२ कार्तिक २०८१, शुक्रबार

नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु बिक्रम थापा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु बिक्रम थापा निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंमा भएको भेलाले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । नेकपा (माओवादी केन्द्र)का सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य केशव नेपालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशेष अतिथि बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल“शरद” रहेका थिए ।
उक्त भेलाले ईन्चार्जबाहेक सबै चयन गरेको छ । सहइन्चार्जहरूमा चानस गिरी, किशोर विक र प्रेम ब.याण “राजन” चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा मेघनाथ चौलागाई, उपाध्यक्ष कृष्ण ब. कार्की, उपाध्यक्ष नारायण गिरी र अर्का उपाध्यक्षमा सन्देश श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सचिवमा सुरेन्द्र नेपाल, सह सचिवमा आशिष गिरी, सह सचिवमा कुमार कार्की, कोषाध्यक्षमा मोहन कुमार श्रेष्ठ र सह कोषाध्यक्ष लोकमणी सापकोटा चयन भएका छन् ।
सदस्यहरूमा गोविन्द्र शर्मा, रमेश श्रेष्ठ, दिर्घ सापकोटा, राजेश श्रेष्ठ, दल बहादुर श्रेष्ठ, राजेश कटुवाल, राजेन्द्र नेपाल, रमेश थापा, प्रदिप श्रेष्ठ, रेशम गिरी र गोकुल गौतम चयन भएका छन् ।