७ आश्विन २०८१, सोमबार

Breaking News

एनआईसी लघुबित्तका कर्मचारी लाई कालाेमाेसाेदलि  कार्वाही

एनआईसी लघुबित्तका कर्मचारी लाई कालाेमाेसाेदलि कार्वाही

Breaking News, अर्थवाणिज्य, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । एन .आई. सि.लघुबित्त जाजरकोट शाखाका कर्मचारी लाई नेकपा का कार्यक्रताहरुले  कालाेमाेसाे दलि कार्वाही गरेका छन । भेरि नगरपालिका वडा न ११ का स्थानीय बासिहरुले उक्त बित्तीय संस्थाले चर्काे ब्याजदर असुलेको , पटकपटक घरमा ताला लगाउने धम्की दियकाे ,घर छाेड्ने अवस्था मा पुर्यायकाेले स्थानीयकाे रिपोर्टकाे आधारमा  कालाेमाेसाे दलि कार्वाही गरियकाे नेकपा बिप्लव जाजरकोट का सेक्रेटरी बिराजन सि ले बताए ।अझै जन्तालाई चर्काे ब्याजमा डुवाई स्थानीय लाई मारमा पार्ने यस्ता ठक बित्तीय संस्थाहरुलाई थप  कार्वाही गर्ने सेक्रेटरी सि ले बिज्ञप्ति मार्फत ऐक्यबद्धता पत्र  सार्वजनिक गरेका छन । ...
रिहा पछि अभिनेता पल शाह ले दिए सबैलाई धन्यवाद

रिहा पछि अभिनेता पल शाह ले दिए सबैलाई धन्यवाद

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए । अभिनेता शाहलाई भेटनका लागि दाङबाट पनि उनका साथि र आफन्तहरु तनहु पुगेका थिय । कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् । एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी छ । काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी देखिएका छन् । बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिना...
सहिद,सहिद सप्ताह र बलिदानकाे मुल्य

सहिद,सहिद सप्ताह र बलिदानकाे मुल्य

Breaking News, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
  आमुख । नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा मुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालले पनि रगत बगा...
नायक पल शाह आज रिहा हुँदै

नायक पल शाह आज रिहा हुँदै

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
१५ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार (आज) रिहा हुने जानकारी दिए । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो । उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवल...
राष्ट्रिय स्वास्थ्यकर्मी संगठन जाजरकोट जिल्लाकाे अध्यक्षमा  अमर जंग शाह निर्वाचित

राष्ट्रिय स्वास्थ्यकर्मी संगठन जाजरकोट जिल्लाकाे अध्यक्षमा अमर जंग शाह निर्वाचित

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट जिल्ला  सदरमुकाम खलंगामा शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जिल्ला अधिवेशन  सम्पन्न भएको छ । अधिवेशनले अमर जंग शाहको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । सम्पन्न प्रथम एकता जिल्ला अधिवेशनले उपाध्यक्षमा प्रेम प्रसाद न्यौपाने र मोहन खड्कालाई निर्वाचित गरेको छ भने, सचिवमा योज्ञेश्वर बस्नेतलाई निर्वाचित गरेको छ । सह–सचिवमा पदम रोकाय, कोषाध्यक्षमा भवानी मल्ल निर्वाचित भएकी छन् । त्यसैगरी सदस्यहरुमा काली बहादुर परियार, झरणा शाही, तप्त बहादुर चन्द, नरेन्द्र ध्यार, नेप्लिजा पुन, भिम बहादुर शाही, सन्दीप बुढा मगर, चन्द्र बहादुर पुन र प्रकाश नेपाली निर्वाचित भएका छन् । “जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिवद्रता, सम्पुर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको ऐक्यवद्रता” भन्ने मुल नाराका साथ आयोजना गरिएको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जि...
सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले बुझाए प्रधानमन्त्री लाई ज्ञापनपत्र

सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले बुझाए प्रधानमन्त्री लाई ज्ञापनपत्र

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
१४ फाल्गुन काठमाडौं । ।जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । आईतबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका हुन् । १० बर्षे जनयुद्धमा सहादात प्राप्त गर्ने महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारी नेतृत्वको टोटीले ज्ञापन पत्र बुझाएको हो । एक सय बढी सहिद तथा बेपत्ताका परिवारहरुको उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा १४ वटा माग राखिएको छ । जनयुद्धको महान् लक्ष्यलाई संस्थागत गर्ने र सहिद तथा बेपत्ता योद्दाहरुको सपनालाई साकार पार्ने तर्फ नेपाल सरकारको गभ्भीर ध्यान जाओस् भन्दै उनीहहरुले सहिद तथा बेपत्ता परिवारले अनुभूत गर्ने गरी आफ्ना मागको सुनुवाई गर्न अनुरोध गरेका छन् । ‘महान् जनयुद्धको राजनैतिक लक्ष्य प्राप्तिको लागि पहलकदमी लिइय...
राष्ट्रपतिमा दुई सभामुख बिच प्रतिस्पर्धा हुने

राष्ट्रपतिमा दुई सभामुख बिच प्रतिस्पर्धा हुने

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
१३ फागुन, काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् । त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहे...
राष्ट्रपतिमा एमालेकाे उम्मेदवार रहन्छ : केपि ओलि

राष्ट्रपतिमा एमालेकाे उम्मेदवार रहन्छ : केपि ओलि

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’ एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।’ तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको बताए ।...
जाजरकोट युवा संगठन नेपालले बुझायाे , प्रशासनलाई ध्यानाकर्षण पत्र

जाजरकोट युवा संगठन नेपालले बुझायाे , प्रशासनलाई ध्यानाकर्षण पत्र

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको केन्द्रिय समितिको निर्णय  अनुसार आज प्रधानमन्त्री कार्यालय तथा देशका सबै जिल्ला प्रसासन कार्यालयहरुमा,  ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम  अनुरुप आज जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र, युवा संगठन नेपाल जाजरकोटले  बुझाएको छ। जिल्ला प्रशासन कार्यलय जाजरकोट मा गई युवा संगठन का प्रतिनिधि हरुले उक्त पत्र बुझायका हुन । ध्यानाकर्षण पत्रमा बिशेष गरि १- वैदेशिक रोजगार ब्यवसायिहरुले निम्त्याएका समस्याहरु २- बित्तीय संघ संस्थाहरुले निम्त्याएका समस्याहरु ३- मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरु लगायत बिषयबस्तुहरु रहेका छन । ध्यानाकर्षण पत्र :  ...
आतंक मच्चाउने  लघुबित्त,र मिटर ब्याजिलाई नेकपा जाजरकोटले  प्रतिबन्ध लगाउने

आतंक मच्चाउने लघुबित्त,र मिटर ब्याजिलाई नेकपा जाजरकोटले प्रतिबन्ध लगाउने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले  जनतालाई डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने लघुवित्त र मिटर ब्याजीहरुलाई प्रतिबन्ध लगाएको घोषण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका जिल्ला इन्चार्ज पौरख सी र जिल्ला सेक्रेटरी बिराजन सीले आज लघुवित्तलाई जाजरकोट जिल्लामा प्रतिबन्ध गरिएको विज्ञप्ति जारी गरि यस्तो गरेका हुन्। बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध समेत गरेका छन। आफुहरुकाे शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन। साथै विज्ञप्तिमा भनिएको छ,‘बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध गर्दछ।अन्यथा जनताको वित्तीय न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुनेछौं ।’...