१३ पुष २०८२, आईतवार

Author: तुफान न्यूज

उपराष्ट्रपति निर्वाचन मत गणना सुरु

उपराष्ट्रपति निर्वाचन मत गणना सुरु

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं।उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि  शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी च...
रुस–युक्रेन युद्धपछि सी पहिलोपटक रुस जाने

रुस–युक्रेन युद्धपछि सी पहिलोपटक रुस जाने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो । एक वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धपछि सीको यो पहिलो मस्को भ्रमण हुन लागेको हो । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् ।मस्कोबाट क्रेमलिन र बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ जारी गरेको विज्ञप्ति जारी गरेका छन् । वार्ताका क्रममा रुस र चीनबीचको वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा...
नेपाल ९ रनले युएईलाई हराउँदै  विश्वकप छनोटमा

नेपाल ९ रनले युएईलाई हराउँदै विश्वकप छनोटमा

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ। बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।...
कर्णालीमा स्व वि यु चुनाव स्थगित

कर्णालीमा स्व वि यु चुनाव स्थगित

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत । कर्णाली प्रदेश सुर्खेतमा रहेकाे मध्यपश्चिम विश्व विद्यालय रजिस्ट्रार काे कार्यलयले त्यस अन्तर्गतका केन्द्रीय विभाग ,स्कुल तथा सम्पुर्ण आंगिक क्याम्पसहरुकाे चैत ३ गते हुने भनियकाे  स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव स्थगित गरेकाे छ । बिहिवार निर्वाचन समितिकाे बैंठक बसि निर्वाचनका लागि सहज वातावरण नभयकाले स्थगित गरियकाे जनाएको हाे । सम्पुर्ण संघ संगठनहरुकाे आवश्यक छलफल एवम् परामर्श गरि उपयुक्त समयमा निर्वाचनको मिति तय गरि स्व वि यु निर्वाचन गर्ने बताईयकाे छ ।  सुचना हेर्नुहाेस : ...
स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध

स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध

Breaking News, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केह...
नेकपा बहुमतद्वारा लघुवित्त , कम्पनीहरुमा तालाबन्दी र कालाे ब्यानर

नेकपा बहुमतद्वारा लघुवित्त , कम्पनीहरुमा तालाबन्दी र कालाे ब्यानर

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)काे केन्द्रीय कार्यक्रम अनुसार विभिन्न जिल्लाहरूमा संचालनमा रहेका लघुबित्त , कम्पनी हरुलाई , कालाे ब्यानर , तालाबन्दी गरि कार्वाही अगाडि बढायकाे हाे । जिल्ला सङ्गठन समिति दोलखाले  चरीकोटस्थित एनआईसी एसिया लघुवित्तमा तालाबन्दी गरेको छ ।चरीकोटस्थित भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारी ५ धारामा रहेको एनआईसी एसिया लघुवित्त कार्यालयका कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरिएको नेकपा (बहुमत) दोलखाले जनाएको छ । तेसै गरि काभ्रेपलाञ्चोकले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भकुन्डेबेसीमा तालाबन्दी गरेको छ । पार्टी जिल्ला संयोजक कृष्ण सेवा ‘किरण’ को नेतृत्वमा लघुवित्तमा बुधबार तालाबन्दी गरिएको नेकपा (बहुमत) काभ्रेले जनाएको छ । विगत लामो समयदेखि उक्त वित्तीय संस्थाले गरिब जनतामाथि अन्याय, अत्याचार, शोषण र गुन्डागर्दी शैलीमा जनताको सम्पत्ति हडप्ने...
दुई कम्युनिस्ट पार्टी बिच संयुक्त पत्रकार सम्मेलन

दुई कम्युनिस्ट पार्टी बिच संयुक्त पत्रकार सम्मेलन

राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी सुशील  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी  बिच आज काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा  संयुक्त पत्रकार सम्मेलन गरि  निकट भबिस्यमै पार्टी एकता घाेषणा गर्ने बताए  । कार्यक्रममा बाेलदै विप्लवले भने विघटनको उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन अब संघठनको प्रक्रियामा जान लागेको ,२०६२/६३साल वरिपरिबाट नेपालको कम्युनिस्ट आन्दोलनमा विघटन , विचलन , रास्ट्रघात र फुटको उत्कर्षमा गएको थियो ।अब कम्युनिस्ट आन्दोलनलाई धुर्वीकरण र एकताको दिशामा संगठित गर्ने प्रयास थालनी गरेका छौँ । आफुहरुले नेपालका सबै कम्युनिस्टहरुलाई एकतावद्द गर्न खोजेको र त्यसको वस्तुगत आवश्यकता रहेको प्रसङ्ग कोट्याउदै- विश्व बिकासको नयाँ युग र चरणमा प्रवेश गरेको बेला नेपालका दलालहरु अतिकम विकसित देशको अध्यक्ष हुनका लागि...
नेकपा र मासपा बिच पार्टी एकता हुने

नेकपा र मासपा बिच पार्टी एकता हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ।महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टी बिच चैत १ गते एकताको घोषणा गर्ने कार्यक्रम रहेको नेकपा स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले जानकारी दिएका छ्न। काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरि एकताको घोषणा गर्ने जानकारी दिइएको छ। बिचार, राजनीति , कार्यदिशा, संगठन र बर्तमान परिस्थितिको मुल्यांकनमा समान धारणा र बुझाई रहदै आएका यी दुई पार्टी बिच विगतमा सहकार्य र कार्यगत एकता हुँदै आएको थियो।...
बेपत्ता नागरिकको डायरी

बेपत्ता नागरिकको डायरी

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
चरा र चौपायाँले पनि बास बसेकाे त्याे साँझ , मैले आफ्नै घरमा पनि बास बस्न पाइन फुल टिपेझै कुन बतासले चढाइदियाे कुन ढुङ्गे इश्वरकाे गाेडामा ?? बाेकेर आँखाभरि जलविन्दु आकास, कुन स्वर्गकाे नगरीमा छु म ? महाशय,म एक बेपत्ता नागरिक ! म हराउदा म मात्र हराइन , म सगै आमाबाकाे जवान छाेराे हरायाे जसले नविराइ खुवाउनु थियाे क्षयराेगकाे निशुल्क ओखति म सगै हरायाे । तरुणि श्रीमतिकाे  लाेग्ने जसले किनिदिनु थियाे आउने दशैमा एकसराे धाेति। म सगै हरायो नाबालक सन्तानकाे बाबू जसले भर्ना गरिदिनु थियाे यसैपाली स्कुलमा । महाशय ,म एक बेपत्ता नागरिक मेराे जिन्दगी च्यातिदा संगसंगै च्यातियाे सविधानकाे एउटा पाना सगै च्यातियाे मानवताकाे किस्सा कतै दाेबाटाे र चौबाटाेमा मेरि आमाले छाति पिटिरहेको देख्नु भयाे भने भनिदिनु म एक्लै छैन , याे अदृश्य स्थानमा कतै मेरी श्रीमतीले ढाेका उघारै राखेकि छ भने...