११ श्रावण २०८१, शनिबार

अखिल क्रान्तिकारीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  १५ बुदे ज्ञापनपत्र  बुझायकाे छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर युवा र बिद्यार्थी  संगठनका प्रतिनिधि हरुले उक्त ज्ञापनपत्र बुझायका हुन ।

संगठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीद्वारा हस्ताक्षरित  सो ज्ञापन पत्रमा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै सरकारी तवरबाट ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ । नेपालमा बर्तमान अवस्थामा रहेकाे शिक्षा प्रणालीमा दलाल पुजीवादकाे प्रदुषणले निजिकरण , ब्यापारीकरण,माफियाकरणले सार्वजनिक शिक्षा ओरालो तिर लाग्नु जस्ता समस्याहरु ज्वलन्त रुपमा देखियका छन ।शिक्षाक्षेत्रमा व्यापक विभेद, ब्यापारी करण र राजनीतिककरण भईरहेका छन ।

बिश्वबिद्धालयहरुमा  अनैतिक र अबैज्ञानिक रुपमा चरम राजनैनिक भागबन्डा गरि पार्टीका भातृसंगठन बनाईयका छन । शिक्षा जस्तो संवेदनशील बिषयमा चरम निजीकरण र ब्यापारीकरण भईरहेकाे छ । ज्ञानलाई श्रम, राेजगारि उत्पादन र समृद्धि संग जाेड्ने कुरामा नेपालीको शिक्षा असफल भईरहेकाे छ । तसर्थ यी सबै बिषयहरुकाे समाधान गर्नका लागि ज्ञापनपत्र पेश गरियकाे हाे ।

राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्टाउन, सङ्घीय शिक्षा ऐन तत्काल लागु गर्न र विश्वविद्यालयमा राजनीतिक भागवण्डा बन्द गर्न सो संगठनले सरकारसमक्ष माग गरेको छ ।

ज्ञापनपत्र पुर्ण पाठ :