११ श्रावण २०८१, शनिबार

Tag: माैसम

बाढि-पहिराेमा परी आज सम्मा १३१ जनाकाे मृत्यु,र १४४ जना घाइते भयका छन

बाढि-पहिराेमा परी आज सम्मा १३१ जनाकाे मृत्यु,र १४४ जना घाइते भयका छन

Breaking News, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट :बाढी-पहिरोलगायतका विपदमा परि आज सम्म  मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ भने १४४ जना बिपद जाेखिममा परि घाइते भयका छन् ।विपदमा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घाइतेहरुकाे बिभिन्न स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् ।...
देशका केही भुभागमा आज हिमपातकाे सम्भावना

देशका केही भुभागमा आज हिमपातकाे सम्भावना

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :आज देशका केही भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।ब विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।...
आज देशका मध्य भुभागमा भारि बर्षाकाे हुने

आज देशका मध्य भुभागमा भारि बर्षाकाे हुने

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानको उत्तरतिर अवस्थित र पूर्वी भू-भागमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थान तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम ...
माैसममा सामान्य बदली ,पहाडी र हिमालि भेगमा हिमपात

माैसममा सामान्य बदली ,पहाडी र हिमालि भेगमा हिमपात

Breaking News, माैसम, समाचार
२१ माघ काठमाडौं ।आज देशको पहाडी भू-भागमा मौसम बदली हुने भएको छ । दिउँसो बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।शनिबार राति लुम्बिनी प्रदेशका साथै प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार दिउँसो  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भ...
हिमाली जिल्लामा ग्यास नबल्दा जनजिवन कष्टकर

हिमाली जिल्लामा ग्यास नबल्दा जनजिवन कष्टकर

Breaking News, चुनाव, निर्वाचन, पर्यटन, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
२ मंसिर मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ। यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्। तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ। खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो। बलेन, चिसोले होला’, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भने, ‘आगो बाल्न दाउरा किन्दा भारीको रु दुई हजार पर्‍यो । समस्या टार्नै पर्‍यो।’ उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन्। केही नजिकै अन्य दुई मतदान केन्द्र छन्। त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ। नार्पाभूमि–१ देखि ३ सम्म ना...
चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम १० डिग्रीबाट पनि तल झर्‍यो

चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम १० डिग्रीबाट पनि तल झर्‍यो

Breaking News, माैसम, समाचार
        देशभर दिनप्रतिदिन चिसो बढ्ने तथा तापक्रम घट्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीबाट पनि तल झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहानको मापनमा काठमाडौं उपत्यकको तापक्रम ९.७ डिग्री देखिएको हो। हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो। केही दिनयता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हरेक दिन लगभग १ डिग्रीका दरले ओरालो लागिरहेको छ । मौसमविद् अधिकारीका अनुसार अस्ति बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री थियो भने चार दिनअघि (नोभेम्बर ८ तारिखमा) १२.५ डिग्री सेल्सियस थियो। तर यस अगाडि नोभेम्बर ३ तारिखमा भने काठमाडौं उपत्यकाको तापक्रम १० डिग्री सेल्सियस थियो। मौसमविद्का अनुसार तापक्रम घटीबढी हुने भए पनि मूलतः घट्दो क्रममै छ। देशका अन्य स्थानका न्यूनतम तापक्रम भने मौसम महाशाखाले अहिले बिहान ...
हिमालि र पहाडी भेगमा वर्षाको सम्भावना

हिमालि र पहाडी भेगमा वर्षाको सम्भावना

Breaking News, माैसम, राष्ट्रिय, समाचार
अहिले (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम समाान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।’ यसैबीच आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे मापन गरिने उनले बताइन्। त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गरिनेछ।...
देशभर मौसम सफा, दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना

देशभर मौसम सफा, दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना

Breaking News, माैसम, राष्ट्रिय, समाचार
१६ कार्तिक ,    हाल (बुधबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। यस्तै राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यसैबीच आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। पुनः बिहान पौने ९ बजे तापक्रम अपडेट गरिनेछ। त्यसबेला देशका अन्य स्थानका अधिकतम तथा न्यूनतम तापक्रमको विवरण ...