३१ भाद्र २०८१, सोमबार

माैसम

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

Breaking News, मनाेरन्जन, माैसम, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
  नवलपुर :देशभर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरू जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा नेकपा (बहुमत) नवलपुरका नेता कार्यकर्ताहरू एक बिघा खेतमा रोपेको धान बाली काटेर श्रमदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्ला इन्चार्ज बन्दना, संयोजक बिशालको विशेष उपस्थितिमा युवा, विद्यार्थी र जिल्लाका सबै नेताकार्यकर्ताहरू धान काटेर श्रमदान गरेका छन् । उत्पादनको नीतिअनुसार नवलपुरले एक बिघा खेतमा धान रोपाइँ गरेको थियो । नेकपा (बहुमत) ले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला मङ्गलबार नवलपुर जिल्लामा एक बिघा खेतमा धान काटेर श्रमदान गरेको जिल्ला इन्चार्ज बन्दनाले जानकारी दिए । ...
पश्चिमी वायु काे प्रभाव सक्रिय रहेसंगै चिसाे बढेको छ ।

पश्चिमी वायु काे प्रभाव सक्रिय रहेसंगै चिसाे बढेको छ ।

Breaking News, माैसम, समाचार
१ कात्तिक, काठमाडौँ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताए । उनले भने, ‘मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।’ पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस...