५ माघ २०८१, शनिबार

हाम्रा नाममा कृते हस्ताक्षर गरियो हामि गएको थिएनाैं : वडा अध्यक्ष राम चन्द्र चाैधरि

कैलाली : मुक्ति गैरे/ कृते बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीकाे सिफारिसका लागि जाेशिपुर गाउँपालिकाले कृते नामहरु उल्लेख गर्दागर्दै पनि जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीलाई सिफारिस गरि दिएको रहस्य खुले पछि अहिले वडा अध्यक्ष देखि लिएर सदस्य सम्मले आफुहरु उक्त भेलामा नगएको र हाम्रा नाममा कृते हस्ताक्षर गरेको बताएका छन् ।

मिति २०८० माघ २१ गते जाेशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चाैधरिले पठाएको उक्त सिफारिसका लागि दिएको निवेदन पत्रका अधारमा उक्त समिति मै नबसेकाे र भेला मै सहभागी नभएकाहरुकाे नाम हालि कृते उपभोक्ता समिति श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीले पठाएको निवेदनकाे सिफारिस गरेका छन् ।

उक्त सिफारिसमा आफुहरुकाे नाम र हस्ताक्षर कृतेकाे गरेको भन्दै वडा अध्यक्ष देखि सदस्यहरुले फाेन संवादमा बताएका छन् । जाेशिपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम चन्द्र चाैधरि माेबाईल नम्बर 9746329085 ले आफु उक्त भेलामा नगएको बताए, यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीका Cao कृष्ण कठायत माेबाईल नम्बर 9868270352 ले पनि आफु गएको तर हस्ताक्षर नगरेको मेरो नाममा गरेहाेलान् भन्दै कुरा बुझ्नु हुन्छ नि भन्दै हाँसेर जवाफ दिए, भजनि गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य गंगाराम चाैधरि माेबाईल नम्बर 9815604178, भजनि गाउँपालिका वडा नम्बर 6 का वडा सदस्य रामसागर चाैधरि माेबाईल नम्बर 9868787010 ले आफु नगएको तर हाम्रा नाममा कृते हस्ताक्षर गरिएको फाेन संवादमा बताएका छन् । यस्तै थुप्रै साेझासाझा ईमानदार सदस्यहरुकाे यस्तै गरि कृते हस्ताक्षर गरिएको रहस्य खुलेको छ ।