४ आश्विन २०८१, शुक्रबार

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ काठमाडौं ८ बाट  निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ काठमाडौं ८ बाट निर्वाचित

चुनाव, निर्वाचन, राजनीति, समाचार
७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १० हजार १०५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम ४ हजार ८७७ मत पाएका छन् ।विजयी श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बाग्मतीमा प्रदेश सभा सदस्य थिए । त्यसैगरी काठमाडौं ८को प्रदेशसभाको ‘ख’ तर्फ राप्रपाका उद्धब थापा विजयी भएका छन् । उनले ३ हजार ३४९ मत पाएका भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४ हजार ८७७ मत पाएका छन् । कांग्रेसका उम्मेदवारले १ हजार ८३७ मत मात्रै पाए । ...
प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
७ मंसिर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन्। आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन्। डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ। प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन्।...
जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
७मंसिर जाजरकोट । जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह विजयी भएका छन्। उनी १६ हजार ४० मतसहित प्रदेश सांसद चुनिएका हुन्। शाहले नेकपा एमालेका  खिमबहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे। एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन्। शाह विशेषतः प्रतिनिधि सभामा अन्तिमपटक चुनाव लड्न चाहेका थिए। तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन्। शाह राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव राख्ने नेता हुन्। शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग हारेका थिए। शाह यसअघि दोस्रो संविधान सभा सदस्य बनेर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन्। शाह निर्वाचित (ख) मा ४६ हजार ४९४ मतदाता रहेकामा २९ हजार २६ मत खसेको थियो।...
गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
गृहमन्त्री बालकृष्ण खाणलाई दीपक बोहराले कडा टक्कर दिएका छन्। सत्ता गठबन्धनका उम्मेदवार खाणले ३ हजार ४२४ मत पाउँदा दीपक बोहराले ३ हजार ३७१ मत पाएका छन्। राप्रपाका दीपक बोहरालाई एमाले र जसपाले सघाएका छन्।
अर्घाखाँचीमा टाेप बहादुर रायमाझी काे अग्रता कायमै पुष्पा भुसाल  पछ्याउँदै

अर्घाखाँचीमा टाेप बहादुर रायमाझी काे अग्रता कायमै पुष्पा भुसाल पछ्याउँदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५  हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २  हजार २५९ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३३१ मत पाएका छन् ।...
ललितपुर २ मा एमालेका प्रेम महर्जन ९ हजार मतान्तरले विजयी

ललितपुर २ मा एमालेका प्रेम महर्जन ९ हजार मतान्तरले विजयी

चुनाव, निर्वाचन, राजनीति, समाचार
६ मंसिर काठमान्डाै। ललितपुर २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् । मत परिणाम घोषणा भएपछि नेकपा एमालेका कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।...
ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

ललितपुर ३ मा एमालेकाे अग्रता पम्फा र ताेसिमाकाे प्रतिस्पर्धामा :

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
लतितपुर क्षेत्र नं ३मा  माओवादी केन्द्रकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उछिनेकी छन्। पहिलो स्थानमा नेकपा एमालेका अमृत खड्का छन्। दोस्रो स्थामा कार्की र भुसाल बीच अघिपछि चलिरहेको छ। पछिल्लो मत परिणामा अनुसार एमाले ९ सय ३६ , राष्ट्रिय स्वतन्त्र ८सय ७५ र माओवादी केन्द्र ७ सय ७५ रहेको छ।...
मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता  याेगेश  गाैचन थकाली विजयी

मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता याेगेश गाैचन थकाली विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। तर, निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ। २८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्। मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्। उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्। थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र...
जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
जाजरकोट : जाजरकोटमा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले नेकपा (बहुमत) जाजरकोट जिल्लाका दुई नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । जाजरकोटको नलगाड नगरपालिका ८ को जिपुवा मतदान केन्द्रमा नेकपा (बहुमत) जाजरकोटका पचासौँ कार्यकर्ता संसदीय व्यवस्थाविरुद्ध नारा लगाउँदै मतदान केन्द्र स्थलतर्फ अगाडि बढेपछि केही समय मतदान नै स्थगित भएको थियो । प्रदर्शनका क्रममा नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालका जिल्ला अध्यक्ष पदम हमाल  र नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति सदस्य आक्रोशलाई प्रहरीले गिरफ्तार गरेको छ ।...
नेकपा (बहुमत ) बाग्मती ब्युराे ईन्चार्ज सहित २५ जना भन्दा बढि नेता कार्यक्रता गिरफ्तार ।

नेकपा (बहुमत ) बाग्मती ब्युराे ईन्चार्ज सहित २५ जना भन्दा बढि नेता कार्यक्रता गिरफ्तार ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती ब्युरो इन्चार्ज शरद रसाइलीलाई प्रहरीले चुनाव अवज्ञा आह्वान गर्दै आयोजना गरिएको प्रदर्शन स्थलबाट गिरफ्तार गरेको छ । प्रहरीले रसाइलीसँगै नेकपा (बहुमत) का काठमाडौँ इन्चार्ज एवम् पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य दीपेन्द्र चलाउने, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, भीम बटालालगायत २५ जनालाई गिरफ्तार गरेको छ । संसदीय व्यवस्थाको चुनाव जनतालाई धोका भएको भन्दै नेकपा (बहुमत) ले आज काठमाडौँमा पनि प्रदर्शन गरेको थियो । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन जारी रहेको बताइएको छ । प्रदर्शनस्थलबाटै नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको हो । यसअघि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्...