२९ माघ २०८१, मंगलवार

Tag: बाँके

दुर्घटनामा ३ जनाको मृत्यु

दुर्घटनामा ३ जनाको मृत्यु

समाचार
काठमाडौं । बाँके र दाङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका-१ मयनीस्थित सडकमा भालुमारेबाट मयनीतर्फ जाँदै गरेको लु.प्र.०२-००१ त ००१२ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको छ ।   दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।   यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१७ ढोडेगाउँस्थित सडकमा युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने.१ ह ३६८१ नम्बरको ई-रिक्सा एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका-३ बढैया बस्ने ५० वर्षीय निजमुद्दिन खानको मृत्यु भएको छ ।   दुर्घटनामा गम्भीर घाइते ...
नेपालगन्ज जुत्ता चप्पल ब्यावसायी संघद्वारा विपन्न बालबालिकालाई निशुल्क जुत्ता र माेजा वितरण

नेपालगन्ज जुत्ता चप्पल ब्यावसायी संघद्वारा विपन्न बालबालिकालाई निशुल्क जुत्ता र माेजा वितरण

Breaking News, अर्थवाणिज्य, शिक्षा, स्वास्थ
बाँके :नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाकेद्वारा विपन्न वर्गका बालबालिकाहरुलाई स्कुल जुता र माेजा वितरण गरेकाे छ । आईतवार बाँकेको नेपालगन्जकाे १८ संगमनगर स्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्र/ छात्राहरुलाइ स्कुल जुत्ता र मोजा वितरण कार्य सम्पन्न गरेकाे संघका अध्यक्ष कविराम जैसिले जानकारी दिय। जाडो माैसममा न्यानाे हुने जुता र माेजा पाय पछि सबै बालबालिकाहरु हर्षित भयका थिय । नेपालगन्ज जुता चप्पल ब्यावसायी संघले बिगत देखि निरन्तर सामाजिक सेवामा काम गर्दै आइरहेकाे छ ।  ...
क्रान्तिकारी युवा संगठन नेपालले जि.प्र.का.बाँके समक्ष सात बुदे माग पत्र पेस गरेकाे छ

क्रान्तिकारी युवा संगठन नेपालले जि.प्र.का.बाँके समक्ष सात बुदे माग पत्र पेस गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
नेपालगन्ज /बाँके। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काे सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले बांके जिल्ला प्रशासन कार्यलयसमक्ष सात बुँदे माग पत्र पेश गरेकाे छ । आईतवार संगठन का बाँके जिल्ला संयोजक राजु चाैधरी द्वारा हस्ताक्षरित माग पत्रमा भनियकाे छ "देश यतिबेला समस्या हरुको चाङ मा फसेको छ। अर्थतन्त्र को भविस्य माथी कालो बादल मडारिरहेको छ। देश विकास को मेरुदण्ड युवा शक्ति लाखौं को संख्यामा विदेश मा छ र विदेश पलायन हुनेको संख्या पनि डरलाग्दो गरि बढिरहेको छ।भ्रष्टाचार,कमिसन,ठगी,बलात्कार,हत्या,हिंसाजस्ता अपराधहरु दिनप्रतिदिन बढदैगैरहेका छन। शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम ठगिबढीरहेको छ।महँगी को मारले निम्न आए भएका जन्ता बाँच्नै नसक्ने परिस्थितिमा पुगेका छन।असमान सन्धि सम्झौता ले राष्ट्रको भबिस्य र राष्ट्रियता गम्भीर संकट मा छ। यो गम्भीर परिस्थितिमा बिच नजिकिदै गरेको दशै तिहार ...
बाँकेमा बस दुर्घटना ७ जनाकाे मृत्युु २५ जना घाइते

बाँकेमा बस दुर्घटना ७ जनाकाे मृत्युु २५ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बाट भ्रमणटोली लिएर गएको बस बाँकेमा दुर्घटनामा परेको छ । भ्रमण सकेर ठाकुरबाबातर्फ फर्किँदा बस दुर्घटना भएको हो । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत  बाँकेको सम्शेरगन्ज स्थित राष्ट्रिय निकुञ्जमा पर्ने नेपाली सेनाको चेक पोष्ट नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना पुरुष र ३ जना महिला गरी ७ जनाको मृत्यु भएको र २५ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्युको सनाखत भयकाे छ : दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीया साधुराम थारू रहेका छन् । यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवकको ज्यान गएको बाँकेको इलाका प्र...
नेकपा बाँके  संगठन बिस्तार र भित्तेलेखन कार्यमा   तिब्रता  दिदै :

नेकपा बाँके संगठन बिस्तार र भित्तेलेखन कार्यमा तिब्रता दिदै :

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
            १४ कार्तिक  वाँके नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टीको नवौ महाधिवेशन सम्पन्न पश्चात संगठन सकृय, संगठन सुदृढीकरण र संगठन विस्तार अभियान व्यापक रूपले अगाडि वधाईरहेको छ । नेपाल कम्युनिस्ट पार्टी वाँकेले दिपावलीलाई पार्टी निर्माण तथा प्रचार प्रसार कार्यलाई अगाडि वधाउने पर्वको रूपमा लागिरहेको छ । भित्तेलेखन तथा पोष्टर पम्पलेट वितरण समाजिक अगुवा तथा जनभेटघाटलाई पनि तिव्रता दिईरहेको छ । प्रचार प्रसारकै क्रममा अखिल क्रान्तिकारी वाँकेका अध्यक्ष डिल्ली सी र पार्टी जिल्ला कमिति सदस्य धर्मराज सीलाई प्रहरीले गिरफ्टार गरि झण्दै ८घण्टा पछी मात्र रिहाई गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीको वाँके जिल्ला कमितिको वैठक जिल्ला सेक्रेटरी कल्पना सीको अध्यक्षता र पुलितव्यूरो सदस्य आदर्श सीको प्रमुख आथित्यतामा वस्यो । वैठकले नेकपाको केन्द्रीय कमितिद्वारा पारित गरेको १० बुँदे समसामयिक प्रस्तावहरु : ...