१८ पुष २०८२, शुक्रबार

Author: तुफान न्यूज

शिक्षक सेवा आयाेगले निमावि तृतीय श्रेणी नेपाली बिषयकाे नतिजा सार्वजनिक गरेकाे छ

शिक्षक सेवा आयाेगले निमावि तृतीय श्रेणी नेपाली बिषयकाे नतिजा सार्वजनिक गरेकाे छ

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । बिहिवार खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले पहिलो चरणमा कोशी, मधेस र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ । गत वैशाख ९ र भदौ ९ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको नतिजा अनुसार कोशी प्रदेशमा खुला र आरक्षण गरेर २३ जनाको लागि विज्ञापन गरिएको थियो । जसमा ३५ जना पास भएका छन् । त्यस्तै मधेस प्रदेशमा १५ सिटका लागि विज्ञापन आह्वान गरिएको थियो । जसमा २६ जनाको नाम निकालिएको छ । बागमती प्रदेशमा २५ सिटका लागि विज्ञापन गरिएकोमा २१ जनाको नाम सार्वजनिक गरिएको छ ।अन्तर्वार्ताको लागि छनौटमा परेकाहरूको परीक्षा पुस २२ गतेका लागि तोकिएको छ ।...
जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि आत्म हत्याको प्रयास गरिन्

जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि आत्म हत्याको प्रयास गरिन्

Breaking News, मनाेरन्जन, संस्कृति, समाचार, स्वास्थ
सुर्खेत : जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि बीस  सेवन गरि आत्महत्याको प्रयास गरेकि छिन । जाजरकोट जिल्ला जुनिचाँदे गाउपालिका वडा न- ९ कि  हाल बिरेन्द्रनगर नगरपालिका -७ सुर्खेतमा अध्यनकाे सिलसिलामा बस्दै आएकी सरा कुमारी शाहीले आफुले न्याय नपाएको भन्दै अदालत अगाडि बीस सेवन गरि आत्महत्या गर्न  खाेजेकि हुन ।सुर्खेत बसिरहेकाे अवस्थामा २०७९ साल मंसिरमा दार्चुला जिल्ला महाकाली नगरपालिका -५ का प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्ना संग सामाजिक संजालबाट प्रेम सम्बन्ध जाेडियपछि , ललाई फकाई , शाहीलाई मन पराउछु , बिहे गर्छु भनी २०८० वैशाख २ गते सुर्खेत मै बसिरहेकाे डेरामा  पुगि युवतीको मन्जुरी वेगर करणि गरेकाे र तेहि दिन देखि शारीरिक तथा मानसिक यातना दिदै आइरहेकाे  र उता प्रहरी जवान ठगुन्नाका घर परिवारले पनि कतै उजुरी गरेमा ज्यान समेत लिने धम्की दिय पछि न्याय माग्न शाहीले  ज्यान बचाउन र जव...
जाजरकोट छेडागाडकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना

जाजरकोट छेडागाडकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
जाजरकोट: जाजरकोटकाे पश्चिम छेडागाड नगरपालिकाकाे चंखिलामा ईलाका प्रशासन कार्यलय स्थापना तथा उद्घाटन गरियकाे छ ।बुधबार एक औपचारिक कार्यक्रम गरि उक्त कार्यलय उद्घाटन गरियकाे हाे ।  इलाका प्रशासन कार्यालयको नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको बताय । निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भएपनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरू एकताबद्ध भएर जानुपर्नेे बताए । ‘सबैलाई सँगै लिएर जानु मुलुकको आवश्यकता हो,’ उनले भने । यसअघि खलंगास्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिइरहेका छेडागाड नगरपालिका,जुनीचाँदे, कुशे र शिवालय गाउँपालिका स्थानीले अब चंखिला बाटै सेवा लिन पाउने छन् । कुशे गाउँपालिका भित्...
दुई साँस्कृतिक महासंघ बिच एकता सम्पन्न

दुई साँस्कृतिक महासंघ बिच एकता सम्पन्न

Breaking News, राजनीति, संस्कृति, समाचार
काठमाडौं :अलग- अलग रहेका दुई साँस्कृतिक महासंघ- अखिल नेपाल जनसाँस्कृतिक महासंघ र अखिल नेपाल जनसाँस्कृतिक महासंघ बिच एकता भयकाे छ ।बुधबार काठमाडौंको घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक  प्रतिष्ठानको "चुनु शिल्पा कक्ष" हलमा भयकाे कार्यक्रममा दुई महासंघकाे एकता भेला गरि एउटै महासंघ बनाईयका हाे। माेहन वैद्य "किरण" नेतृत्वको  क्रान्तिकारी ( माओवादी ) र धर्मेन्द्र बास्ताेला "कन्चन" नेतृत्वको  नेकपा (बहुमत) काे गत वैशाख १८ गते पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि अलग- अलग रहेका दुई साँस्कृतिक महासंघ अखिल नेपाल जनसाँस्कृतिक महासंघको एकता आज भयकाे हाे । कार्यक्रममा पार्टीका अध्यक्ष माेहन वैद्य "किरण" , केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश इन्चार्ज : हेमन्त प्रकाश ओली "सुदर्शन" पार्टी कार्यलय सदस्य तथा अखिल नेपाल टृेड युनियन महासंघका संयाेजक: दिनेश शर्मा ( सागर ) महिला ...
फेरौँ अब मक्किएको आफ्नै घरको खाँबो ! “कविता” अशाेक सुवेदी

फेरौँ अब मक्किएको आफ्नै घरको खाँबो ! “कविता” अशाेक सुवेदी

कविता, राजनीति, विचार, शिक्षा
फेरौँ अब मक्किएको आफ्नै घरको खाँबो ! राती भुक्ने कुकुरले घरको चियो गर्छ दिउँसै भुक्ने भुस्याहाले मनकै दियो मार्छ कोही कुकुर इमानदार, कोही बेइमान भुस्या कुकुर हुँ...हुँ गरी सुत्नै देनन् आज ! सिंहासनमा मोदी–दास, क्वै अम्रिकी दास अनुहार–टोपी नेपालका, साम्राज्यवादी खास लेन्डुपे र चन्द्रशेखर बसी मित लाउँछन् मुखले नेपाल भने पनि दलाल भजन गाउँछन् ! माथि दास, बीचमा दास, तल परम दास सत्तामा छन् साम्राज्यवादी– दासको छैन आस दासमुक्त गर्न स्पार्टाकस चाहिएको छ रक्तरञ्जित रातो झन्डा बोक्ने चाहिएको छ ! जन्मेलान् कि माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन माओ, किम, चे, फिडेल, चारु, हो ची, चियाङचिङ यो चैँ होला माओ भन्यो, हुन्छन्–केशर–मोहन स्टालिन नै हुन् कि भन्यो सी हुँ भन्दै दोहन ! बिउ छर्छु लेनिनको ख्रुस्चेब टुसाउँछ स्टालिन–माओ रोप्छु, तेङ पो सुसाउँछ हाम्लाई अब काउत्स्की होइन, माक्र्...
आउ युवा हाे : “कविता” पुर्ण बहादुर सिंह (समरजंग)

आउ युवा हाे : “कविता” पुर्ण बहादुर सिंह (समरजंग)

कविता, विचार, शिक्षा
आऊ युवा हाे ! जनता र शास्त्र जोड्न आऊ यो मुलुक बदल्न आऊ । देश बचे हामी बच्छौं, देश नरहे हामी नै रहन्नौं । मेची, काली, हिमाल, पहाड र तराई छ, जल, जङ्गल र जडिबुटी छ, पानी र खानी छ । विदेशबाट स्वदेश आऊ , आऊ युवा आऊ! नेपाल आमा र आफन्तको आव्हान छ, देश बदल्न र मुलुक बनाउन आऊ, देशको र युवा सपना साकार गर्न आऊ यो आदर्श र आस्थामा दृढ भएर आऊ दुनियाँका व्यावसायिक कुशलता सिकेर आऊ नयाँ सिर्जना र प्रयोग गर्न साहस लिएर आऊ कडा परिश्रममा समर्पित हुन आऊ आफ्नो चरीत्रलाई संयमित तुल्याएर आऊ मुलुकलाई पुनः जागृत गर्न आऊ देशलाई समुन्नत र सशक्त बनाउन आऊ नेपाल र नेपाली सपना साकार गर्न आऊ आऊ युवा हाे ! मेची र काली बोल्नु पर्छ हिमाल, पहाड र तराई जोड्नु पर्छ मयुर र डाँफेको मन्त्रमुग्ध नाँच हेर्न आऊ सगरमाथा शिखर उच्च राख्न आऊ शिशिरलाई बसन्तमा फेर्न आऊ नयाँ जीवन र भविष्य कोर्न आऊ जमेको ...
राजनीतिक अस्थिरता, पश्चगामी कदमहरूका विरुद्धको सङ्घर्ष र अग्रगमनको आवश्यकता : धर्मेन्द्र बास्तोला

राजनीतिक अस्थिरता, पश्चगामी कदमहरूका विरुद्धको सङ्घर्ष र अग्रगमनको आवश्यकता : धर्मेन्द्र बास्तोला

Breaking News, राजनीति, विचार
भनिन्छ, ‘जब कोही अप्ठेरोमा पर्छ, त्यति बेला ऊ पछाडि फर्कन्छ ।’ हामी मार्क्सवादी–लेनिनवादी–माओवादी दर्शनको वैज्ञानिकता पछ्याउनेहरूले यो तथ्यलाई नेपाली समाजमा प्रयोगका रूपमा देख्न सक्छौँ । नेपाली राजनीतिमा केही सर्वसाधारण मानिसहरूको राजनीतिक मनोदशा त्यही हालतमा देखिन थालेको छ । हरेक मानिस आफ्नो समस्या र स्वार्थबाट जुर्मुराउँछ र ऊ सामूहिक समस्या र स्वार्थको केन्द्रमा पुग्छ । कम्युनिस्ट र अकम्युनिस्टबीचको भेद यही बिन्दुमा छुट्टिन पुग्छ– कम्युनिस्टहरू सामूहिक समस्या र स्वार्थलाई सामूहिक रूपमा, सङ्गठित भएर, निरन्तर सङ्घर्षको प्रक्रियाद्वारा निष्कर्षमा पुर्‍याउन सङ्घर्षरत हुन्छन्, गैह्कम्युनिस्टहरू अथवा पुँजीवादीहरू, निम्नपुँजीवादी विद्रोहीहरू, हेपिएका उत्पीडितहरू आफ्नो र केवल आफ्नो निश्चित स्वार्थका कारण उठ्छन् । जब त्यो सामूहिक स्वार्थको घेरामा प्रवेश गर्छ र शक्ति आर्जन गर्छ, तब त्यो साम...
अमेरिका बस्ने सिंहले भुकम्प पिडितलाई ८० हजार नगत सहयाेग

अमेरिका बस्ने सिंहले भुकम्प पिडितलाई ८० हजार नगत सहयाेग

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार
जाजरकोट :  कुशे गाउपालिका वडा न.- २ निवासी (हाल अमेरिका बस्ने)  सुरेन्द्र बहादुर सिंहले आफ्नाे  वडाका भुकम्प पिडितहरुलाई नगत ८० हजार रुपैया सहयाेग गरेका  छन । आईतवार उक्त रकम साेहि वडाका हरिचन्द्र जैसि र दिनेश सिंहले वडाकाे बर्खाले टाेलका पिडितलाई प्रति ब्यक्ति २/२ हजारकाे  बितरण गरेका हुन ।गत कार्तिक १७ गते जाजरकाेट जिल्लाको बारेकाेट गाउपालिकाकाे रामीडाँडामा केन्द्र बिन्दु भयर गएको बिनाशकारी भुकम्पले कुशे गाउपालिकामा पनि  पनि त ठुलो धन जनकाे क्षति भयकाे थियाे ।उक्त वडाका सबै घरहरु चर्कियर हाल सबै वडा बासिहरु परम्परागत गाेठ र पाल मुनि बसिरहेकाे अवस्था छ ।  वडाकाे (साविक) टालेगाउँ- ५ नम्बर वडा बर्खाले टाेलमा जनजाति हरुकाे बसाेबास रहेकाे छ । साेहि  वडालाई लक्षित गरि मनकारी सिंहले सहयाेग गरेका हुन् । याे विपत्तकाे घडिमा सहयाेग गर्ने सिंह लाई सबैले हृदयदेखि धन्यवाद र आभार प्रकट गरेका छन्...
धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमा शेयर बजारलाई प्रभावित पार्ने गतिविधि बढ्न थालेकोभन्दै नेपाल धितोपत्र बोर्डले त्यस्ताे कार्यमा संलग्नमाथि कारबाही गर्ने चेतावनी दिएकाे छ ।बोर्डका अनुसार कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेको छ । साथै त्यस्ता कार्य गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानिने समेत बोर्डले जनाएको छ । “सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरू खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रूपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न/नगराउन तथा त्यस्ता कार्यहरू अविलम्ब रोक्...
नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।यस्तै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहनुपर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु छेङ सीले नेपाल र चीनबीच सदयौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए । उनले चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले उनीहरुलाई नेपाल भ्रमणका लागि सहज वातावरण नेपाल सरकारले बनाउन सके नेपालको आर्थिक विकासमा सहयोग पुग्न...