११ श्रावण २०८१, शनिबार

युनिभर्सल पिस सेन्चुरी को आयोजनामा ३ दिने पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन

काठमाडौं। विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा काठमाण्डौका विश्व सम्पदा सुचिमा रहेका ३ बटा  पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम आजबाट सम्पन्न भएको छ।

पृथ्वी दिवसको अवसर पारेर युनिभर्सल पिस स्यन्चुरी मार्फत  विभिन्न संघसंस्था तथा समाजको विभिन्न क्षेत्रका ब्यक्ति ब्याक्तित्व हरुको सहभगीतामा कार्यक्रम सम्पन्न भएको हो। तीनदिन सम्म संचालन हुने उक्त कार्यक्रम अन्तर्गत  आज बौद्ध परीसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बागमती सफाई महाभियान एबं सम्पुर्ण  नदि खोला स्थान सरसफाइ अभियान्ताहरुको सहभागिता भएको उक्त अभियानमा कुहिने र नकुहिने फोहोरहरुलाई व्यवस्थित रुपमा फरक फरक ढंगले संकलन गरी व्यवस्थपान गरीने र अभियानकै रुपमा निरन्तरता दिईने बताईएको छ ।

विश्व पृथ्बी दिवस २०२४ मा यसपालिको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ ।  नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको ,फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतीपूर्ण  वन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान संचालन  गर्ने जनाएको छ ।

पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरीएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो  दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको  अवधारणाको लागि एक दिनको  माग गरेका  थिए ।

अमेरिकी  सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन  देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो । सन् १९९२ मा ब्राजिलको रीयो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको  थियो  ।

सरसफाइ कार्यक्रम अन्तर्गत आजको कार्यक्रम बौद्ध माहाङकाल बाट सुरु भै रामहिटी,बौद फुलबारी , बौद्ध स्तुपा हुँदै पुन माहाङकालमा पुगेर समापन गरियको थियो ।

कार्यक्रम लाई समापन गर्दै श्याल्पा तेन्जिङ रिन्पोछेले आगामी दिनमा नि यस्ता कार्यहरु निरन्तरता गर्नी भन्दै कार्यक्रममा सहयोग गर्नी सबैलाइ धन्यवाद दिनु भएको थियो।