७ कार्तिक २०८२, शुक्रबार

Tag: माैसम

देशभर मौसम सफा, दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना

देशभर मौसम सफा, दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना

Breaking News, माैसम, राष्ट्रिय, समाचार
१६ कार्तिक ,    हाल (बुधबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। यस्तै राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यसैबीच आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। पुनः बिहान पौने ९ बजे तापक्रम अपडेट गरिनेछ। त्यसबेला देशका अन्य स्थानका अधिकतम तथा न्यूनतम तापक्रमको विवरण ...