२ कार्तिक २०८१, शुक्रबार

पुर्वाधार

दशैं मनाउन काठमाडौंबाट गाउँ हिँडेका यात्रु घण्टौं जाममा

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
१५ असोज,  । दशैं मनाउन गाउँ फर्किने यात्रुका कारण शनिबार काठमाडौंबाट धेरै सवारी साधन बाहिरिएका छन् । काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्या उच्च हुँदा काठमाडौंको प्रमुख नाका पृथ्वी राजमार्ग र बीपी राजमार्गमा जाम बढेको छ । नागढुंगा प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार शनिबार काठमाडौंबाट बाहिरिने गाडी अत्याधिक रहेका छन् । ‘नर्मल दिनमा भन्दा आज चार पाँच गुणा बढी गाडीहरु बाहिरिएका छन्, सडक ठप्प त भएको छैन, तर प्रेसर अत्यधिक छ’ उनले भने । उनका अनुसार शनिबार कार, जिप र मोटरसाइकल पनि अरु दिन भन्दा धेरै बाहिरिएका छन् । सडकमा अवरोध कतै छैन, तर सवारी साधनको संख्या धेरै भएकाले नै जाम भएको प्रहरी निरीक्षक सापकोटा बताउँछन् । ‘सुरुङमार्गमा नजिक सडक त्यति राम्रो छैन, खाल्डाखुल्डी छ, उकालोमा कन्टेनरहरु बिग्रिँदा पनि जाम हुन्छ, त्यसैले दिउँसोको समयमा कन्टेनर रोकेका छ...

मटेलाको पुल र खलंगाका कलधारा

पर्यटन, पुर्वाधार, विज्ञान प्रबिधि, संस्कृति, सुचना संचार
विक्रम सम्बत् १९८० सालमा मटेलास्थित भेरी नदीमा बनेको पुलले रुकुम र जाजरकोटलाई मात्र जोडेको छैन, यस पुलले केन्द्र सरकार र जाजरकोटलाई समेत ऐतिहासिक रुपमा जोड्ने काम गरेकोे छ । जाजरकोटी राजा जंगबहादुर शाहका कान्छा छोेरा लेप्टेन कर्णेल हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको विवाह वि.सं १९६५ सालमा श्री ३ चन्द्रशमशेर राणासँग भएको थियो । चन्द्रशमशेरले बालकुमारीलाई तिम्रो माइती देशको समस्या के छ ? भनेर सोध्दा भेरी नदी तर्न पुल र खानेपानीको समस्या छ भनेर भन्दा तत्काल उक्त कुरा पूरा गरिदिनु भनी चन्द्रशमशेरले आदेश दिएको कुरा एक थरीको भनाइ छ भने, अर्को थरीको भनाइमा बालकुमारीले पुल र खानेपानीको व्यवस्था गरिदिन आफ्ना पति चन्द्रशमशेरलाई आग्रह गरेकी थिइन् । बालकुमारीको कुरालाई चन्द्रशमशेरले खासै चासो नदेखाएपछि उनले भोक हड्ताल नै गर्नु परेको थियो । ‘जबसम्म मेरो माइती देशमा खानेपानी र भेरी नदीमा पक्की पुल...
भारतीय दूषित माछा रोक्न चेतावनी दिँदै नेकपा (बहुमत) द्वारा मत्स्य व्यवसायी सङ्घको आन्दोलनमा ऐक्यबद्धता

भारतीय दूषित माछा रोक्न चेतावनी दिँदै नेकपा (बहुमत) द्वारा मत्स्य व्यवसायी सङ्घको आन्दोलनमा ऐक्यबद्धता

पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार, सुचना संचार
चितवन : नेकपा (बहुमत) चितवनले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले बिचौलियाहरूको मिलोमतोमा भारतबाट दूषित माछा ल्याएर खुलेआम बेचिरहेको भन्दै त्यसका विरुद्ध नेपाल मत्स्य व्यवसायी सङ्घले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ । नेकपा (बहुमत) चितवनका संयोजक विजय शर्माले विज्ञप्ति जारी गरी नेपाली उपभोक्ताको माग र आवश्यकताअनुसार गुणस्तरीय माछा उत्पादनका लागि नेपाली मत्स्य व्यवसायीहरू सक्षम रहेको अवस्थामा भारतबाट निकासी हुने हानिकारक विषादीको प्रयोग भएका, बिचौलियाका आडमा आएको माछाले नेपालीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने निश्चित रहेकाले यस्ताखाले माछा प्रवेश नगराउन सम्बन्धित निकायलाई अनुरोध पनि गरेका छन् । संयोजक विजय शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राष्ट्रियता, जनजीविका र जनतन्त्रका लागि निरन्तर सङ्घर्षरत रही दलाल संसदीय व्यवस्थाक...

सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ ।

Breaking News, पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
 १३ अशोज २०७९ काठमाडौं, सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधवार असोज ११ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ऋण असुली न्यायिकरणको रिक्त कानून सदस्य पदमा कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको बताए । उनका अनुसार सरकारले कास्की जिल्लास्थित करुवा सेती जलविद्युत आयोजना ३२ मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने, गोरखा जिल्लास्थित मध्यपुर सुपर दरौदी खोला जलविद्युत आयोजना १० मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र केचना कञ्चनजङ्गा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पद...

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं, अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् ।उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर ...

सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
१२ असोज,  । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन्ली । उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा हुन् । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट-३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका-६ जलबाँङका ३५ वर्षीय तिलक वली रहेका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । जीप १५० मिटर...

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समितिका संयोजक काली बहादुर खत्रीले गरेका थिए । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएम कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमताको रेडियो हो । जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति जाजरकोटका संयोजक काली बहादुर खत्री, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, जिल्ला प्रहरी प्रमुख सन्तोष निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, ...