नेपाललाई अस्थिर बनाउने खेलमा नेपाली सेनाको प्रयोग किन ?
काठमाडौँ । बिगत केहि दिनदेखि विभिन्न डिजिटल प्ल्याटर्फम मार्फत नेपाली सेनाको भावी प्रधान सेनापति माथि एकहोरो तरिकाले निरन्तर आक्रमण भई रहेको छ । बास्तवमा यो आक्रमणको प्रयास भावी सेनापति प्रति लक्षित नभई नेपालीहरुले आस्था राख्ने एकमात्र अटल सस्था नेपाली सेना माथिको प्रहार हो । बिभिन्न जटिल परिस्थितिमा समेत निश्पक्ष भएर जनताको पक्षमा उभिएको एक मात्र सस्थालाई कसरी धुमिल्याउने, कसरि बिवादित बनाउने भन्नेमा गिरोहहरु सक्रिय भएको उक्त सामाग्रीहरु हेर्दा र पढ्दा जो कोहीले अनुमान गर्न सकिन्छ ।
प्रजातन्त्र पश्चात प्राप्त भएको लोकतन्त्र अनि गणतन्त्र सगै देखिएका राजनैतिक विचलनहरुले देशलाई दिनानुदिन अस्थिर बनाउदै लगिरहेको छ । नेपालमा स्थिर सरकारको परिकल्पना नै हुन छाडेको बेला एक मात्र स्थिर संस्थाको रुपमा रहेको नेपाली सेनालाई बिभिन्न गिरोहहरु प्रयोग गरेर अस्थिर बनाउने कोशिष भएको छ । यस्तै गिरोहको अस्त्...









