३१ भाद्र २०८१, सोमबार

अनिवार्य बिमा गर्न ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको ब्यवसायीहरुलाई अनुरोध

काठमाडौं । ग्रील तथा स्टील ब्यवसाय अत्यन्तै जोखिमपुर्ण ब्यवसाय भएकोले यसमा आबद्ध ब्यवसायी तथा कर्मचारीहरुको बिमा गर्नु भनेको आफ्नै जोखिम भार घटाउनुहो भन्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको स्वास्थ्य तथा बिमा उपसमितिले सबै ब्यवसायी तथा कर्मचारीहरुको बिमागर्न निर्देशन दिएको छ ।
आज ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रले आयोजना गरेको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्यले बिमा गर्न सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको स्वास्थ्य तथा बिमा उपसमितिका संयोजक दिनेश बशिष्ठले नेको ईन्सुरेन्स कम्पनि र काठमाडौं जिल्लाबिच भएको सम्झौता र नेको ईन्सुरेन्सको कार्यबिधि बारे आधिकारीक धारणा राखेका थिए ।
कार्यक्रम पश्चिम क्षेत्रका सचिव राजेन्द्रकुमार कार्कीले सन्चालन गरेका थिए भने कार्यक्रमलाई अनौपचारीक ढंगबाट संचालन गरिएको थियो ।
यो बिमा कार्यक्रमलाई कसरी ब्यवस्थित बनाउने भन्ने बिषयमा बोल्दै पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरीले आधुनिक टेक्नोलोजिलाई प्रयोग गरेर छिटो छरितो बनाउन सकिने बताएका थिए । ठकुरीले यो जमानामा पनि कारखाना कारखाना पुगेर फर्म भर्नु राम्रो नभएको बताएका छन् ।
रकम संकलनको लागि बैक को क्युआर बाट जम्मा गर्ने तथा नाम र नम्बर अन्य कुनै सामाजिक संजालबाट सम्बन्धित ठाउँसम्म पुर्याएर जतिसक्दो चाँडो बिमितको बिमाङ्क रकम दावी गर्ने अवस्था श्रृजनागर्नु पर्नेमा अध्यक्ष ठकुरीले जोड दिएका थिए ।
कार्यत्रमmमा पश्चिम क्षेत्रबाट महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरु,काठमाडौं जिल्लाका क्ष्ोत्रीय पदापधकारी तथा सदस्यहरु र पाँचवटा ईकाइका प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरु,को उपस्थिति रहेको थियो ।