय "जनसेवा अभियान" टिमले जाजरकोटमा पुगि  उक्त राहतका सामाग्री जिल्लालाई हस्तान्तरण गरेका हुन । पार्टी र पार्टीका भातृ संगठनकाे विशेष पहलमा संकलीत टेन्ट, त्रिपाल, कम्मल ,कार्पेट , सिरक डस्ना ,जकेट स्विटर, लगायत बिभिन्न ओैषधिहरु सहित १ कराेड ३० लाख बराबरको राहत सामाग्रीहरु जिल्ला राहात उद्धार तथा दैवीप्रकोप काेषमा हस्तान्तरण गरेका छन।भुकम्प गय लगत्तै पार्टीकाे निर्देशनमा पहिलाे चरणमा जिल्ला ईन्चार्ज अनन्त र संयोजक हिमालकाे नेतृत्वमा उद्धार कार्यमा खटिरहेका थिए। दाेश्राे चरणमा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज उदय बहादुर ...