१२ फाल्गुन २०८१, सोमबार

Author: तुफान न्यूज

प्रधानमन्त्री बनेर काम गर्ने अवसर मिलेमा पाँच बर्षमा नेपाललाई नयाँ माेडमा पुर्याउछु : झलनाथ खनाल

प्रधानमन्त्री बनेर काम गर्ने अवसर मिलेमा पाँच बर्षमा नेपाललाई नयाँ माेडमा पुर्याउछु : झलनाथ खनाल

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन्। इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन।’ उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताए। ‘अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु।’ खनालका अनुसार यो निर्वाचन उनको अन्तिम चुनावी लडाइँ हो। उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको उल्लेख गर्दै...
अछाम केन्द्रविन्दु भयर भुकम्प

अछाम केन्द्रविन्दु भयर भुकम्प

Breaking News, पुर्वाधार, समाचार
अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर हिजो (मंगलबार) साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।...
जाजरकोटमा बन्याे तीन कराेड, उनन्तीस लाखकाे  जडिबुटी प्रसाेधन केन्द्र भवन ।

जाजरकोटमा बन्याे तीन कराेड, उनन्तीस लाखकाे जडिबुटी प्रसाेधन केन्द्र भवन ।

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार, स्वास्थ
जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी कोरिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१ कालेगाउँ धल्दामा निर्माण भइहरेको छ । सरकारी स्वामित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी कोरिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका व्यापारी अहिले यहाँ प्रशोधन नहुँदा लुम्बिनी प्रदेशको नेपालगन्जमा लिने गरेका छन् । रु तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ । सरकारी स्वामित्वमा ...
विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, सुचना संचार, स्वास्थ
बितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा सोमबार सार्वजनिक वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा  उल्लेख गरिएको छ। सन् २०२० मा १ प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको  देखाएको थियो। विश्व जनसङ्ख्याबितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात् सन् २०...
चुनाव महासंग्राम संगै जनमत संग्रह पनि हाे  : प्रचण्ड

चुनाव महासंग्राम संगै जनमत संग्रह पनि हाे : प्रचण्ड

चुनाव, राजनीति, समाचार
२९ कात्तिक, नवलपरासी । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि रहेको बताएका छन् । नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै उनले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए । अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ उनले भने, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ ।’ प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँगै नवलपरासी पुगेका छन । ...
नेकपा ( बहुमत ) बांके द्वारा  चुनाव अवज्ञा अभियान तिब्र बन्दै ।

नेकपा ( बहुमत ) बांके द्वारा चुनाव अवज्ञा अभियान तिब्र बन्दै ।

चुनाव, निर्वाचन, राजनीति, समाचार
नेकपा (बहुमत) बांकेले  चुनाव अवज्ञा कार्यक्रम तीव्र पारेको छ । नेकपा (बहुमत) को केन्द्रीय समितिले गरेको पूर्वघोषित कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन अन्तर्गत  प्रदेशसभा र प्रतिनिधिसभा चुनाव खारेज/अवज्ञा गर्ने अभियान चलाएको बांके जिल्लाले बताएको छ । चुनाव अवज्ञा कार्यक्रमअनुसार ‘संसदीय निर्वाचन अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !!’ नारासहितको रङ्गीन पोस्टर टाँस्ने काेणसभा, काेठेसभा गर्ने   र पर्चाहरू घरघरमा वितरण गर्ने गरिएको छ । उक्त कार्यक्रमहरू बांके  जिल्लाका  विभिन्न   टाेलहरुमा ब्यानर जुलुस सहित कार्यक्रम भएकाहरु   छ ।...
निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

Breaking News, चुनाव, निर्वाचन, पुर्वाधार, समाचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहका भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ। आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिरहेको छ। ...
कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी  र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार आठ सय सात जना सुरक्षाकर्मी खटाइएको हो । प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुने छ । प्रवक्ता श्रेष्ठले भने, ‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ ।’ प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतक...
म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

Breaking News, चुनाव, निर्वाचन, राजनीति, शिक्षा, स्वास्थ
कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी अफ्रिकी मुलुक सेयरालियोनबाट जाजरकोट फर्किएका छन् । उनको वर्तमान सपना हो, सांसद बन्ने । ‘म सपना बोकेर फर्किएँ, सांसद बन्ने’, उनी भन्छन्, ‘सपना मेरो होइन, जाजरकोटी जनताको सपना, जसले मलाई आफ्नो प्रतिनिधि भएको हेर्न चाहेका छन् ।’ भदौ पहिलो साता फर्किएका कार्कीले जाजरकोटबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जिल्लालाई रुपान्तरण गर्न र अर्थहीन राष्ट्रिय नीति र कानुन खारेज गरी समयानुकुल र दीर्घकालीन महत्व राख्ने नीति निर्माण गर्न सांसद बन्न चाहेको उनको भनाई छ । अहिले दलहरूले गलत तरिकाले स्वार्थपूर्तिका लागि राजनीतिक खेल खेलिरहेको बताउँदै उनले जिल्ला र राज्यभित्र बढ्दै गएको अराज...
कर्णाली लाई बिकटताबाट सुगमतामा ल्याउने प्रतिबद्धता  : ओली

कर्णाली लाई बिकटताबाट सुगमतामा ल्याउने प्रतिबद्धता : ओली

चुनाव, राजनीति, राष्ट्रिय, समाचार
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताएका छन्। एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए। सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ’, उनले भने, ‘यसलाई सुगम गर्न जरुरी छ। सुगम बनाउन सजिलो पनि छैन।’ अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताए। ‘हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ’, उनले भने, ‘यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ।’ अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताए। ‘यो देशको राष्ट्रियता, स्वतन्त्रता, ...