११ श्रावण २०८१, शनिबार

मार्क्सले बनायकाे बिचारकाे धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न आवश्यक रहेकाे छ : डा.बाबुराम भट्टराई

काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मार्क्सले बनायकाे बिचारकाे धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न आवश्यक रहेकाे बताय ।
शनिवार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भयकाे उल्लेख गर्दै दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए ।

भट्टराइले वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए ।  देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताउदै उनले सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिनु चटके मानिसहरुको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको बताए।

विश्वमा पुँजीवादी युगको सुरु भइसकेको र नेपालमा समान्तवाद बाँकी भएको भन्दै माओवादी आन्दोलन सुरु भएको बताए । बिद्रोह गर्नु जन्ताकाे अधिकार हाे  ‘हामीले नेपालमा विद्राेह नगरेको आज याे परिवर्तन  हुने थिएन् । नेपालका सामान्तहरुले हामीसँग हारेका थिए ।’, उनले भने, ‘नेपालमा वैदेशिक हस्तक्षेप नभएको भए नेपाली जनता पूर्ण मुक्त हुन्थे  । सूचना प्रविधिको विकास, साम्राज्यवादको दवाव लगायतका कारणले हामीले सम्झौता गर्नु आवश्यकता थियो ।’

‘८० प्रतिशत भूभागहरु कब्जा गरेका थियौं । ८० प्रतिशत जनतालाई मुक्त बनाएका थियौं ।’, उनले भने, ‘विडम्बना हाम्रो पार्टी एक रहेन । साम्राज्यवाद नआउँदै हामीले नेपालको शान्तिप्रक्रिया पुरा गरिसकेका थियौं । त्यसले हामीलाई ठूलो क्षेति हुनबाट बचायो ।’नेपाललाई पुँजीवादी विश्वका रुपमा विकास गर्ने पर्ने उनको भनाई थियो । ‘हाम्रो देशमा पुँजीवाद आएको छैन । हामीले नेपाललाई पुँजीवादी विश्वका रुपमा विकास गरेर समाजवादमा जानपर्छ ।’, उनले भने, ‘पुँजीवाद पुरा भएपछि हामी समाजवादमा जान्छौं ।