१० पुष २०८२, बिहीबार

Breaking News

जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने बतायका छन ।उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए । कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उनले भने ।...
यातायात ब्यवस्था बिभागका महानिर्देशक रिजाललाई कालाे माेसाे दलेर कार्वाही

यातायात ब्यवस्था बिभागका महानिर्देशक रिजाललाई कालाे माेसाे दलेर कार्वाही

Breaking News, यातायात, समाचार
काठमाडौं :यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालाे माेसाे दलेर कार्वाही भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेकाे हाे । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ । कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको स्रोतको भनाइ छ। पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको बेला युवा संगठनले कालो माेसाे दलेको जनायकाे छ।   ...
नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने

नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनि विदा दिने निर्णय सार्वजनिक गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराम पोखरेलद्धारा हस्ताक्षर गरिएको प्रेस नोटमा यही माघ २७ गते नलगाड नगरपालिकाको २९ औं नगर कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक विदा दिने निर्णय भएको बताईएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगका रुपमा रहेको सशस्त्र जनयुद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेलाई स्मण गर्दै नलगाड नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, बिषयगत शाखा र सवै विद्यालयहरुमा सार्वजनिक विदा दिने प्रेस नोटमा जनाईएको छ । विगत बर्षहरुमा फागुन १ गतेदेखि ३ गतेसम्म जनयु...
भ्रष्टचार गरेको आरोपमा उपभोक्त समितिका सचिवलाई चप्पलकाे माला र कालाे माेसाे

भ्रष्टचार गरेको आरोपमा उपभोक्त समितिका सचिवलाई चप्पलकाे माला र कालाे माेसाे

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थीत चौड सिचाँई कुलो  उपभोक्ता समितिमा आर्थिक अनियमितता गरेको आरोपमा सचिवलाई क्रन्तिकारी युवा संगठन नेपाल प्रदेश नम्बर ७ समितिले कालोमोसो दलि चप्पलकाे माला लगाएर जनकारबाही गरेको छ ।स्रोतका अनुसार उपभोक्ता समितिमा भ्रष्टचार गरेको, बिल बढाएर सामान खरीद आर्थिक अनियमितता गरेको, फर्जि बिल हालेको आरोप तथा जनगुनासो आएपछी उपभोक्ता समितिका सचिव  जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको हो । पछिल्लो समयमा जनप्रतिनिधिको मिलेमतोमा उपभोक्ता समितिमा ब्यापक भ्रष्टचार हुँदै आएको जनगुनासो छ । क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ ले भ्रष्टचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई पहिलो चरणमा चेतावनी स्वरुप कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र फेरी पनी नसुध्रीय भौतिक जनकारबाही गर्न बाध्य हुने संगठनका एक सदस्यले जानकारी दिय। पछिललो ...
आरसिपि नेपालले २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाउने

आरसिपि नेपालले २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाउने

Breaking News, राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौँ उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ । फागुन १ गते काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरूको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरू गरिने पार्टी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उपत्यका बाहिर सात वटै प्रदेश र जिल्लाहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको ...
गायक मिलन मोक्तानको लाेक गित ‘पुर्वै पाँचथर‘ सार्वजनिक

गायक मिलन मोक्तानको लाेक गित ‘पुर्वै पाँचथर‘ सार्वजनिक

Breaking News, मनाेरन्जन, संस्कृति
काठमाडौं :लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ ।       आफनी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ्गमा गीत निमार्ण गरिएको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । "https://www.youtube.com/embed/R9KA7DOA-Tc?si=IlQZbfI17GLEY8El" t ...
मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

Breaking News, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न  व्यक्तिलाई पुरस्कृत गरिएको छ । समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रमा शनिबार विभिन्न १७ जना व्यक्ति तथा एउटा संस्थालाई १५ हजार राशिसहित प्रमाणपत्रद्वारा सम्मान तथा पुरस्कृत गरिएको हो । साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा आयोजित कार्यक्रमा प्रा.डा.घनश्याम न्यौपाने ‘परिश्रमी’, गान्धीराज काफ्ले, सुनील अधिकारी, तिलकप्रसाद लुइँटेल, राजन सिलवाल, अम्बिकादेवी भण्डारी, गिरिराज डल्लाकोटी, देवीप्रसाद शर्मा पन्थी, चन्द्रप्रसाद न्यौपाने, विनोद दाहाल ‘वत्स’, बाजुराम पौडेल, दुर्गा अधिकारी भमरकोटे, देवराज उपाध्याय, ममता मृदुल, मदनप्रसाद नेपाल तथा बाल प्रतिभा चक्षु भट्टराईका साथ नेपाल वेद विद्याश्रम मावि गौशालालाई पुरस्कृत गरिएको थियो । साहित्यकार तथा पूर्वप्रशासक ग...
जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन

जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन

Breaking News, राजनीति, शिक्षा, समाचार
जाजरकोट : बारेकाेट गाउपालिका जाजरकोटका एकै गाउका दुई युवा अखिल क्रान्तिकारी काे जिल्ला अध्यक्ष मा सर्वसम्मत चयन भयका छन । बारेकाेट गाउपालिका - ३ पहाड मुल्सामका दुई युवा जाजरकोट र डाेल्पा जिल्लाकाे अध्यक्षमा चयन भयका हुन । नेत्र बिक्रम चन्द "विप्लव" ले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काे जाजरकोट जिल्ला काे अध्यक्ष मा वीर बहादुर नेपाली "प्रखर सि" र डाेल्पा जिल्लाकाे अध्यक्ष मा काली बहादुर नेपाली "बिज्ञान सि" चयन भयका हुन । नलगाड नगरपालिका जाजरकोटमा  शुक्रबार सम्पन्न  भयकाे  २३ औं जिल्ला अधिवेशनले "प्रखर सि" लाई अध्यक्षमा र उपाध्यक्षमा महेन्द्र सी, सचिवमा कमला सी, कोषाध्यक्षमा कल्पना सी र सह-सचिवमा गणेश सी सहित २५ सदस्यीय जिल्ला कमिटिमा  निर्वाचित भएका थिय। यसै गरि सनिवार सम्पन्न डाेल्पा जिल्लाको ८ औं जिल्ला सम्मेलनले बिज्ञान सिकाे अध्यक्ष मा २१ जनाकाे ज...
सार्वजनिक ठाउँ मिचेर बनाईयका ५२ वटा घरहरु भत्काउने भेरी नगरपालिका काे निर्णय

सार्वजनिक ठाउँ मिचेर बनाईयका ५२ वटा घरहरु भत्काउने भेरी नगरपालिका काे निर्णय

Breaking News, पुर्वाधार, समाचार
जाजरकोट :सार्वजनिक बाटो तथा जग्गा मिचेर बनाईएका सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । भुकम्पले क्षेतीग्रस्त भएको खलंगा बजारको नव निर्माण गर्न भेरी नगरपालिकाले बिहिबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगाएत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागिता रहेको थियो । बैठकले सरकारी मापदण्ड पुरा गरेर घर निर्माण गर्नुको साथै, सडक, मन्दीर, खानेपानी लगाएतका सार्वजनिक संरचनाको नव निर्माण गर्ने निर्णय भएको भेरी नगरपालिकाले जानकारी दिएको छ । बैठकले जिल्ला सदरमुकाम खलंगा भित्र बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ वटा घरका संर...
चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

Breaking News, यातायात, समाचार
चितवन :चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।...