११ श्रावण २०८१, शनिबार

Tag: आ.व.२०८०/८१ काे बजेट

छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

छेडागाड न.पा.जाजरकोटले ६९कराेड,६८ लाख, ८७ हजार,७ सय ३८रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट ।छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । १४ औ नगरसभामा नगर उपप्रमुख चन्द्र बहादुर थापाले ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन । संघीय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान १२ करोड ४५ लाख, संघीय सरकार शसर्त अनुदान ३६ करोड ४४ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, समपुरक ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९६ लाख ४५ हजार गरी जम्मा ६३ करोड ३५ लाख ४५ हजार रहेको छ । यस्तै प्रदेश सरकार समानिकरण अनुदान १ करोड २५ लाख ९० हजार, शसर्त अनुदान ३ करोड ५७ लाख, प्रदेश सरकार राजस्व बाँडफाँड ९ लाख ५२ हजार ७ सय ३८ गरी ४ करोड ९२ लाख ४२ हजार ७ सय ३८ रहेको छ । यस्तै नगरपालिकाको आन्तरिक श्रोत सबै १ करोड ४१ लाख गरी आर्थिक वर्ष २०८०/०८१ का लागि उपप्रमुख चन्द्र बहादुर थापाले जम्मा ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैया...
बारेकाेट गा.पा.जाजरकोटले ४५ कराेड,६ लाख,३८ हजार ,९सय,७ रुपैयाँको वजेट सार्वजनिक गरेकाे छ

बारेकाेट गा.पा.जाजरकोटले ४५ कराेड,६ लाख,३८ हजार ,९सय,७ रुपैयाँको वजेट सार्वजनिक गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
जाजरकोट ।बारेकोट गाउँपालिकाको १७ औं गाउँ सभाले गाउँपालिको आ.व. २०८०/०८१ को बजेट सार्वजजीक गरेको हाे । सभामा आ.व. ०८०/८१ को कुल बजेट ४५ करोड ६ लाख ३८ हजार ९ सय ७ रुपैया सार्वजनीक गरेको छ, जसमा आर्थिक विकास तर्फ १ करोड ५० लाख, सामाजिक विकास तर्फ ७ करोड २६ लाख ५० हजार, पूर्वाधार विकास तर्फ १ करोड ७१ लाख, वन तथा वातावरण तर्फ ३२ लाख, सुशासन तथा संस्था विकास तर्फ १ करोड २७ लाख ८८ हजार गरि जम्मा रु १२ करोड ७ लाख ३८ हजार पूजीगत तर्फ सार्वजनीक छ भने, चालु तर्फ ७ करोड २० लाख गरी जम्मा १९ करोड २७ लाख ३८ हजार रुपौयाकाे वजेट गााउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले सभामा सार्बजनीक गरेका थिए। गिरीका अनुसार कर्णाली प्रदेशबाट आउने २५ करोड ७९ लाख विनियोजन हुन बाँकी रहेको छ । सनिवार देखि संचालन भयकाे गाउँ सभा आईतवार सम्पन्न भयकाे थियाे ।...
काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् । महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौर...
नलगाड नगरपालिकाले ६०कराेड, ७८ लाख, २२ हजारकाे बजेट विनियोजन गरेकाे छ ।

नलगाड नगरपालिकाले ६०कराेड, ७८ लाख, २२ हजारकाे बजेट विनियोजन गरेकाे छ ।

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट ।कर्णाली प्रदेश अन्तर्गत, नलगाड नगरपालिका जाजरकोटले आ.व.२०८०/८१का लागि ६० कराेड भन्दा बढि बजेट ल्यायकाे छ । शुक्रबार देखि सनिवार सम्म चलेकाे १२ ओैं नगर सभामा ६० कराेड ७८ लाख २२ हजारकाे वजेट ल्यायकाे हाे । जस अनुसार संघिय सरकारबाट प्राप्त ३१ कराेड १लाख, शसर्त अनुदान ९ कराेड २६ लाख रुपैयाँ समानिकरण अनुदान, बिशेष अनुदान ८० लाख र राजस्व बाडफाडबाट प्राप्त रकम ११कराेड ४७ लाख ७१ हजार रहेकाे छ । प्रदेश सरकारबाट प्राप्त रकम १कराेड १ लाख ५६ हजार समानिकरण अनुदान, ३कराेड ६ लाख ९५ हजार शसर्त अनुदान, १कराेड २५ लाख समपुरक अनुदान,गत वर्षको माैज्दात ६० लाख र  १ कराेड ५ लाख आन्तरिक राजस्व संकलन गर्ने गरि नगर उप प्रमुख सरिता सिंहले उक्त वजेट नगरसभामा प्रस्तुत गरेकि हुन । बजेटमा विशेष गरि कृषि , शिक्षा ,स्वास्थ्य,राेजगारी, साँस्कृति,पर्यटन र भाैतिक पुर्वाधार निर्माणमा प्राथमिकता दिईयकाे छ । क...
बागमतीमा ६२ अर्ब,७०कराेड,९०लाख बजेट विनियाेजन

बागमतीमा ६२ अर्ब,७०कराेड,९०लाख बजेट विनियाेजन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं ।बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले शुक्रबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।...
कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत ।कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री  वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४र३८ प्रशितत विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान छ । संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने आर्थिक मामिलामन...
आ.व.२०८०/०८१का लागि,१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक

आ.व.२०८०/०८१का लागि,१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ । सो बजेटका लागि १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट स्रोत जुटाइने भएको छ । त्यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड तथा आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब जुटाइने लक्ष्य लिइएको छ । ...