
नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवादमा लिन जरुरी छ : विप्लव
२५ माघ काठमाडौं ।काठमाडौं जमलस्थित राष्ट्रिय नाँचघरको हलमा नेकपाको नवौं केन्द्रीय समितिको तेश्रो बैंठकको निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाेल्दै नेकपाका महासचिव विप्लवले नेपाललाई नयाँ ब्यवस्था वैज्ञानिक समाजवादमा लैजान आवश्यक र जरुरी रहेको बताएका हुन् ।
उनले भने - नेपालको राजनीतिक र आर्थिक संकटको समस्या राजनीतिक दल, नेता, सरकार बन्ने बनाउनेसँग सम्बन्धित नभएर सिङ्गो राज्यव्यवस्थासँग सम्बन्धित भएको कारण देशमा वैज्ञानिक समाजवादी राज्यसत्ता आवश्यक भएको बताए । उनले भने, ‘उत्पादन घट्दै जाने, उत्पादकत्व घट्दै जाने, परनिर्भरता बढ्दै जाने । बिदेशतिर मान्छे पलायन हुँदै जाने, देशको अर्थतन्त्र डामाडोल हुँदै जाने । रुपमा हेर्दा विप्रेषण बढेको जस्तो देखिने तर नेपालको अर्थतन्त्र संकटग्रस्त हुँदै जाने त्यो परिस्थिति छ । यसको मुल कारण भनेको नेपालको दलाला पूँजीवादी राज्यसत्ता हो । यसको समधा...