९ माघ २०८१, बुधबार

राजनीति

माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :काठमाडौंकाे माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क...
प्रचण्ड र बाबुराम  पार्टी एकताको प्रयासमा

प्रचण्ड र बाबुराम पार्टी एकताको प्रयासमा

Breaking News, राजनीति, विचार
काठमाडौं ।पुष्पकमल दाहाल "प्रचण्ड" नेतृत्वको नेकपा  (माओवादी केन्द्र) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लागि छलफल भएको छ ।गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र (गोरखा-२) छाडे पनि ठोस प्रगति हुन सेकेको थिएन।आइतबार माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठबीच पार्टी एकताका विषयमा औपचारिक कुराकानी भएको हो । छलफलपछि जारी विज्ञप्तिमा उनीहरुले पार्टी एकताका लागि पार्टी एकताका लागि ठोस रुपमा अघि बढ्न सुझाव दिने निर्णय गरेको जानकारी दिए । विज्ञप्तिमा भनिएको छ,‘बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिल...
क्रान्ति सम्पन गर्न विचारधारात्मक कार्यदिशा काे बिकास आवश्यक छ, : माेहन वैद्य (किरण)

क्रान्ति सम्पन गर्न विचारधारात्मक कार्यदिशा काे बिकास आवश्यक छ, : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि विचारधारा र कार्यदिशाको विकासको आवश्यकता रहेको बतायका छन । शुक्रबार पार्टीको ६ दिने केन्द्रीय स्कूलिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेसबुके अध्ययनबाट क्रान्ति नहुने बताए। “अज्ञानताको त्रासदीले क्रान्ति हुँदैन, क्रान्ति ध्वस्त पार्छ । जानेको केही हुँदैन, सबैथोक जानेको छु भन्छ । के गर्ने ? अहिलेको अवस्थामा अज्ञानताको त्रासदीका विरुद्ध दृढतापूर्वक लडेर क्रान्तिका लागि विधारधारा र कार्यदिशाको विकास गर्न जरुरी छ । विचारधारा र कार्यदिशाको विकास नगरी अहिले जे छ त्यहीबाट क्रान्ति हुने वाला छैन ।” पार्टीले एकता महाधिवेशनलाई खोज अनुसन्धानमूलक बनाउने र महाधिवेशनबाट विचारधारा र कार्यदिशामा थप विकास गर्ने दिशामा अगाडि बढेको बताउउदै पार्टी केन्द्रले चलाएको यो केन्द्रीय स्क...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला रिहा भयका छन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला रिहा भयका छन

Breaking News, यातायात, राजनीति, राष्ट्रिय, विचार, समाचार
दाङ ।सवारी दुर्घटना मुद्दामा प्रहरी हिरासतमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा रिहाइ भयका छन । दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । दाङकी जिल्ला न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई ७० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । एसपी केसीका अनुसार धरौटी राखेर बास्तोला शुक्रबारनै छुट्नु भएकाे हाे । बास्तोलाले चलाएको गाडीले र रा ६ प ५७३८ नम्बरको मोटरसाइकल आपसमा ठाेकिदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय स्कुलिङ् कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय स्कुलिङ् कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय स्कुलिङ् कार्यक्रम सम्पन्न भयकाे छ । काभ्रेको "नगरकाेट हिलसाइड भिलेज रिसोर्ट" मा गत असाेज १२ गते देखि संचालन भयकाे स्कुलिङ कार्यक्रम शुक्रबार सम्पन्न भयकाे हाे । कार्यक्रममा दर्शन , राजनीति, अर्थशास्त्र, शैन्य बिज्ञान , संगठन,शाैन्दर्य चिन्तन, र मालेमाबादका बिषयमा पार्टीका स्कुलिङ बिभागका नेताहरुले प्रशिक्षित गरेका थिय । स्कुलिङ कार्यक्रम मा सहभागी सबैलाई सम्मान सहित प्रमाणपत्र समेत हस्तान्तरण गरियकाे छ । आगामी २०८१ जेठमा पार्टीको महाधिवेशन सम्पन गर्ने गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल यतिवेला देश‌ भरि बैंठक, प्रशिक्षण, र स्कुलिङ कार्यक्रमहरु गर्दै आन्तरिक तयारी मा जुटिरहेको एक नेताले बताय ।  ...
एमालेको चियापान कार्यक्रम, शिर्ष नेताहरु एउटै टेबलमा

एमालेको चियापान कार्यक्रम, शिर्ष नेताहरु एउटै टेबलमा

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
ललितपुर ।नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा  चियापान कार्यक्रम आयोजना गरेको हाे । बुधबार पार्टीकाे केन्द्रीय कार्यालय ललितपुरकाे च्यासलमा आयोजित कार्यक्रममा प्रमुख दलका नेताहरू समेत सहभागी भएका थिय। चियापानमा पुगेका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले स्वागत गरेका थिए । त्यसक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका शीर्ष नेताहरु एउटै राउण्ड टेबलमा देखिए ।   ...
पार्टी स्कूलिङ सँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आगामी एकता महाधिवेशनको तयारीमा

पार्टी स्कूलिङ सँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आगामी एकता महाधिवेशनको तयारीमा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पार्टी स्कूलिङको सुरुवातसँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आगामी एकता महाधिवेशनको तयारीमा जुटेको छ । आगामी महाधिवेशनको तयारीलाई विचार, राजनीति, संगठन र संघर्षका दृष्टिले पार्टीलाई नयाँ उचाईमा उठाउने उद्देश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टी स्कूलिङको सुरुवात गरेको हो । पहिलो चरणमा एकसाथ प्रदेश नं ३ को भौगोलिक क्षेत्रमा कार्यरत पार्टीका आयोजक समिति सदस्यहरु र गैर–भौगोलिक क्षेत्र, जवस–मोर्चा तथा विभाग र प्रवास “ख”मा कार्यरत आयोजक समिति सदस्यहरुका लागि पाँच दिने स्कूलिङ कार्यक्रमको आइतबार उद्घाटन गरिएको थियाे । गैर–भौगोलिक क्षेत्र, जवस–मोर्चा तथा विभाग र प्रवास “ख”मा कार्यरत आयोजक समिति सदस्यहरुका लागि पार्टी कार्यालय कुपण्डोलमा र प्रदेश नं ३ को भौगोलिक क्षेत्रमा कार्यरत पार्टीका आयोजक समिति सदस्यहरुका लागि नगरकोटमा कात्तिक १२ देखि १७ गतेसम्म सञ्चालन हु...
क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले क्रान्तिका वेला रुकुम राेल्पा सल्यान र जाजरकोटले साथ दियका हुन र फेरि शान्ति प्रक्रियामा पनि थप उर्जा मिल्ने बताय । बिहीबार दिउसो रुकुम पश्चिम बाफिँकाेटमा आयाेजित कार्यक्रम लाई सम्बाेधन गर्दै  उनले पुरानो आधार इलाकाबाट आफूले ऊर्जा लिएर फर्किने बताए । ‘यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ,’ उनले भने ।अहिले बनेकाे सरकार अझै पाँच बर्ष चल्ने ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन।   ...
इजरायल र प्यालेस्टिनी हमासबिचकाे २८ दिनकाे लगातार  लडाइँमा परि ६,५०० भन्दा बढिकाे मृत्यु

इजरायल र प्यालेस्टिनी हमासबिचकाे २८ दिनकाे लगातार लडाइँमा परि ६,५०० भन्दा बढिकाे मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राजनीति, विचार, समाचार
काठमाडौं ।इजरायल र प्यालेस्टिनी हमास बिचकाे १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। हमासले इजरायलमा ७ अक्टुबरमा एक्कासी आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै जवाफी कारबाही सुरु गरेको थियो । हमासको आक्रमणमा परी १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने इजरायलले गरेको जवाफी कारबाहीमा सर्वसाधारणसहित ६ हजार ५०० भन्दा धेरै मारिएको हमासले जनाएको छ । हमासलाई लक्षित गरी आक्रमण गरेको भनिए पनि यसबाट ठूलो संख्यामा बालबालिकाहरु सहित सर्वसाधारण नागरिकहरु मारिएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । हमासका अनुसार इजरायलको हवाई हमलामा परी २ हजार ७०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ । हमासका अनुसार गत २४ घण्टामा ७५६ जनाको मृत्यु भएको छ भने त्यसमा ३४४ जना बालबालिकाहरु छन् । बीबीसीका अनुसार यो संख्या एकैदिनमा मृत्यु भएको...
“दशैँ”आदिम साम्यवाद युगमा महिलाले कृषिकर्म गर्दा सुरु गरियकाे चालचलन हाे: माेहन वैद्य ( किरण)

“दशैँ”आदिम साम्यवाद युगमा महिलाले कृषिकर्म गर्दा सुरु गरियकाे चालचलन हाे: माेहन वैद्य ( किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, संस्कृति, समाचार
दशैँको अध्ययन गर्ने विविध पक्ष छन् :- पहिलो त,परम्परागत रूपमा चलेको धार्मिक पर्व हो दशैँ । हिन्दु धर्मको मान्यता अनुसार,आसुरी शक्तिमाथि देवताहरूले विजय प्राप्त गरेको भन्ने गरिन्छ । खासगरी देवताहरूले नसकेर देवीहरूलाई गुहारेर राक्षसहरूलाई संहार गरेको हुनाले त्यही अवसरलाई दसैँ मानियो भन्ने कथा पाइन्छ । अझ अगाडि जानुहुन्छ भने तान्त्रिक मान्यताअनुसार, आदिम साम्यवादको जमानामा कृषिको सुरुवात गर्ने सिलसिलामा महिलाहरूले अनुसन्धान गरेको पर्व हो यो । यसमा जमरा लगाउने, घट स्थापना गर्ने भनेको पुरानो तान्त्रिक परम्परा हो भन्ने पनि मानिन्छ । तन्त्रको सुरुवात धेरै अगाडि भएको हो । पहिले आदिम साम्यवादी समाज थियो । त्यो बेलाको विचारधारा टोटेमवाद थियो, शोषण थिएन, अन्याय–अत्याचार थिएन । प्रकृति र समाजलाई बुझ्ने सिलसिलामा पूरै वैज्ञानिक विचार विकसित भएको थिएन । आधा भौतिकवादी आधा आदर्शवादी शैलीका विचारधार...