२३ भाद्र २०८१, आईतवार

बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक

काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक भएको छ।

अमृत ​​भारतीको संगीत रहेको यो गितमा लक्ष्मी बम मल्ल र गायक कटुवालकै मौलिक शब्द , स्वर रहेको छ।

गीतको भिडियोमा मिलन श्रेष्ठको निर्देशन कोरियोग्राफर राजाराम सिम्खडा सिनेम्याटोग्राफर सन्तोष तिमल्सिना रोशन धितालले सम्पादन गरेका छन् ।

प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा कलाकार हरि भण्डारी, राजाराम सिम्खडा, रिया खड्का र नियुक्त शेर्पाको अभिनय रहेको छ।

हेर्नुस् भिडियो