११ श्रावण २०८१, शनिबार

Tag: राष्ट्रपति

राष्ट्रपतिकाे उपचार खर्च सरकारले ब्यहाेर्ने भयकाे छ

राष्ट्रपतिकाे उपचार खर्च सरकारले ब्यहाेर्ने भयकाे छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ। मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले लेखेको पत्रमा उल्लेख छ । यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पाैडेलका तर्फबाट कार्यालयले वक...
राष्ट्रपतिमा दुई सभामुख बिच प्रतिस्पर्धा हुने

राष्ट्रपतिमा दुई सभामुख बिच प्रतिस्पर्धा हुने

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
१३ फागुन, काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् । त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहे...
जाजरकोमा राष्ट्रपति रनिङ्ग सिल्ड हुने ।

जाजरकोमा राष्ट्रपति रनिङ्ग सिल्ड हुने ।

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । जाजरकोट जिल्लाका ७ वटै स्थानिय तहमा राष्ट्रपति  रनिङ सिल्ड हुने भयकाे छ ।बुधबार जाजरकोट जिल्ला खेलकुद बिकास समितिले एक सुचना जारि गर्दै आगामी चैत देखि जेठ सम्ममा मा.वि. स्तरकाे बार्षिक परिक्षालाई मध्यनजर गर्दै रनिङ सिल्ड हुने जनाएकाे हाे । माघ महिनाकाे दाेश्राे साता सम्मा सबै  पालिकाहरुमा कार्यक्रम गरिसक्नु पर्ने र माघ अन्तिम साताबाट जिल्ला स्तरिय कार्यक्रमहरु संचालन गर्नु पर्ने सुचनामा उल्लेख गरियकाे छ । सुचना हेर्नुहाेस :...
राष्टपति भण्डारीले  : मुष्ताङ मुक्तिनाथमा बिशेष पुजा गरिन।

राष्टपति भण्डारीले : मुष्ताङ मुक्तिनाथमा बिशेष पुजा गरिन।

Breaking News, पर्यटन, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छन्। उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए। राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ।...
दोस्रोपटक राष्ट्रपति बन्दै  ब्राजिलका ( लुला डा सिल्भा,) बोल्सोनारो पराजित

दोस्रोपटक राष्ट्रपति बन्दै ब्राजिलका ( लुला डा सिल्भा,) बोल्सोनारो पराजित

Breaking News, अन्तर्राष्ट्रिय, निर्वाचन, राजनीति, समाचार, सुचना संचार
     ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पुनः मुलुकको राष्ट्रपति बन्ने भएका छन्।उनी वर्तमान राष्ट्रपति जेयर बोल्सोनारोलाई हराउँदै राष्ट्रपतिमा निर्वाचन भएका हुन्। लुलाले मुलुकमा भएको राष्ट्रपति निर्वाचनमा ५०.८३ प्रतिशत मत पाएका हुन्। बोल्सोनारोले ४९.१७ प्रतिशत मत पाएका छन्। लुला डा सिल्भाले जनरी २०२३ मा राष्ट्रपति पदको शपथ लिनेछन्। जितसँगै लुलाले विभाजित देशलाई एकजुट बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। वामपन्थी विचारका लुल तीन वर्ष पहिलासम्म भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका थिए। लुलालाई अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले पनि बधाई दिएका छन्।...
अहिले अमेरिका र नेपालका लागि महत्त्वपूर्ण क्षण : अमेरिकी राजदूत थम्पसन

अहिले अमेरिका र नेपालका लागि महत्त्वपूर्ण क्षण : अमेरिकी राजदूत थम्पसन

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ — नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्पसनले अहिले अमेरिका र नेपालका लागि महत्त्वपूर्ण क्षण रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार आफ्नो ओहदाको प्रमाणपत्र बुझाएपछि वक्तव्य जारी गर्दै नेपालका लागि नयाँ राजदूत थम्पसनले भने,‘म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीहरूसँग सहकार्य गर्न उत्सुक छु ।’ राजदूत थम्पसनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो लागि सम्मानको विषय रहेको उल्लेख गरेका छन् । ‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा मूल्य मान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु,’ उनले वक्तव्यमा भनेका छन् । निवर्तमान राजदूत र्‍यान्डी बेरी स्वदेश फर्किएपछि नेपालमा जिम्मेवारी सम्हाल्न आएका...