११ श्रावण २०८१, शनिबार

प्रधानाध्यापक संघ नेपाल बागमती प्रदेशको भेला सम्पन्न : चन्द्र प्रसाद मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । प्रधानाध्यापक संघ नेपाल बागमती प्रदेशको भेला शनिवार काठमाडौंको श्री शान्ति शिक्षा मन्दिर काठमाडौं महानगरपालिका वडा नं १७, ठहिटीमा सम्पन्न भएको छ । भेलाले प्रदेश अध्यक्षमा सूर्यविनायक नगरपालिका वडा नं ८ स्थित गणेश माध्यमिक विद्यालयका माध्यमिक प्रथम श्रेणीका शिक्षक तथा प्रधानाध्यापक चन्द्र प्रसाद मैनाली लाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
सोहि भेलाले समितिको उपाध्यक्षमा शान्ति कुमारी अधिकारी, महासचिवमा ढुवाङ दोर्जे तामाङ, सचिवमा रमेश लामिछाने, सदस्य सचिवमा केशव रुपाखेती, सह—कोषाध्यक्षमा भुपेन्द्र चौलागाईं सर्वसम्मत चयन गरेको छ ।
समितिको सदस्यहरूमा प्रेमपति जोशी (ललितपुर),टंकमान लामा (काठमाडौं), कुमार प्रसाद घोरासाइनी(सिन्धुपाल्चोक), शिला मगर (रसुवा), सरिता चौंलागाईं (सिन्धुली), सहदेव गजुरेल (धादिङ), तिलक बहादुर कुँवर (चितवत), महेन्द्र कुमार श्रेष्ठ (भक्तपुर), बिन्दा थापा (दोलखा), कविन लामा (रामेछाप) सर्वसम्मतबाट चयन हुनुभएको छ ।
पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा काठमाडौं महानगरपालिकाका सिपिसि मेम्बर ई.शैलेन्द्र झा, काठमाडौं महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, प्रधानाध्यापक संघ नेपालका केन्द्रिय अध्यक्षसुदाम प्रसाद गौतम, ध्भ्बच्भ्का एचयनचबm म्ष्चभअतयच ःच। न्बचचथ एयmभचष्ब, तथा प्रधानाध्यापक संघ केन्द्रिय सदस्य श्री हेरम्बराज कँडेलको विशेष आतिथ्यमा भेला सम्पन्न भएको थियो ।

भेलालाई सम्बोधन गर्दै पूर्व शिक्षा मन्त्रि डा. गंगालाल तुलाधरले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि योग्यता तथा समर्पित नेतृत्वको खाँचो रहेको र अब प्रधानाध्यापक संघ नेपालले सामुदायिक विद्यालयहरूको साख जोगाउने विषयमा गम्भिर भएर काम गर्ने र यो संस्था पूर्ण रूपमा गैर राजनैतिक र विशुद्ध रूपमा पेशागत विकासको संस्था रहने र आफू पनि एक कुशल प्रधानाध्यापकको रूपमा तत्कालिन समयमा रहेको जिकिर पनि गर्नु भयो ।
भेलाका अर्का आकर्षक व्यक्तित्व न्बचचथ एयmभचष्ब ले विद्यालयहरू पूर्ण रूपमा सुरक्षित हुने वातावरण सिर्जना गर्न सके विद्यालयमा ढुक्क भएर विद्यार्थीहरू पठनपाठनमा सहभागी हुने र तेसको लागि प्रधानाध्यापक संघ नेपालले विशेष सतर्कताका साथ काम गर्ने विश्वास व्यक्त गर्नु भयो ।
साथै विशेष अतिथि काठमाडौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि स्थानीय पालिकाहरूले सक्दो लगानीमा जोड दिनु पर्ने प्रधानाध्यापकलाई पूर्ण रूपमा काम गर्न अधिकार प्रदान गर्नु पर्ने धारणा राख्दै प्रधानाध्यापकहरूको मनोवल बढाउनु भएको थियो ।
प्रधानाध्यापक संघ नेपालका केन्द्रिय अध्यक्ष सुदाम प्रसाद गौतमले यो संस्था कुनै पनि अन्य संघ संस्थासँग चुनौती बन्न नआएको बरू सबैसँग हातेमालो गरी राम्रा अभ्यास एक आपसमा साटासाट गर्दै अब्बल सामुदायिक विद्यालय बनाउन सबै लागि पर्नु पर्ने र तेसको लागि प्रधानाध्यापक संघ नेपाल सँधै सहयोग गर्न प्रतिवद्ध रहेको घोषणा गर्नु भयो । भेलालाई सम्बोधन गर्दै अध्यक्ष गौतमले यो संस्था पूर्ण रूपमा गैर राजनैतीक, गैर युनियन रहेको र विशुद्ध पेशागत संस्था रहेको जानकारी समेत गराउनु भयो ।
नव निर्वाचित बागमती प्रदेश अध्यक्ष मैनालीले सबै बालबालिकाले सिक्न सक्छन् । सिक्ने वातावरण निर्माणको पहिलो र अति महत्वपूर्ण व्यक्ति प्रधानाध्यापक नै रहेको बताउनु भयो । प्रधानाध्यापक विद्यालयको क्याप्टेन हो जसले विद्यालय रूपी जहाजलाई सफल तरिकाले निश्चित गन्त्वयमा पुर्याउन हर समय सबै सरोकारवालाहरूसँग समन्वय गरिरहनु पर्ने बताउनु भयो ।
संघका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार बैशाख ८ गते शनिवार ७ ओटै प्रदेशमा एकै समयमा एकै प्रकारबाट संघको प्रदेश स्तरीय समिति गठन भएको र आगामि जेठ २६, २७ र २८ गते काठमाडौंमा वृहत प्रधानाध्यापकहरूको राष्ट्रिय सम्मेलन हुने र उक्त सम्मेलनमा सामुदायिक विद्यालयहरूमा भएका समस्या, चुनौती तथा अवसरहरूका बारेमा व्यापक छलफल र बहस हुने समेत जानकारी गराउनु भएको थियो ।