३ आश्विन २०८१, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (विद्रोही)ले सशस्त्र जनविद्रोह गर्ने

काठमाडौं । टुटफुट र मिलनको बिभिन्न आरोह—अवरोहहरु पार गर्दै आएका नेपालका तिन कम्युनिष्ट पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी),नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल कम्युनिष्ट पार्टी (सिवादी) बिच एकता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव क. आदेश , नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का सर्वोच्च कमाण्डर क. अभय, नेपाल कम्युनिष्ट पार्टी (सिवादी)का प्रवक्ता क. प्रतिवादले संयुक्त प्रेस वक्तब्य जारि गर्दै पार्टी एकता बारे संचारमाध्यमलाई जानकारी दिएका हुन् ।
तिनवटा पार्टी मिलेर बनेको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (बिद्रोही)राख्ने तथा दलाल, भ्रष्ट, एकल पुजिवादी संसदिय व्यवस्थाको अन्त्य गरी जनवादी व्यवस्था स्थापना गर्न संयूक्त जनविद्रोहको कार्यदिशा सहित अगाडी बढ्न सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२०५२ साल फागुन १ बाट शुरुभएको महान जनयुद्धका उपलब्धिहरुलाई प्रचण्ड र बाबुराम लगायतका जनताका खलनायकहरुले दलाल पुजिवादी संसदिय ब्यवस्था भित्र बुझाएपछि केहि समय अल्मलिएको नेपाली कम्युनिष्ट आन्दोलनले अब नयाँ प्रयोगकासाथ अगाडी बढाउन तिनै पार्टीका नेताहरु एकठाउँमा आएको प्रवक्ता क. प्रतिवादले जानकारी दिएका छन् ।
यस पार्टीलाई नेतृत्व गर्ने सबै नेताहरु जनयुद्धका कुशल कमाण्डर भएको हुनाले फौजि तथा बैचारीक रुपमा संग संगै आन्दोलनलाई लैजाने निती तय हुन सक्ने जनाईएको ।
पार्टी एकता गर्दै नयाँपार्टी निर्माणको लागि तिन पार्टीहरुले तिन बुँदे सहमति समेत गरेका छन् ।
१ बामपन्थि, क्रान्तिकारी, विद्रोही पार्टी, र नेतृत्वहरु एक भएर जानु पर्ने ऐतिहासिक आवश्यक्ता बोध गरी एकिकृत पार्टीको नाम“नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)”राख्ने सहमती भएको छ ।
२ मिति २०८१ असोज महिना भित्र राष्ट्रिय सम्मेलन गरी पार्टीको नीति र नेतृत्व सार्वजनिक गर्ने सहमती भएको छ ।
३ पार्टीले पथप्रर्दशक सिद्धान्तको रुपमा माक्र्सवाद, लेनिनवाद, माओवाद र सिवाद लाई मान्ने तथा संयुक्त जनविद्रोहको कार्यदिशामा अघि बढ्ने सहमती भएको छ ।