२७ बैशाख २०८२, शनिबार

Breaking News

नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता तथा कार्यक्रताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।गिरफ्तार पर्नेमा पार्टीका काठमाडौं  जिल्ला सेक्रेटरी गोकुल पराजुली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सह-संयोजक बिरेन्द्र शाह सहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीले आयोजना गरेको भ्रष्टचार बिरुद्धको मशाल जुलुस कार्यक्रम स्थल बागबजारबाट पार्टीका काठमाडौं सेक्रेटरी पराजुली र विद्यार्थी नेता शाह सहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले आज साझ गिरफ्तार गरेको हो । त्यस्तै गिरफ्तार पर्नेमा क्रान्तिकारी युवा संगठन, नेपालका नेता झलक बिक, अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य तथा विश्वविद्यालय सिटिइभिटी समिती इन्चार्ज  उषाकिरण आजाद, आयोजक समिती सदस्य तथा बागमती संयोजक गोबिन्द बिष्ट, आयोजक समिती सदस्यहरु रमेश सुनार, मिमबहादुर ऐडी, क्रान्तिकारीकै...
नेकपा बहुमतले पुर्व उपराष्ट्रपति पासाङ काे घरमा कालाे ब्यानर टाँगेकाे छ

नेकपा बहुमतले पुर्व उपराष्ट्रपति पासाङ काे घरमा कालाे ब्यानर टाँगेकाे छ

Breaking News, राजनीति, विचार, समाचार
काठमाडौं :पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) को घरमा नेकपा बहुमतले कालो ब्यानर टाँगेको छ।धर्मेन्द्र बास्तोला नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शनिबार पूर्वउपराष्ट्रपति पुनकाे काठमाडाैँ स्थित दहचोकमा रहेको घरमा  कालो ब्यानर लगाएको हाे पुनले सुविधा सम्पन्न घर बनाएको भन्दै उक्त घर निर्माणको स्रोत के हो? भनेर नेकपा बहुमतले प्रश्न गरेको छ। २०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न पनि पार्टीले माग गरेको छ, पूर्वउपराष्ट्रपति पुन १० वर्षे जनयुद्धको समयमा माओवादी जनमुक्ति सेनाका कमान्डर थिए। उनैले तालिम दिएका कार्यकर्ताले आफ्ना पूर्वकमान्डरकै घरमा कालो ब्यानर लगाएका हुन्। जनयुद्ध लडेका काेहि सडकमा माग्दै हिड्नु परेकाे छ, भने कसैका यतिठुला महल कसरी बने त्यस कारण याे कालाे ब्यानर चेतावनी स्वरुप टाँगिएको एक नेताले बताए।...
एस.एल.सी. ब्याच २०५५ द्वारा बालबालिका हरुलाई सम्मान वितरण तथा सामाजिक अक्षयकोष घोषणा

एस.एल.सी. ब्याच २०५५ द्वारा बालबालिका हरुलाई सम्मान वितरण तथा सामाजिक अक्षयकोष घोषणा

Breaking News
काठमाडौं । श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसे सिन्धुपाल्चोकका एस.एल.सी.ब्याच २०५५ समुहले यो बर्ष एस.ई.ई. तथा कक्षा १२ पास भएका सो ब्याचका विद्यार्थिहरुको आफ्ना बालबालिकाहरु लाई सम्मान तथा सामाजिक अक्षयकोष घोषणा गरेको छ । काठमाडौंको पेप्सिकोला टाउनप्लानिङ स्थित सिलौटो सेकुवा घरमा एक भव्य कार्यक्रमबिच यो बर्ष एस.ई.ई. तथा १२ कक्षा पास गरेका एस.एल.सी.ब्याच २०५५ का विद्यार्थिहरुका नानिबाबु हरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसे सिन्धुपाल्चोकका पुर्व प्रधानाध्यापक उद्धवलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा एस.एल.सी.ब्याच २०५५का अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को शभापतित्वमा भएको कार्यक्रममा त्यसै विद्यालयकी पुुर्व शिक्षिका समा श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित एस.एल.सी.ब्याच २०५५ का पुर्व विद्यार्थिहरुको समुहले एक सा...
भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : कर्णाली प्रदेश, जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका वडा -२ भेराकाे जमिन,भासिए पछि त्यस क्षेत्रमा पर्ने  बस्तीहरु जाेखिममा रहेका छन ।२०८०/ कार्तिक १७ गते गएकाे भुकम्पकाे असरले जमिनमा हलचल आएपछि यश बर्षकाे लगातार आयकाे बर्षाका कारण उक्त ठाउँको जमिन चिरा-चिरा परेकाे छ । करिब २०० मिटर लम्बाइ र ६०० मिटर चाैडाई क्षेत्रफलको जमीन भासिएकाे र उक्त ठाउँका रुखहरु ढलेका छन्, किसानले लगायका बालिपनि मासिएकाेले करिव ५५ घरदुरी अति जाेखिममा रहेकाे वडा अध्यक्ष मान बहादुर सिंहले बताउनु भयाे। वडा अध्यक्ष सिंहका अनुसार,साे ठाउँका बस्तिहरु - चाेचेओडार, ,डाँडागाउँ,बाह्रसाङले,तिमिल्धारा,खरिक,बिगेतरा,झारगाउँ, बडिखाेला र गासेरा सम्माका बस्तिहरुमा पनि असर पर्ने भयकाले साे क्षेत्रमा पनि सबै जनालाई सचेत हुन जानकारी दिएकाे अध्यक्ष सिंहले बताउनु भयाे ।बर्षा सुरु हुनसाथ घर बाहिर आउनु पर्ने र माथितिर हेर्नु...
भैँसि र बाघकाे भिडन्त पछि बाघकाे मृत्युु,भैंसी घाइते

भैँसि र बाघकाे भिडन्त पछि बाघकाे मृत्युु,भैंसी घाइते

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं :मकवानपुरमा भैंसी र बाघकाे भिडन्त पछि बाघ मरेकाे छ र भैँसी घाइते भयकाे छ। बिहीबार बिहान मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको इलाका प्रहरी कार्यालय, मनहरीले जनाएकाे छ। बाघको आक्रमणमा परी भैंसी घाइते भएकाे छ।प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा भैंसीकाे आक्रमणमा परी बाघकाे मृत्यु भएकाे जनाएकाे छ। प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मरेकाे बाघ लिएर गएकाे छ। बाघकाे घाँटीभन्दा तल्लाे भागमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ। इलाका प्रहरी कार्यालय, मनहरीबाट प्रहरी र पर्सा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। घटनास्थल चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको छ।...
पहिराेले अस्थायी टहरा पुर्‍याे, एकै घरका तीन जनाकाे मृत्युु

पहिराेले अस्थायी टहरा पुर्‍याे, एकै घरका तीन जनाकाे मृत्युु

Breaking News, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँ जाजरकोटमा  पहिरोले घर अस्थायी टहरा पुरिदा तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको हाे ।पहिरोमा परी ४२ वर्षीय लाल बहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोरा शुभम परियारको मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । अविरल वर्षा पछि आयकाे पहिरोले अस्थायी टहरा भत्काइदियो, दु:खद् घटना भयो । ठाउँठाउँमा पहिरो गएकाले जाजरकोटका विभिन्न बस्तिहरुमा जाने सडक अवरुद्ध हुनुकै साथै विद्युत पनि अवरुद्ध भएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।...
लगातार वर्षा संगै आयकाे पहिराले छिन्चु-जाजरकोट सडक अवरुद्ध

लगातार वर्षा संगै आयकाे पहिराले छिन्चु-जाजरकोट सडक अवरुद्ध

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :लगातार वर्षा संगै आयकाे पहिराेले छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ। शुक्रबार बेलुकी देखि लगातार परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध हाे। भेरी करिडोरअन्तर्गत पर्ने भेरी नगरपालिका–१३ कुदु, वडा नं ४ को बाेहरा गाउँ नजिकैको खहरेखोलाकाे भीर र छेडागाड नगरपालिका-१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको छ।भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले  सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो। केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध भयकाे प्रहरी पमुख पाण्डेले जानक...
हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको उनले जानकारी दिए । तीन घर बगाएको ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य भइरहेको छ, उनले भने ।  नेपाली सेनाका अनुसार ६ जनाको उद्धार गरिएको छ । ठुलाे क्षति भयकाे अनुमान गरिएको छ।  ...
“शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” समरजंग

“शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” समरजंग

Breaking News, राजनीति, विचार
कास्की :श्रमिक कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले "शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे" भनेका छन ।युवा नेता सिंहकाे नेतृत्वमा गठित श्रमिक कम्युनिस्ट पार्टी नेपालले “जनतामा जाओैं जनताको सेवा गराैं !!” भन्ने नाराका साथ मेचीमहाकाली – हिमाल पहाड तराईको पहिलो चरणको अभियान क्रममा कंचनपुर महेन्द्रनगर, धनगढी, कैलाली लम्कि, बर्दिया, बाँके, दाङ, बुटवल, पाल्पा,स्याङ्जा हुँदै कास्की पुगेका उनले यस्तो बताएका हुन् । उनले विभिन्न जिल्ला संगठन समितका सदस्यहरुकाे बिचमा भेटघाट, छलफल तथा निर्देशन दिदै उक्त कुरा बताएका हुन् । उनले जनता माथि राजनीति हाेईन्, जनताको लागि राजनीति गर्नुपर्ने समेत बताए।आमुल परिवर्तनमा आम जनतालाई सुख, शान्ति, समृद्धि, अमनचयन हुन्छ तर शाषकहरुले आफ्नाे शासन बचाई राख्न यस्तो बनाएको बताए त्यसैले उनिहरुले ज...
“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

Breaking News, राजनीति, विचार
काठमाडौं :नेकपा बहुमतले बुधबार संवाद डबलीमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए ।उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताए ।बास्तोलाले नेपाली कांग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरूले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे । ‘वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबिच एकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’, उनले भने । कांग्रेस–एमाले भ्रष्टाचारका काण्डैकाण्ड घटाएका आएको बताउँदै बास्तोलाले भने,‘कांग्रेस र एमाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने प...