१२ कार्तिक २०८२, बुधबार

Tag: अखिल (क्रान्तिकारी)

शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ;समाजवादी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षामन्त्री रघुजी पन्तलाई चेतावनी पत्र पठाएको छ । संगठनले चिकित्सा शिक्षा आयोगको २२औँ बैठकलाई ‘मेडिकल माफियासँग मिलेर रातारात बसेको गोप्य बैठक’ को विशेषण दिँदै त्यसप्रति आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) का अनुसार बैठकले नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षालाई प्रोत्साहन गर्न सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको अधिकार खोस्दै निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय गरेको आरोप लगाएको छ । चेतावनी पत्रमा संगठनले लेखेको छ, ‘२०८२ साउन ५ गते शिक्षा मन्त्रालयका सचिव चुरामणि पौडेलमार्फत् मन्त्री रघुजी पन्तलाई १५ बुँदे मागपत्र बुझाएका थियौं। त्यसैगरी साउन ८ गते चिकित्सा शिक्षा आयोगका निमित्त उपाध्यक्ष डा. सुदीप आचार्य र सदस्य सचिव अणप्रसाद न्यौपा...
अनेरास्ववियु(क्रान्तिकारी)ले शिक्षा मन्त्रालयमा बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र

अनेरास्ववियु(क्रान्तिकारी)ले शिक्षा मन्त्रालयमा बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षा तथा विज्ञान-प्रविधिमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । साेमबार संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे नेतृत्वमा पुगेको टाेलिले मन्त्रालयका सचिव चुरामणि पाैडेल मार्फत शिक्षा तथा विज्ञान-प्रविधि मन्त्री रघुजि पन्तलाई ध्यानाकर्षण पत्र बुझाएको हाे । उक्त संगठनले बुझाएको १५ बुँदे ध्यानाकर्षण पत्र जस्ताको त्यस्तै : "श्री शिक्षा तथा विज्ञान-प्रविधिमन्त्री ज्यू शिक्षा तथा विज्ञान-प्रविधि मन्त्रालय सिंहदरबार, काठमाडौँ, नेपाल विषय : ध्यानाकर्षण पत्र । सङ्घर्ष, बलिदान र विजयको गौरवशाली इतिहासको निर्माता अनेरास्ववियू (क्रान्तिकारी) आम विद्यार्थीका हकहित र शैक्षिक अधिकारको सुनिश्चितताका खातिर अविचलित रूपमा सही विचार, दृष्टिकोण एवम् महान् लक्ष्यसहि...
नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हडताल, शैक्षिक संस्था बन्द

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हडताल, शैक्षिक संस्था बन्द

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको देशव्यापी शैक्षिक हडतालका कारण शुक्रबार शैक्षिक संस्था बन्द भएका छन्। काठमाडौं उपत्यकाका विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् भने काठमाडौँ बाहिरका विद्यालयहरु पनि ठप्प छन्। काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् । बहुमत निकट अखिल क्रान्तिकारीले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्न, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण गर्न, विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा कायम गर्न, शिक्षक तथा विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्न, शिक्षामा दलालीकरण र माफियाकरणको अन्त्य गर...
नेकपा बहुमत निकट बिद्यार्थी संगठनद्वारा प्रधानमन्त्री र शिक्षा मन्त्रीको पुत्लादहन

नेकपा बहुमत निकट बिद्यार्थी संगठनद्वारा प्रधानमन्त्री र शिक्षा मन्त्रीको पुत्लादहन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं: नेकपा बहुमत निकट अनेरास्ववियू (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गराउन दबाबस्वरुप चरणवद्ध आन्दोलन गर्ने क्रममा मशाल जुलुश गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्रीरघुजी पन्तको पुत्लादहन गरेको छ।आज राजधानी काठमाडौंकाे सिंहदरबार अगाडि उक्त संगठनका   विद्यार्थीहरुले काठमाडौँको डिल्लिबजारबाट सिंहदरबारतर्फको सडक खण्डमा मशाल जुलुश सहित पुत्लादहन गरेका हुन्। उक्त संगठनले साउन २ गते देशव्यापी शैक्षिक हड्ताल गर्ने समेत जानकारी दिएको छ। । अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाहका अनुसार संविधानको धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भइरहेको, शिक्षालाई निजीकरण तथा व्यापारीकरणतर्फ लैजान खोजिएको साथै शैक्षिक माफिया तथा दलालहरूको संरक्षण भइरहेकोले आन्दोलन गरेको जानकारी फिए। संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्ध...
नेकपा बहुमत निकट बिद्यार्थी संगठनका उपाध्यक्ष  रुपा बुढा लगायत १० जनालाई प्रहरीले गिरफ्तार गरेकाे छ

नेकपा बहुमत निकट बिद्यार्थी संगठनका उपाध्यक्ष रुपा बुढा लगायत १० जनालाई प्रहरीले गिरफ्तार गरेकाे छ

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौ :शिक्षामा निजीकरण र व्यापारिककरणको विरोध गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रुपा बुढामगरसहित १० जना विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न माग राख्दै सोमबार देशभर विद्यार्थी प्रदर्शन आह्वान गरेको थियो। सोही क्रममा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नेताहरूलाई पक्राउ गरेको हो । गिरफ्तारमा पर्ने नेताहरूमा उपाध्यक्ष बुढामगर सहित सचिवालय सदस्य लक्ष्मी शाह, सर्जन पाण्डे, आयुष घिमिरे, केन्द्रीय सदस्य बज्जिर सिंह नेपाली, सक्षम विश्वकर्मा, सुप्रिया नेपाली, समीर विक, सन्जु राई, र कम्युनिस्ट युवा संगठन नेपालका सचिवालय सदस्य पदम हमाल रहेका छन् । प्रहरीको यो हस्तक्षेपप्रति संगठनले कडा आपत्ति ...
सीटीईभीटीका सहायक निर्देशकलाई अखिल क्रान्तिकारीद्वारा कालोमोसो

सीटीईभीटीका सहायक निर्देशकलाई अखिल क्रान्तिकारीद्वारा कालोमोसो

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरूले कालोमोसो दलेका हुन ।अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन्। कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई पक्राउ गरेको छ। क्रान्तिकारीका कार्यकर्ताहरूले फेल भएका विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको आरोप लगाएका छन्। त्यस्तै कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको, शैक्षिक माफ...
अखिल क्रान्तिकारीले मनायो ६१ औं विद्यार्थी दिवस

अखिल क्रान्तिकारीले मनायो ६१ औं विद्यार्थी दिवस

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
बुटवल : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ६१ औं विद्यार्थी दिवस मनाएको छ ।समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज   लुम्बिनीमा संगठनकाे केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे प्रमुख आतिथ्यतामा बिद्यार्थी दिवस सम्पन्न भएको गरेकाे हाे। घरायसी कार्यव्यस्तताका बाबजुद पनि आस्था र निष्ठालाई समर्पित गर्दै उनलेे सिङ्गो पार्टी र संगठनकाे उपस्थितिमा विद्यार्थी दिवसको आयाेजना गरि मनाएका थिए ।विद्यार्थी दिवसमा अबिर वरण र चकलेट वितरण गरि मनाईएकाे थियोे । उक्त दिवस कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जगत, रुपन्देही-पाल्पा जिल्ला संगठन समितिका सचिव हेमन्त, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य प्रजापति, केन्द्रीय प्रतिनिधि सदस्य किरण, हिरा, महिला केन्द्रीय सदस्य कमला लगायतको उपस्थिति थियो ।...
माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थी नेताहरु पहिलाे पटक एकै मन्चमा- “फाेटाेफिचर”

माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थी नेताहरु पहिलाे पटक एकै मन्चमा- “फाेटाेफिचर”

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीहरु पहिलाे पटक एकै मन्चमा देखापरे । अखिल क्रान्तिकारीले ६१ ओै बिद्यार्थी दिवसका अवसरमा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उक्त सन्जाेग मिलायकाे हाे । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले पुर्व बिद्यार्थी नेताहरुलाई सम्मान सहित शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना  गरेकाे थियाे । काठमाडौकाे कमलादीस्थित पारीजात स्मृति भवनमा आज संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहकाे अध्यक्षता र  पार्टीका  महासचिव धर्मेन्द्र बास्तोलाकाे प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्यहरु उदय बहादुर चलाउने "दिपक" गुणराज लाेहनी लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीका अध्यक्...
अखिल क्रान्तिकारीद्वारा बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त

अखिल क्रान्तिकारीद्वारा बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : अखिल क्रान्तिकारीले बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त गरेकाे छ । समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले ६१ ओैँ बिद्यार्थी दिवसका अवसरमा आज एक विज्ञप्ति मार्फत शुभकामना ब्यक्त गरेकाे हाे । संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनियकाे छ "सर्वप्रथम संघर्ष, बलिदान र विजयकाे ऐतिहासिक ६१ ओै बिद्यार्थी दिवसका अवसरमा सम्पुर्ण बिद्यार्थीलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौं,राणा पन्चायत र राजतन्त्र विरुद्धको आन्दोलनमा बलशाली सावित विद्यार्थी शक्तिले नवओैपनिवेशिक पुजीवादी संसदीय ब्यवस्थाकाे अन्त्य र वैज्ञानिक समाजवादी ब्यवस्थाका खातिर नयाँ कार्यभार पूरा गर्न जरुरी छ। नवओैपनिवेशिक पुजिवादि संसदीय ब्यवस्थाद्वारा निर्देशित नव ओैपनिवेशिक शिक्षा प्रणालीको अ...
बिद्यार्थी दिवसका दिन,अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने

बिद्यार्थी दिवसका दिन,अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने । नेकपा बहुमत निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी), केन्द्रीय समितिले २०८२ जेठ १ गते, बिहिवार, प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित लेखनाथ सभाकक्षमा ६१औं विद्यार्थी एकता दिवसको अवसरमा एक विशेष सम्मान कार्यक्रम आयोजना गर्न लागेको हाे। उक्त कार्यक्रममा क्रान्तिकारी विद्यार्थी आन्दोलनका इतिहासकारहरू र संघर्षका अगुवा नेताहरूलाई एकै मञ्चमा प्रस्तुत गर्ने संगठनका केन्द्रीय सचिव डिबि शाहिले बताय। कार्यक्रमको दौरान नेपाली विद्यार्थी आन्दोलनका चर्चित अगुवा नेता र इतिहासकारहरू, जसमा लेखनाथ न्यौपाने, सरद रसाइली, हिमाल शर्मा, पुर्णबहादुर सिंह,दिपेन्द्र चलाउने, चिरन्जीवी ढकाल, प्रकाश शाही, मिलन राई र राम बहादुर तिरुवा लगायतका नेताहरूलाई सम्मान पत्र वितरण गरिने छ। यी नेताहरूले आन्दोलनका ऐतिहासिक घटनाहरू र संघर्षका प्रमुख मोडहरूको बा...