११ श्रावण २०८१, शनिबार

Tag: नेकपा

विप्लवले जुम्ला पुगेर स्याउ खेतिकाे उद्घाटन गरे,१० हजार विरुवा राेप्ने

विप्लवले जुम्ला पुगेर स्याउ खेतिकाे उद्घाटन गरे,१० हजार विरुवा राेप्ने

Breaking News, अर्थवाणिज्य, कृषि, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जुम्ला : नेपाल  कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्ला पुगेर स्याउ रोपणको उद्घाटन गरेका छन ।शुक्रबार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पुगेर  विप्लवले पार्टी र देशलाई आत्मनिर्भर बनाउने योजनाका साथ  स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गरेका हुन। विप्लवले चन्दननाथ नगरपालिका वडा नम्वर २ भण्डारीबाडामा ‘राजेश फलफुल नर्सरी एण्ड स्याउ प्रशोधन उद्योग’ संचालन गरेका दम्पती हरी वहादुर कामी र मंगला विकको हातबाट १५४ वटा सहयोग स्वरुप उपलब्ध गरेका स्याउका विरुवा ग्रहण गर्दै र रोप्दै स्याउ रोपण अभियानको उद्घाटन गरे । बिहिवार विप्लवकाे नेतृत्वमा उत्तर कर्णाली व्यूरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालिकोट बाजुरासहितका नेकपा नेता कार्यकर्ताको टोली जुम्ला पुगेको थियाे। नेकपाका नेता भरत बमका अनुसार "२२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । पहि...
जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन

जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन

Breaking News, राजनीति, शिक्षा, समाचार
जाजरकोट : बारेकाेट गाउपालिका जाजरकोटका एकै गाउका दुई युवा अखिल क्रान्तिकारी काे जिल्ला अध्यक्ष मा सर्वसम्मत चयन भयका छन । बारेकाेट गाउपालिका - ३ पहाड मुल्सामका दुई युवा जाजरकोट र डाेल्पा जिल्लाकाे अध्यक्षमा चयन भयका हुन । नेत्र बिक्रम चन्द "विप्लव" ले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काे जाजरकोट जिल्ला काे अध्यक्ष मा वीर बहादुर नेपाली "प्रखर सि" र डाेल्पा जिल्लाकाे अध्यक्ष मा काली बहादुर नेपाली "बिज्ञान सि" चयन भयका हुन । नलगाड नगरपालिका जाजरकोटमा  शुक्रबार सम्पन्न  भयकाे  २३ औं जिल्ला अधिवेशनले "प्रखर सि" लाई अध्यक्षमा र उपाध्यक्षमा महेन्द्र सी, सचिवमा कमला सी, कोषाध्यक्षमा कल्पना सी र सह-सचिवमा गणेश सी सहित २५ सदस्यीय जिल्ला कमिटिमा  निर्वाचित भएका थिय। यसै गरि सनिवार सम्पन्न डाेल्पा जिल्लाको ८ औं जिल्ला सम्मेलनले बिज्ञान सिकाे अध्यक्ष मा २१ जनाकाे ज...
निराशाउन्मुख समाजमा आशावाद जगाउनु पर्छ र पुँजीवादको विकल्प समाजवाद दिनुपर्छ : विप्लव

निराशाउन्मुख समाजमा आशावाद जगाउनु पर्छ र पुँजीवादको विकल्प समाजवाद दिनुपर्छ : विप्लव

Breaking News, राजनीति, विचार
कपिलवस्तु : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले निराशाउन्मुख समाजमा आशावाद जगाउनु पर्छ - पुँजीवादको विकल्प समाजवाद दिनुपर्ने कुरा बतायका छन् । नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुमा शुक्रबार सम्पन्न केन्द्रीय स्कुलिङ्ग विभागको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो कुरा बताएका हुन । उनले पुँजीवादी व्यवस्था जनतामाथि शोषण गर्ने प्रणालीमा आधारित व्यवस्था भएको भन्दै यो विश्वभर नकाम भएकाले समाजवाद चाहिने बताए । महासचिव विप्लवले नयाँ संश्लेषणबाट प्रयोगमा जाने र प्रयोगबाट नयाँ संश्लेषणमा पुग्ने सुविधा नेपाल कम्युनिष्ट पार्टीलाई भएको बताए । उनले भने ‘नयाँ संश्लेषणबाट प्रयोगमा जाने र प्रयोगबाट नयाँ संश्लेषणमा पुग्ने सुबिधा हामीलाई छ । त्यसैले हामीले विश्वको प्रवृत्तिलाई मध्यनजर गर्दै तर्कसहित परिणाम दिनुपर्छ । पुँजीवादको विकल्प समाजबाद उत्कृष्ट व्यवस्था भएको बताएका हुन।...
नेकपा द्वारा संघर्षका कार्यक्रम घाेषणा

नेकपा द्वारा संघर्षका कार्यक्रम घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :जिल्ला अदालत काठमाडौंले ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संघर्षका कार्यक्रम घोषणा गरेका छन्।काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार पक्राउ पुर्जी जारी गरिएको विप्लवको ठहर छ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विप्लवले संघर्षको कार्यक्रम घोषणा गर्दै भनेका छन्। प्...
विप्लव सहित चार जना नेता बिरुद्ध पक्राउ पुर्जी जारी

विप्लव सहित चार जना नेता बिरुद्ध पक्राउ पुर्जी जारी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ । पक्राउ पुर्जी यस्तो छ -  ...
नेकपा जाजरकोट, भुकम्प प्रभावित क्षेत्रमा प्राथमिक उपचार र उद्धारका काम तिब्रता दिदै

नेकपा जाजरकोट, भुकम्प प्रभावित क्षेत्रमा प्राथमिक उपचार र उद्धारका काम तिब्रता दिदै

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट । नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले भुकम्प पिडित बस्तिहरुमा स्वास्थ्य शिविर संचालन र भत्किएका घरहरुलाई उद्धार  गरेकाे छ । आईतवार डा. प्रकाश चन्द नेतृत्वकाे टाेलि भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगि भेरि नगरपालिका र नलगाड नगरपालिकाका भुकम्पले घाइते र बिस्थापितहरुलाई  प्राथमिकता उपचार गरिरहेका हुन । पार्टीका जिल्ला सेक्रेटरी विराजन शाहीका अनुसार "हाल सम्म भुकम्पले छेतविछेत भईरहेका घरहरु लाई तत्काल पन्छाउने काम भईरहेकाे छ,भेरि नगरपालिकाका १० वटा घर र नलगाड नगरपालिकाका २० वटा घरहरुकाे सामानहरु सुरक्षित ठाउमा राखिएको र उद्धार र राहतका कार्यमा पार्टी निरन्तर लागिरहेको सेक्रेटरी शाहीले बताए"। साथै भुकम्पबाट बिस्थापितहरुलाई तत्कालिन अवस्थामा अन्य बिपत्ति नआहाेस भन्नका  लागि तत्काल आधारभूत स्वास्थ्य शिविर संचालन गरियकाे र १५० जनालाई उपचार गरिसकेका...
एमसिसि कार्यन्वयन बिरुद्ध चार दलकाे प्रदर्शन तथा काेण सभा कार्यक्रम सम्पन्न

एमसिसि कार्यन्वयन बिरुद्ध चार दलकाे प्रदर्शन तथा काेण सभा कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।अमेरिकी परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा चार कम्युनिस्ट पार्टीले आज नारा जुलुस सहित काेणसभा सम्पन्न  गरेका छन । बुधबार माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ,आहुति नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी ,र ऋषिराम कट्टेल नेतृत्वको नेकपाकाे सयुक्त आयाेजनामा बिराेध कार्यक्रम सम्पन्न भयकाे हाे । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला नेकपा का महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड, नेकपा का अध्यक्ष ऋषिराम कट्टेल , पूर्व सुरक्षा परिषदका प्रवक्ता हेमसंकर गिरी, नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र विद्रोही मशालका नेता चिन्तामणी पोखरेलले सम्बोधन गरेका थिए । कोणसभाको संचालन नेकपा पोलिटब्युरो सदस्य माइला लामाले गरेका थिए । सभालाई सम्बोधन गर्ने सबै वक्ताले एमसी...
प्रगतिशील र कम्युनिस्ट एक हुनु पर्छ : विप्लव

प्रगतिशील र कम्युनिस्ट एक हुनु पर्छ : विप्लव

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले  प्रगतिशीलहरु र कम्युनिस्टहरु एकै ठाउँमा आउनुपर्ने बताएका छन् । नेकपाले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताए । प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने उनले बताए । ‘हामी फुटेका पनि यहाँ जुटिसकेका छौं । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौं भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं ।...
नेकपाकाे आयाेजनामा एमसिसि बिरुद्ध बृहत गाेष्ठि हुने

नेकपाकाे आयाेजनामा एमसिसि बिरुद्ध बृहत गाेष्ठि हुने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे आयाेजनामा आज काठमाडौँमा ‘एमसीसी परियाेजना कार्यान्वयनका विरुद्ध अन्तरक्रिया’ विषयक बृहत अन्तरक्रिया हुने भएकाे छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द "विप्लव"काे प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेकपा एकिकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (एमाले) का नेता डा.भीमबहादुर रावल, वरिष्ठ बुद्धिजीवी युवराज संग्राैला, बुद्धिजीवी डा.सुरेन्द्र भण्डारीलगायत वक्ताहरुले आ-आफ्नो धारणा राख्ने छन् । आज अपरान्ह १२:३० हुने साे कार्यक्रम जमलस्थित राष्ट्रिय नाँचघरमा हुनेछ। कार्यक्रममा सहभागी भइदिन युवा, विद्यार्थी, बुद्धिजीवी र देशभक्त नागरिकलाई कार्यक्रममा नेकपा प्रचार विभागले सबैसँग अपिल समेत गरेकाे छ ।...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
ललितपुर ।नक्कलि भूटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको ललितपुर स्थित हात्तीवनमा रहेको निर्माणाधीन घर जन-नियन्त्रणमा गएको छ। नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पहलमा स्थानीय र नेकपाका नेता कार्यकर्ता हरुको भिडले कालो ब्यानर र झण्डा सहित सोमवार नियन्त्रणमा लिएको हाे । जन- नियन्त्रणमा लिइएको सार्वजनिक सुचना भन्दै नक्कली भुटानी शरणार्थी काण्डमा मुख्य विचौलियाको निकृष्ट भूमिकामा रही ठगी, मानव तस्करी र राष्ट्रघात जस्तो अक्षम्य अपराध गरेको हुनाले अपराधिक कार्य मार्फत लुटेको धनबाट निर्मित अपराधी केशव दुलालको यो घर जनताको आग्रह, अपिल एवम् सहभागितामा जन – नियन्त्रणमा लिइएको छ । साथै अपराधिक व्यक्तिको कानुनी स्वामित्व सामाजिक रुपमा खारेज भइ सार्वजनिक स्वामित्व स्थापित भएको नेकपा ललितपुरले जनाएकोछ। ...