
नेकपा बहुमत काठमाडौं काे राजनैतिक र वैचारिक प्रशिक्षण सम्पन्न ।
काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला सम्मेलन आयोजक समितिको राजनैतिक वैचारिक प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको लैनचौरमा बिहिबार सम्पन्ने प्रशिक्षणमा बोल्दै बहुमतका संयोजक कन्चनले नेकपा(बहुमत) र क्रान्तिकारी (माओवादी)बीच भएको पार्टी एकता संयोजन समितिले व्यापक छलफल गरी नेपाली क्रान्तिलाई सम्पन्न गर्ने उदेश्यका साथ पार्टी एकता छिटै टुङ्ग्याउने बताए । पार्टीको कार्यक्रम र कार्यदिशाको व्याख्या गर्दै संयोजक कन्चनले संसदीय चुनाव निर्वाचन अवज्ञा गर्ने आफ्नो पार्टीको कार्यक्रम उपलब्धीमूलक भएको भन्दै यसले जनता र पार्टीलाई जोडने काम गरेको बताए । साथै उनले हालै राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, नेपाली कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीको अवस्थाको बारेमा पनि स्पष्ट पारेका थिए ।
यस्तै पार्टीका प्रवक्ता सुदर्शनले पार्टी सचिवालयको निर्णयहरुको व्याख्या गर्दै आ...