२०८३ असार १६, मंगलवार

Author: तुफान न्यूज

बनाउदै गरेकाे घरमा करेन्ट लागेर एक जना मजदुर घाइते

बनाउदै गरेकाे घरमा करेन्ट लागेर एक जना मजदुर घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
काठमाडौ : बनाउदै गरेकाे घरमा करेन्ट लागेर एक जना मजदुर घाइते भयका छन्। तारकेश्वर नगरपालिका वडा न. ९ मनमैजु स्थित गणेश मन्दिर नजिकै  पक्कि घर बनाउदै गर्दा पेन्टिङकाे लागि फलामको पाइप राख्ने क्रममा नजिकै रहेकाे बिजुलीको तारमा फलामको पाइपले छाेए पछि करेन्ट लागेकाे हाे । घाइते मजदुर टाेखा नगरपालिका काठमाडौंका हुन, हाल घाइतेलाई ग्रान्डि अस्पतालमा उपचार का लागि लगियकाे छ । करेन्ट पनि लागेकाे र घरकाे २ तलाबाट खसेपछि टाउकामा गम्भीर चाेट लागेकाे र बेहाेस अवस्थामा एम्बुलेन्सले हस्पिटल पुर्‍याए पनि उनकाे अवस्था गम्भीर रहेकाे अस्पताल श्राेतले बताएकाे छ।    ...
“राष्ट्रिय दलित  मुक्ति अभियान”डोटीमा संगठन बिस्तार गर्दै

“राष्ट्रिय दलित मुक्ति अभियान”डोटीमा संगठन बिस्तार गर्दै

समाचार
काठमाडौं । “राष्ट्रिय दलित मुक्ति अभियान”ले आफ्नो संगठन बिस्तार गर्ने क्रममा डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका एक कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रिय दलित जागरण अभियान”का केन्द्रिय अध्यक्ष प्रेम बि.सी.को प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य सुमन देवाल लगायतको आतिथ्यतामा दलित अगुवा तथा बुद्धिजीविहरुको एक भेलाले खिना सुनारको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको छ । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष प्रेम बि.सी.ले दलित समुदायको मुक्तिको लागि वर्तमान अवस्थाका राजनैतिक पार्टीहरुले केहि गर्न नसक्ने भन्दै ६० लाख दलित सुदायलाईआफ्नो मुक्तिको लागि एक हुन आह्वान गर्नु भयो । अध्यक्ष बि.सी.ले आफु लामो समय राजनैतिक पार्टीमा रहेर काम गर्दा त्यहाँबाट दलित मुक्तिको सम्भावना एकदमै न्युन देखेपछि पार्टीको झोला बिसाएर मुक्ति अभियानमा होमिएको बताउँदै राजनैतिक चेतना भएको आम दलित समुदायलाई अब पुराना द...
श्रमिक कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर संगठनकाे केन्द्रीय संयाेजकमा विनोद थापा चयन

श्रमिक कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर संगठनकाे केन्द्रीय संयाेजकमा विनोद थापा चयन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर संगठनकाे केन्द्रीय संयाेजकमा पुनः विनोद थापा निर्वाचित भएका छन् । हिजो काठमाडौंकाे ओैधाेगिक क्षेत्र बालाजुमा सम्पन्न बिशेष भेलाले उनलाई पुनः निर्वाचित गरेको हाे । उनि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठनकाे राष्ट्रिय सम्मेलनबाट निर्वाचित भए यता निरन्तर अध्यक्षमा निर्वाचित भई मजदुरहरुका आवाजहरु बुलन्द पारिरहेका छन् । धेरै नबाेल्ने गहिरो अध्ययन गरेर निष्कर्ष र समाधान दिन सक्ने एक कुशल, ईमानदार र प्रतिबद्ध नेताका रुपमा थापा चिनिन्छन् । उनको नेतृत्वमा भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे विशेष भेलाले ३९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । उक्त भेलाले अब अगामि केही महिना मै राष्ट्रिय सम्मेलन समेत गर्ने जनाएको छ । उक्त भेलामा प्रमुख अतिथिका रुपमा उपस्थिति भएका श्रमिक कम्युनिस्ट पार्टी नेपालका ...
परम्परालाई जोगाउन ग्रील ब्यवसायीहरुको दहिचिउरा खुवाउने कार्यक्रम

परम्परालाई जोगाउन ग्रील ब्यवसायीहरुको दहिचिउरा खुवाउने कार्यक्रम

समाचार
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिले आफु मातहतमा रहेका ब्यवसायी कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ,सल्लाहाकार समितिका सदस्यहरुको उपस्थितिमा असार १५ को अवसरमा दहि चिउरा खुवाउने कार्यक्रम गरेको छ । अनौपचारीक रुपमा गरिएको कार्यक्रममा यस एरियाकै ब्यवसायी रहेका ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ ,उपाध्यक्ष जिवन भट्टराई , केन्द्रिय सदस्य बालमुकुन्द नकर्मी , काठमाडौं जिल्लाका उपाध्यक्ष राम प्रमोद ठाकुर ,सह कोषाध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र), पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी ,उपाध्यक्ष आशमान थापा लगायतको उपस्थिति रहेको थियो । दहि चिउरा खुवाउने कार्यक्रमको अवसरमा यस एरिया समितिमा आबद्ध भएका ब्यवसायीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । यो एरियामा करिब ५० जना ब्यवसायीहरु आबद्ध...
स्वतन्त्र नागरिक जनजागरण अभियानको अगुवाईमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

स्वतन्त्र नागरिक जनजागरण अभियानको अगुवाईमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

समाचार
काठमाडौं । स्वतन्त्र नागरिक जनजागरण अभियानको अगुवाईमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीबल ,नेपाल प्रहरी, फोहर ब्यवस्थापन कम्पनी बाट नेप्सेम्याक सेवा प्रा.लि. तथा स्वस्च्छ समाज सुधार बिकास केन्द्र लगायत बिभिन्न संघ संस्था तथा सामाजिक अभियन्ताहरुको सहभागितामा यो कार्यक्रम सम्पन्न भएको हो । ग्लोबल वार्मिङको कारण विश्वनै वातावरणीय जोखिममा परेको अवस्थामा वातावरणलाई स्वच्छ बनाई राख्नु आम मानिसको कर्तब्य भएकोले यस्ता कार्यक्रम मार्फत जनचेतना जगाउन आवश्यकता महसुस भएकोले यो कार्यक्रम आयोजना गरिएको स्वतन्त्र नागरिक जनजागरण अभियानका संयोजक मुकुन्द सिलवालले जनाएका छन् । कार्यक्रम सफल बनाउन सामाखुसी स्थित निरेम ट्राभल्सले आवश्यक सहयोग गरेको संयोजक सिवालले बताएका छन् । कार्यक्रम अन्तर्गत सामाखुसी चोकबाट रानिवारी जाने मार्गको फुटपाथमा रोप्न मिल्ने ठाउ...
तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

शिक्षा
काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तनका निम्ती सहकार्य नेपालद्धारा शुक्रबार साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १०का वडा सदस्य एवं कार्यपालिका सदस्य शान्ता थपलिया, कार्यपालिका सदस्य गिता परियार, वडासदस्य बाबुराम पौडेल, वडासदस्य रत्नमायाँ परियार, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य अनिता मण्डल, मानसिंह धर्म मा।विका विद्यालय व्यवस्थापन समितिका सदस्यहरु राजु रानाभाट, जीव प्रसाद गजुरेल, मान बहादुर महर्जन, वडा नं १० का सचिब स्वस्तीका कार्की, एश्वर्यनगर सेवा समाजका अध्यक्ष देवराज गौली, शिवनगर टोल सुधार समितिका अध्यक्ष गृवाण केसी, बैद्धिक सनातन धर्म संरक्षण समाजका अध्यक्ष होमनाथ अधिकारी, समाजसेवीहरु श्री घले, बविता थापा, रिता राई वडा नं १० का कर्मचारीहरु सृजना महर्जन र शोभा राना लगायतको उपस...
बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको  नयाँ गित “पहेलो केसरी” सार्वजनिक

बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित "पहेलो केसरी" सार्वजनिक भएको छ। अमृत ​​भारतीको संगीत रहेको यो गितमा लक्ष्मी बम मल्ल र गायक कटुवालकै मौलिक शब्द , स्वर रहेको छ। गीतको भिडियोमा मिलन श्रेष्ठको निर्देशन कोरियोग्राफर राजाराम सिम्खडा सिनेम्याटोग्राफर सन्तोष तिमल्सिना रोशन धितालले सम्पादन गरेका छन् । प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा कलाकार हरि भण्डारी, राजाराम सिम्खडा, रिया खड्का र नियुक्त शेर्पाको अभिनय रहेको छ। हेर्नुस् भिडियो https://youtu.be/2v4TCmJRrTE?t=300...
प्रबिन्स् मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक

प्रबिन्स् मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ चलचित्रक्षेत्रमा आफ्नो प्रभावशालि स्थान बनाउन सफल प्रबिन्स् मोक्तानले गीत संगीत क्षेत्रमा समेत चर्चा कमाउन थालेका छन् । करिब १ दर्जन गीतमा आवाज दिईसकेका मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक भएको छ । काठमाडौं पहेंलोपुल(भत्केकोपुल) स्थित वर्गर हाउसमा एक समारोह बिच गीतको बिमोचन गरिएको हो । आदिबासी जनजाती महासंघ युएई तथा तामाङ समाज युएईका पुर्व अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम यसै गीतका संगीतकार जि.बि.लामाले सन्चालन गरेका थिए । पुर्वेली अर्जुनको शब्द ,जि.बि.लामाको संगीत रहेको यो गीतमा गायक प्रबिन्स् मोक्तान र गायीका सुमिना लो ले स्वर दिएका छन् । शुक्र लामाको एरेन्ज रहेको यो गीत दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने ल्हासो म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीत बिशुद्ध मनोरन्जनको लागि बनाईएकोले श्रोताहरुले यसला...
वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न सहयोग

वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न सहयोग

समाचार
काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ११ अमारे स्थाई घर भइ हाल काठमाडौ तारकेश्वरमा खुशी नामक दुध डेरी सञ्चालन गर्दै आएका तिवारी दम्पतीले बैबाहिक बर्षगाठको अबसरमा अपाङ्ग सरोकार केन्द्र बालाजुमा खाद्यान्न सहयोग गर्नु भएको छ । नेपाल डेरी एसोशियसन बागमती प्रदेशको उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आईरहेका धुर्ब तिवारी र उहाँकी श्रीमति पबि तिवारीले आफ्नो १४ औँ वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रका आश्रितलाई चामल, दाल, तरकारी,चिउरा, पनिर, घ्यु, नून, तेल लगायतका खाद्यान्न सहयोग गरेका छन् । असल शासन, कोक्याप तथा काठमाडौं जेसिज जस्ता सामाजिक संघ–संस्थाहरुमा रहेर सक्रीय समाजसेवीको भूमिकामा देखा पर्दै विभिन्न संघ संस्थाहरुबाट सम्मानित हुने अवसर समेत पाउदै आएका तिवारीले वैवाहिक वर्षगाँठमा अनावश्यक खर्च गर्नुको साटो आश्रितलाई सामान्य सहयोग स्वरुप खाद्यान्न सहयोग गरिएको बताए ।...
नेपाल कम्युनिष्ट पार्टी (विद्रोही)ले सशस्त्र जनविद्रोह गर्ने

नेपाल कम्युनिष्ट पार्टी (विद्रोही)ले सशस्त्र जनविद्रोह गर्ने

Breaking News
काठमाडौं । टुटफुट र मिलनको बिभिन्न आरोह—अवरोहहरु पार गर्दै आएका नेपालका तिन कम्युनिष्ट पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी),नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल कम्युनिष्ट पार्टी (सिवादी) बिच एकता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव क. आदेश , नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का सर्वोच्च कमाण्डर क. अभय, नेपाल कम्युनिष्ट पार्टी (सिवादी)का प्रवक्ता क. प्रतिवादले संयुक्त प्रेस वक्तब्य जारि गर्दै पार्टी एकता बारे संचारमाध्यमलाई जानकारी दिएका हुन् । तिनवटा पार्टी मिलेर बनेको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (बिद्रोही)राख्ने तथा दलाल, भ्रष्ट, एकल पुजिवादी संसदिय व्यवस्थाको अन्त्य गरी जनवादी व्यवस्था स्थापना गर्न संयूक्त जनविद्रोहको कार्यदिशा सहित अगाडी बढ्न सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । २०५२ साल फागुन १ बाट शुरुभएको महान जनयुद्धका...