दाङ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङ २ मा रेखा शर्मा लाई जिताउनुहाेस म समाजसेवामा लाग्ने पुर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्र का उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन ।
कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी काे नवाैं महाधिवेशन आफ्नै केन्द्रीय कार्यलय कपिलवस्तुकाे शिवगडिमा प्रबिधि प्रयाेग गर्दै उद्धघाटन भएकाे छ , असाेज ३१ सम्मा चल्ने महाधिवेशनकाे पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लप ले डिजिटल प्रबिधि मार्फत ब्यानर खाेलेर डृाेन उडायर पुष्पवृष्टि गरेर उद्घाटन गरेका हुन ।
कार्यक्रम मा महासचिव लगायत केन्द्रीय सदस्यहरु , अन्य अतिथिहरु र जनमासलाई स्वागत का लागि राता डेृसमा युवाहरुले सलामी गरेका थिय । ६ दिन सम्मा चल्ने महाधिवेशन मा सहभागी प्रतिनिधि र प्रबेक्षकका लागि खाना नास्ता का लागि मेष र बस्नका लागि बासकाे ब्यवस्थापन गरेकाे छ ।...
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि १४ जनाकाे उम्मेदवारी परेकाे छ।प्रतिनिधि सभामा ६ र प्रदेश क मा ४ र ख मा पनि ४ गरि जम्मा १४ जनाकाे उम्मेदवारी परेकाे छ ।सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का उप महासचिवमा शक्ति बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन भने ,प्रदेश क बाट नेपाली कांग्रेस का जिल्ला सभापति बेद बहादुर सिंह र केन्द्रीय सदस्य समाजसेवी राजिव बिक्रम शाह लेे वारेसना मार्फत उम्मेदवारी दर्ता गरेका छन ।बर्षा का कारण छिन्चु - जाजरकोट सडक अबरुद्ध का कारण सिंहले महेन्द्र शाह र शाहले नगेन्द्र शाहलाई वारेस पठायर दर्ता गरायका हुन ।
बिपक्ष दल एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि निरज आचार्य र प्रदेश क बाट डम्बर बहादुर सिंह र ख बाट खिम बहादुर शाहिले उम्मेदवारी दर्ता गरेका छन ।राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक खनालले प्र...
मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनसमेत घोषणा गरेका छन्।
उनले घोषणा गरेअनुसार आगामी ६० दिनभित्रमा निर्वाचन हुनेछ। टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिए।
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रम भएको, त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ।
सम्बोधनका क्रममा उनले भने, ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमतअनुसार काम गर्नेछौँ।’
देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेको...
काठमाडौँ — निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश गर्ने जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आयोगले उक्त प्रचारसमेत निर्वाचन खर्चमा समावेश हुने बताएको हो ।
‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको अवस्थामा दल र उम्मेदवारले सामाजिक सञ्जालको प्रयोगसमेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोग सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ‚’ सोमबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति‚ २०७७ बमोजिम निर्वाचनका सबै चरण...
‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!
ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!हाम्रो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको ५ वर्ष बितिसकेको छ । यसबीचमा देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा गम्भीर ऐतिहासिक महत्वका घटनाहरू भएका छन् । यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पु-याइएको छ ।
महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु-याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पुँजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको छ । जनयुद्धमाथिको दमन देशभक्त धारामाथिको दमन थियो र हो । यी जनद्रोही र देशद्रोही कदमहरूले जनताको बाँच्न पाउने नैसर्गिक अधिकारमाथिको पन...
नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशनकाे पूर्वसन्ध्यामा केन्द्रीय समितिकाे १४ औँ पूर्ण बैठक प्रारम्भ भएकाे छ ।
नेकपा महासचिव विप्लवको अध्यक्षतामा आजबाट सुरु भएको बैठकले पार्टीको केन्द्रीय कार्यलय शिवगढीमा यही असाेज २५ गतेदेखि ३१ गतेसम्म हुने नवाैँ महाधिवेशनकाे सम्पूर्ण तयारीको बारेमा जानकारी गराएको छ /
असाेज २५ गते दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यलय शिवगढीमा उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएकाे नेकपाले जनाएको छ ।
महाधिवेशनमा आउने सबै अतिथि, प्रतिनिधि, पर्यवेक्षकहरुलाई स्वागत गर्नका लागि विभिन्न ठाउँहरुमा स्वागत गेट निर्माण गरिएका छन्
देशभरबाट जिल्ला जिल्लाका, विभिन्न विभाग, जवसका प्रतिनिधि, पर्यवेक्षक छनाेट गरी आउने क्रम सुरु भएकाे छ ।
वर्षाका बाबजुद पनि खुल्ला रुपमा महाधिवेशनकाे उद्घाटन हुने केन्द्रीय कार्यलयले जनाएकाे छ ।
महाधिवेशनकाे जानकारी दिनकाे ला...
काठमाडौँ : पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
प्रवक्ता सुदर्शनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महान् जनयुद्धका एक क्रान्तिकारी बौद्धिक माओवादी नेता, पूर्वसंविधानसभा सदस्य कमरेड बालकृष्ण ढुङ्गेलको असामयिक निधनले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नाउँको दलाल संसदीय व्यवस्था र सरकारले जनयुद्धकालीन झूट्टा मुद्दा लगाएर लामो समयसम्म अन्यायपूर्वक जेलमा राखेका कमरेड ढुङ्गेलको असामयिक निधनबाट राजनीतिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हाम्रो पार्टी कमरेड बालकृष्ण ढुङ्गेलप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र शोकसन्तप्त परिवारजन...
काठमाडौँ नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोका जवस/मोर्चाहरूले सबै जिल्लाका निर्वाचन आयोगका अधिकृतहरूलाई भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । जवस/मोर्चाका नेता–कार्यकर्ताहरूले मधेस ब्युरोका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र रौतहटका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र बुझाएका हुन् ।
सर्लाहीको निर्वाचन आयोगको कार्यालयमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माण, जिल्ला संयोजक बिहानी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज किसुनदेव शर्मा, मधेसी मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ठगा राम, युवा जनस्वयम्सेवक नेपालका जिल्ला सदस्य बिजिन्द्रमण्डलसहितको टोलीले निर्वाचन कार्यालयका अधिकृत निर्मल पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । त्यस...
काठमाडौँ : भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष भूमिका खेल्ने र संसद्बाट पारित गराउन भूमिका खेल्नेहरूलाई सांसदको उम्मेदवार नबनाउन चेतावनी दिँदै नेकपा (बहुमत) ले आइतबार उम्मेदवारी मनोनयनकै दिन देशभरका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र दिएको छ । नेकपा (बहुमत) का विभिन्न नौवटा जनवर्गीय सङ्गठनहरूले देशशभर एकैसाथ ज्ञापनपत्र दिएका हुन् ।
मङ्सिर ४ गते हुने भनिएको निर्वाचनमा भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन निर्वाचन आयोगलाई आग्रह गर्दै उक्त ज्ञापनपत्र बुझाइएको जानकारी नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र विकले दिए । उनले आफ्नो पार्टी निकट रहेका नौ ...