११ श्रावण २०८१, शनिबार

जुम्ला र मुगुका बासिन्दा भुकम्प काे त्रासले घर भित्र जादैनन्

१६ माघ जुम्ला  ।भूकम्प आउदै छ भन्ने हल्लाले रातभर जुम्ला र मुगुका केही स्थानका मानिसहरु घर वाहिर निस्केका छन् । जुम्ला सदरमुकाममा केही मानिसहरु घर वाहिर निस्केर आगो वालेर बसिरहेका छन् । मानिसहरुले दुख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक मानिसको खोजी शुरु गरेको हो ।

जुम्लाको माईनस डिग्री कठाग्रिदो चिसोमा मानिसिहरु भुकम्प आउदैछ भन्ने हल्लाले घर भित्र पस्न त्रासले  वाहिर बस्न वाध्य भएका छन् । भुकम्प आउदैछ रे, भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिईरहेका छन् ।

भुकम्प आउदैछ भन्ने बिषय स्थानीय प्रशासनलाई समेत टेलिफोन आईरहका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफुलाई रातभर फोन आएर हैरान बनाएको बताउनुभयो । यता पनि फोनहरु आईरहेका छन् । यो भ्रामक हल्ला हो । मानिसहरुलाई यसरी दुख दिनेलाई खोजी कार्य शुरु भएको र कारवाही गरिने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार भुकम्प आउने पूर्व अनुमान पहिलेनै गर्न नसकिने, सहजै अनुमान गर्न सकिदैन, यो हल्ला पछि नलाग्न आम नागरिकलाई अनुरोध गर्दछौ । यो हल्ला फैलाउने व्यक्तिको खोजी कार्यगरि कारवाही हुन आवश्यक रहेको उहाँले बताउनुभयो