५ आश्विन २०८१, शनिबार

बाह्रबिसे–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा मोक्तान

काठमाडौं । नेकपा(माओवादी केन्द्र) को संगठनको एक हिस्सा ओगढ्दै आएको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत रहेको बाह्रबिसे नगरपालिका काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा युवा ब्यवसायी सुशिल मोक्तान सर्वसहमत बाट चुनिएका छन् ।
लामो समयदेखि राजनीति, समाजसेवा र व्यवसायलाई एक साथ अगाडी बढाइरहेका मोक्तान काठमाडौंमा सम्पन्न एक भेला बाट चयन भएका हुन् ।
नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा(माओवादी केन्द्र) सम्पर्क समन्वयय प्रदेश समितिका कोषाध्यक्षको बिशेष आतिथ्यता रहेको थियो भने, सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी,अध्यक्ष जयराम आचार्य, वाईसिएल केन्द्रिय सदस्य चिजा तामाङको आतिथ्यता रहेको थियो ।
भेलाले सुशिल मोक्तानको अध्यक्षतामा २५ सदस्सिय समिति गठन गरेको छ । जसमा उपाध्यक्ष हेम बहादुर योन्जन र राजेन्द्र पौडेल,सचिव प्रदिप पौडेल,सहसचिव अर्जुन तामाङ र सुवास लामा तथा कोषाध्यक्षमा दिनेश रोक्कालाई चयन गरिएको छ ।
यो नव गठित समितिले बाँकी रहेका वडा समिति तथा सेल हरु गठन गर्ने र जिल्ला भेलाको तयारि गर्ने म्यान्डेड पाएकोले सोहि बमोजिमको योजना बनाएर लागु गर्ने अध्यक्ष सुशिल मोक्तानले बताए ।