२ कार्तिक २०८१, शुक्रबार

पुर्वाधार

गोरखामा प्रचण्ड : आरुघाट पुगेर यसरी गरे ४६ वर्षअघिको फ्ल्यास ब्याक

गोरखामा प्रचण्ड : आरुघाट पुगेर यसरी गरे ४६ वर्षअघिको फ्ल्यास ब्याक

Breaking News, चुनाव, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गोरखामा छन्। शुक्रबार बेलुकी गोरखाको आरुघाट पुगेका प्रचण्डले आफू ४६ वर्ष अघि शिक्षक भई अध्यापन गराउँदाको स्मरण गरेका छन्। प्रचण्ड युद्धकालमा खाना खाने घर प्रचण्ड सचिवालयका अनुसार चुनावी प्रचार प्रसारको कार्यक्रममा उनी दुई दिन गोरखामै रहनेछन्। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका प्रचण्डले आरुघाटबाटै राजनीतिक आन्दोलनको नेतृत्व गर्ने प्रेरणा प्राप्त गरेको उल्लेख गरे। दुई बर्ष बसेकाे घर शनिबार बिहान गोरखामा प्रचण्डले आफू बसेको घर, नुहाने धारा र खाना खाने घरसम्मको अवलोकन गरेका छन्। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै भनेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड भन्नुहुन्छ–४६ वर्ष पहिलेको फ्ल्यास ब्याक भयो।’ सँगै पढाएका दौतरी शिक्षक, किसान, दाजुभाइ दिदीबहिनीसंग शुक्...

रानी पोखरीमा छठ मनाउन नपाइने

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
११ कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ । पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकाले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए । ‘३ चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीमा तेस्रो चरणमा भएको काम महानगरलाई हस्तान्तरण भइसकेको छैन,’ मानन्धरले भने, ‘छठ मनाउने क्रममा ती पूर्वाधार भत्किएमा वा बिग्रिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा उठेकाले रानी पोखरी छठका लागि खुल्ला नगर्ने निर्णय महानगरले गरेको छ ।’ उनका अनुसार पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन । मन्दिर महानगरलाई हस्तान्तरण भएकै कारण हिजो भाइटीकाको दिन मन्दिर खुल्ला गरेर व्यवस्थापनको समन्...
नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता पाेखरामा घट्याे दुखद घटना :

नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता पाेखरामा घट्याे दुखद घटना :

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार, सुचना संचार
पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा दुखद घटना घटेको छ ।प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात सराङकोटस्थित जमिनमा खसेको थियो । दुर्घटनामा घाइते थापाको स्थानीय मेट्रोसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगिता सिञ्जालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा एक मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् । एक मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै वि...
कायाङकिकी एक्लि सुधा :नवाैं राष्ट्रिय खेलकुद !!

कायाङकिकी एक्लि सुधा :नवाैं राष्ट्रिय खेलकुद !!

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
३०>असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलका रुपमा रहेका र्‍याफ्टिङ र कायाकिङ प्रतियोगिता आइतबार पोखरा १७, दोबिल्लामा भयो । कायाकिङ प्रदर्शनी प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वाछाने पहिलो, चितवनका नवीन श्रेष्ठ दोस्रो र चितवनकै विजय गुरुङ तेस्रो भए । १४ जना खेलाडी सहभागी भएको खेलमा पुरुषहरुको भिडमा एक्लै थिइन्, खोटाङकी सुधा राई (२२) । उनले आफ्नो कलामात्रै देखाइनन्, उत्कृष्ट प्रदर्शन पनि प्रस्तुत गरिन् । कायाकिङ कायाक सलालाम विधा अन्तर्गत २ सय मिटर दूरीमा उनले ११३.९० अंक ल्याइन् । तर, सुधा आइतबार नवौं अन्तर्गतको कायाकिङ प्रदर्शन खेलमा मात्रै एक्लै उभिएकी होइनन् । यसअघि पनि थुप्रै खेलमा त्यसरी नै पुरुषहरुको बीचमा आफूभन्दा अग्लो कायाक बोकेर पुग्थिन् । तर, यो उनको रहर होइ न, बाध्यता हो । यसै त जुनसुकै खेलमा पनि महिलाहरुको संख्या कम छ । त्यसमाथि यो खेल्न ...
बाल गायिका कमला घिमिरे आमालाई घर सुम्पिईन ।

बाल गायिका कमला घिमिरे आमालाई घर सुम्पिईन ।

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, सुचना संचार
काठमाडौं । धादिङ घर भयकि चर्चित बाल कलाकार कमला घिमिरेले गित गायर कमायकाे पैसा जम्मा गरि पक्कि घर बनायर आफ्नी आमालाई सुम्पियकि छिन । एकबेला लाेक दाेहरी क्षेत्रमा साेसल मिडियामा एकक्षत्र राज गरेकि उनि गित रेकर्डिङ र लाईभ दाेहरीमा चर्चित बाल कलाकार काे रुपमा चिनिन्थिन ।स्वरमा  केही परिवर्तन आयपछि आजभाेलि गाउन छाेडेकि उनिल आफ्नै पाैरखले घर बनायर आफ्नी आमा लाई सुम्पेकि छिन ।...

बाढीले तीन सयभन्दा बढी घर डुबानमा :

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका हुन्। बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए। राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन्। घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन्। अत्यावश्यक सामाग्री लिएर स्थानीयहरु आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ। अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले छ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ। रा...
महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।

महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
१८ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुख...
प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार, सुचना संचार
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ । जल, जमिन, जडिबुटी र पर्यटन बिकासलाई सदुपयोग गर्न सके जाजरकोटलाई स्वर्गको टुक्रा जस्तै सुन्दर बनाउन सकिन्छ । जिल्लाको ८२ किलोमिटर भु–भागलाई छिचोल्दै गएको मध्यपहाडी लोकमार्ग, भारतको रुपैडिया देखि सुर्खेत छिन्चु–जाजरकोट–डोल्पाको मोरिम तेञ्जे हँुदै तिब्वत जोडने त्रिदेशीय भेरी करिडोर, जाजरकोटको कुशे पाटन हँुदै कपिलवस्तु देखि दाङ, सल्यान, जुम्ला हुँदै मुगु जोड्ने लुम्बिनी–रारा पर्यटन मार्गले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जाजरकोटमा आकर्षित गर्न सकिन्छ । पर्यटन विश्व बजारमा स्थापित डोल्पाको विश्वकै गहिरो शे–फोक्सण्डो ताल, विश्वकै अग्लो...
काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
१६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार  डेंगुबारे जानकारी लिने र बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।...

गुडिरहेको बसमा आगलागी

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ असोज, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो एक्कासी आगलागी भएको हो । बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेको छ । बसमा आगलागी भएपछि त्यसमा सवार ३२ यात्रु अलपत्र परेका छन् । गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी                                                  कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।...