११ श्रावण २०८१, शनिबार

Tag: पाेखरा

बेपत्ता याेद्धा पुर्ण पाैडेलकाे नाममा प्रतिष्ठान घाेषणा

बेपत्ता याेद्धा पुर्ण पाैडेलकाे नाममा प्रतिष्ठान घाेषणा

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
कास्की ,पाेखरा । जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता पारीएका योद्धा तथा तत्कालीन अखिल (क्रान्तिकारी) का नेता पूर्ण पौडेलको स्मरणमा `पुर्ण पौडेल प्रतिष्ठान” घोषणा गरिएको छ। बुधबार पोखरामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव  विप्लव जन्ता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र का महासचिव देवीप्रसाद गुरुङ ,नेकपा बहुमतका केन्द्रीय सदस्य गाेकुल पराजुली ,सहिद सन्तति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष प्रकाश बास्तोल , नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री यज्ञ बहादुर थापा ,  माओवादी (क्रान्तिकारी ) का केन्द्रिय सदस्य नारायण अधिकारी लगायतकाे सहभागीतामा कार्यक्रम भयकाे थियाे । कार्यक्रमका वक्ता नेकपाका महासचिव विप्लवले परिवर्तन, आन्दोलन, विज्ञान, खोज, क्रान्तिको मुल्य हुन्छ र यो मुल्य चुकाउदाको पिडा हामीमा सबैभन...
नेकपा (बहुमत ) केन्द्रीय कमिटी काे चाैथाे पुर्ण बैंठक  सम्पन्न

नेकपा (बहुमत ) केन्द्रीय कमिटी काे चाैथाे पुर्ण बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिको चौथो पूर्ण बैठक पोखराको लेखनाथमा सम्पन्न भएको छ । यही फागुन १४ देखी १८ सम्म बसेको बैठकले नेपाली समाजको आमूल रूपान्तरणका लागि आवश्यक नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र गर्ने उद्देश्यका साथ नेपालका क्रान्तिकारी पार्टीहरूसँग पार्टी एकता, धु्रवीकरण र कार्यगत एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । निकट भविश्यमा नै पार्टी एकता गर्ने लक्ष राखेका तिन पार्टी नेकपा (बहुमत), नेकपा (क्रामा) र नेकपा (मशाल) बिच पार्टी एकताका लागि बनेको पार्टी एकता संयोजन समितिले तयार गरेको मस्यौदासम्बन्धी सम्प्रेषण र छलफल गरी एकतालाई तार्किक निष्कर्षमा पुर्याउने निर्णय बैठकले गरेको छ । बैठकले दलाल पुँजीवादको भद्दा नमूनाको रूपमा चलिरहेको लघुवित्त, मिटरब्याजजस्ता चरम शोषण, उत्पीडनको अन्त्य गर्न सम्पूर्ण लघुवित्तीय संस्थाह...
पाेखरा बिमानस्थल नजिकै जहाजमा चरा ठाेक्कियाे ।

पाेखरा बिमानस्थल नजिकै जहाजमा चरा ठाेक्कियाे ।

Breaking News, पर्यटन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
९ फागुन, काडमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला जहाज चरासँग ठोक्किन पुगेको छ । बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममाचराको यति बाक्लो गतिविधि हवाई सुरक्षालाई चुनौती हो,’ उनले भने, ‘यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’ चरासँग ठोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले यो भिडियो अपलोड गरेका छन् । उनले भिडियोमा उल्लेख गरेजस्तै पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । यसले उडान सुरक्षालाई चुनौती दिइरहेको छ । भिडियोमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘प्लेन खस्नु भन्दा त चिल नै खसेको ठिक हो नी ।’ केही प्रयोगकर्ताले पोखरा महानरगपालिकाका मेयर धनराज आचार्यलाई मेन्सन गर्दै फोहोर व्यवस्थित बनाउन जोड दिन अनुरोध गरेका छन् । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले आफूले पनि यो भ...
२४ घण्टा पछि बिमानकाे ब्ल्याक बक्स भेटियाे

२४ घण्टा पछि बिमानकाे ब्ल्याक बक्स भेटियाे

Breaking News, राष्ट्रिय, समाचार
२ माघ पाेखरा  । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो । प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको पुष्टी गरे । उनले हिजोदेखि खोजी कार्य जारी रहेपनि २४ घन्टापछि मात्रै भेटिएको र उक्त ब्ल्याक बक्सलाई काठमाडौं लिने  तयारी भइरहेको बताए । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।...
संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कास्की :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको संसदीय चुनाव अवज्ञा/बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनले यो व्यवस्थामा हुने चुनावले भ्रस्टाचारी, कालाबजारी, शिक्षाका माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनतालाई अवज्ञा गर्न अपील गरेका हुन् । यो दलाल संसदीय व्यवस्थाको विशेषता नै हो । त्यसैले हामीले यो चुनाव अवज्ञा गर्ने नीति लिएका छौँ । हामीले देशमा राजनीतिक स्थिरता, समृद्धि, सामाजिक रुपान्तरण, शान्ति र स्वाधिनताका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्दै नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गर्न संघर...
नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता पाेखरामा घट्याे दुखद घटना :

नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता पाेखरामा घट्याे दुखद घटना :

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार, सुचना संचार
पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा दुखद घटना घटेको छ ।प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात सराङकोटस्थित जमिनमा खसेको थियो । दुर्घटनामा घाइते थापाको स्थानीय मेट्रोसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगिता सिञ्जालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा एक मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् । एक मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै वि...
कायाङकिकी एक्लि सुधा :नवाैं राष्ट्रिय खेलकुद !!

कायाङकिकी एक्लि सुधा :नवाैं राष्ट्रिय खेलकुद !!

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
३०>असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलका रुपमा रहेका र्‍याफ्टिङ र कायाकिङ प्रतियोगिता आइतबार पोखरा १७, दोबिल्लामा भयो । कायाकिङ प्रदर्शनी प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वाछाने पहिलो, चितवनका नवीन श्रेष्ठ दोस्रो र चितवनकै विजय गुरुङ तेस्रो भए । १४ जना खेलाडी सहभागी भएको खेलमा पुरुषहरुको भिडमा एक्लै थिइन्, खोटाङकी सुधा राई (२२) । उनले आफ्नो कलामात्रै देखाइनन्, उत्कृष्ट प्रदर्शन पनि प्रस्तुत गरिन् । कायाकिङ कायाक सलालाम विधा अन्तर्गत २ सय मिटर दूरीमा उनले ११३.९० अंक ल्याइन् । तर, सुधा आइतबार नवौं अन्तर्गतको कायाकिङ प्रदर्शन खेलमा मात्रै एक्लै उभिएकी होइनन् । यसअघि पनि थुप्रै खेलमा त्यसरी नै पुरुषहरुको बीचमा आफूभन्दा अग्लो कायाक बोकेर पुग्थिन् । तर, यो उनको रहर होइ न, बाध्यता हो । यसै त जुनसुकै खेलमा पनि महिलाहरुको संख्या कम छ । त्यसमाथि यो खेल्न ...