२३ भाद्र २०८१, आईतवार

आज सहिद दिवस मनाईदै

१६ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस  जनयुद्ध जनआन्दोलन र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

परिवर्तित परिपक्षमा नेपाललाई सहिद दिवसका रुपमा मात्र नभई सहिद सप्ताह काे रुपमा एक हप्ता अगाडि नै  विभिन्न कार्यक्रम गरि  मनाउने गरिन्छ ।विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

सहिदहरु शुक्रराज शास्त्री धर्मभक्त माथेमा , गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरले प्रजातान्त्रकाे पक्षमा जन्ताकाे  वकालत गरेकाे अभियाेगमा हत्या गरिएको माघ १० गते देखि १६ गते सम्मकाे अवधिलाई सहिद सप्ताहकाे रुपमा मनाउने गरिन्छ ।

आज  शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।