१० माघ, काठमाडौं । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मंगलबार बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन सुर्खेत का कर्मचारी ले जानकारि दिय ।
भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।
थप बिबरण आउन बाकि छ ..?