२३ भाद्र २०८१, आईतवार

ज्ञानेन्द्र गौतम ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा निर्विरोध चयन

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाबाट बिभिन्न पेसा ब्यवसाय र अध्ययनको शिलसिलामा काठमाडौं आई बसेका नेकपा(माओवादी केन्द्र)का संगठित सदस्य तथा सदस्यहरुको संगठन ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिका दोस्रो भेलाले युवानेता ज्ञानेन्द्र गौतम लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल(शरद)को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । ३५ सदस्य रहने कार्यसमितिमा १० जना पछि थप्नेगरि २५ सदस्यको समिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा राम तामाङ,बिसभाई तामाङ र बिष्णु तामाङ सचिव उद्धव दुलाल,सह सचिव ईश्वर दाहाल र चतुरमान तामाङ तथा कोषध्यक्षमा दिपक तामाङ निर्विरोध चयन भएका हुन् ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष ठुलोबाबु श्रेष्ठको उपस्थिति रहेको थियो भने अतिथिको रुपमा माओवादी नेता चिराग,सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज महेन्द्र घोरासैनी,अध्यक्ष जयराम आचार्य लगायतको उपस्थिति रहेको थियो ।
सम्पर्क समन्वयको संगठनको आधारमा सिन्धुपाल्चोकको ईन्द्रावती निकै अगाडी मानिन्छ । यहिँ बाट राजनैतिक अगाडी बढाएका ठुलोबाबु श्रेष्ठले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिमा १४ बर्ष निरन्तर नेतृत्व गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री दुलालले माओवादी सत्ता मोहमा नफसेको जिकिर गर्दे सत्ताभन्दा बाहिर बसेर भएपनि जनताको काम गर्न माओवादी तयार रहेको बताउनु भयो । माओवादीको सरकार भएको अवस्थामा सामाजिक रुपान्तरण तथा आर्थिकबृद्धिका कतिकाम भएको छ आमनागरिक आफैंले बुझेका छन् भन्दै मन्त्री दुलालले सरकारबाट बहिर्गमनको बारेमा कुनै पनि किसिमको पिर चिन्ता नलिइकन आफ्नो नियमित कार्य गर्न गराउन सबै नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
ईन्द्रावती काठमाडौं सम्पर्क समन्वयका अध्यक्ष मनिकुमार श्रेष्ठ (मनिस)को अध्यक्षतामा सम्पन्न कार्यक्रम समितिका सचिव केदार चौलागाईले सन्चालन गरेका थिए ।