२९ पुष २०८२, मंगलवार

Breaking News

समाजवादी कम्युनिस्ट पार्टीले पाल्पामा गर्याे जग्गा कब्जा

समाजवादी कम्युनिस्ट पार्टीले पाल्पामा गर्याे जग्गा कब्जा

Breaking News
बुटवल : समाजवादी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही - पाल्पा जिल्ला संगठन समितिले मालपोत र नापी कार्यलयलाई चेतावनी दिदै तानसेन नगरपालिकामा रहेको प्रभास पुरीले निर्माण गरेको ३५ राेपनि जग्गा कब्जा गरेको छ । उक्त पार्टीका जिल्ला सचिव हेमन्तले एक विज्ञप्ति जारी गर्दै उक्त जग्गा अधिकरण गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनलेे जारी गरेको विज्ञप्ति । "प्रेस विज्ञप्ति: पुर्ण पाठ : प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम किन ? १) जलस्रोत ऐन २०४५ लाई मिचि प्रभासको दोस्रो पोखरी पुर्ने काम गरेकोले ।, २) जैविक विविधता र पर्यावरणीय सन्तुलनको दृष्टिले अति महत्वपूर्ण मानिएको एवम् सिमसार क्षेत्रको रूपमा रहेको प्रभास तालको दोस्रो पोखरिको नाम निसाना भेट्‌ने काम गरेकोले । ३) प्राकृतिक सम्पदा तथा सिमसार क्षेत्रको चरम अतिक्रम गरे...
जाजरकोटमा मुक्ति बस्नेत पेट्रोल पम्प संचालन

जाजरकोटमा मुक्ति बस्नेत पेट्रोल पम्प संचालन

Breaking News, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ ।भेरी नगरपालिका–४, बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले मङ्गलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यसअघि पेट्रोल पम्प नहुँदा उपभोक्ताहरू ड्रम तथा जर्कीनबाट तेल किन्न बाध्य थिए । आज बिहान आयोजित एक विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले पम्प उद्घाटन गर्नुभयो । प्रमुख खत्रीका अनुसार अब उपभोक्ताहरूलाई शुद्ध इन्धन सहजै प्राप्त हुने र महँगोपनाबाट समेत राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेखबहादुर मग्रातीले जिल्लामै पहिलो पटक नेपाल आयल निगम अन्तर्गतको पम्प सञ्चालनमा आएकोमा मुक्ति बस्नेत सप्लायर्सलाई धन्यवाद दिनुभयो । अब सरकारी तथा गैरसरकारी कार्यालयका सवारी साधनलाई तेल आपूर्तिमा सहजता हुने बताउनुभयो । यातायात व्यवसायी भीमबहादुर बुढाले पनि पम्प सञ्च...
कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न बाेर्डकाे शिक्षकलाई अनुराेध

कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न बाेर्डकाे शिक्षकलाई अनुराेध

Breaking News, शिक्षा
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न आन्दोलनरत शिक्षकहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आगामी ११ गतेदेखि निर्धारण गरिएको परीक्षा नियमित रूपमा सञ्चालन गर्न शिक्षकहरूलाई अनुरोध गर्ने निर्णय गरेको बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। बैठकपछि उनले भने, ‘परीक्षा केन्द्र तोकिएको छ। परीक्षा तोकिएकै मितिमा गर्नुपर्छ भनेर विद्यार्थीहरूको अनुरोध आएको छ। हामीले आज पनि हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएका विद्यालयमा आवश्यक तयारी गर्न सबैसँग पुनः अनुरोध गर्ने निर्णय गरेका छौं। शिक्षकहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ। ५ लाख ५० हजार विद्यार्थीको परीक्षा भएका कारण परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने नै निर्णय भएको छ।’ नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठम...
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्ने भएको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक-पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।...
शिक्षा मन्त्री भट्टराईले राजिनामा दिएकी छिन

शिक्षा मन्त्री भट्टराईले राजिनामा दिएकी छिन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।...
स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग : स्वास्थ्यकर्मी ट्रेड युनियन

स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग : स्वास्थ्यकर्मी ट्रेड युनियन

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा ऐन छुट्टै जारी गनुपर्ने माग राखी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।संघियतालाई सफल रुपमा कार्यान्वयन गर्न लागि नेपाल सरकारले स्वास्थ्य सेवा ऐन तत्काल जारी गनुपर्ने तर हालसम्म पनि औपचारिक रुपमा स्वास्थ्य सेवा ऐन निर्माण प्रक्रिया समेत नगरेकोले तत्काल सरोकारवालाहरुको सहभागितामा छुुट्टै स्वास्थ्य सेवा ऐन ल्याउनु पर्ने खतिवडालाई ध्यानाकर्षण गराएका छन । ध्यानाकर्षणमा संयुक्त निजामती कर्मचारी टृेड युनियनहरुले स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गनुपर्ने माग प्रति गम्भिर ध्यानाकर्षण भएको र निजामती टेृड युनियनहरुको हैकमवादि र निरकुंश प्रवृति भएको र आफ्नो क्षेत्राधिकारको सामान्य मर्यादालाई समेत उलंघन गरेको र स्वास्थ्यकर्मी टेृड युनियनहरुको सौदावाजी ग...
भारतकाे उत्तरकाशी खोलामा परेकी नेपाली महिला अझै बेपत्ता

भारतकाे उत्तरकाशी खोलामा परेकी नेपाली महिला अझै बेपत्ता

Breaking News, राष्ट्रिय, समाचार
उत्तरकाशी, भारत – नयाँ वर्षको अवसर पारेर आफन्त भेट्न भारतको उत्तरकाशी पुगेकी एक नेपाली महिला खोलामा परेकी छन्। तर घटनापछि २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि कुनै औपचारिक खोजी कार्य सुरु नभएको भन्दै परिवार र आफन्तहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। बेपत्ता भएकी महिला जाजरकोट जिल्ला, कुसे गाउँपालिका–२ टालेगाउँ लाम्पाटकी ३५ वर्षीया बिन्दा शाही हुन्। हाल काठमाडौंमा बस्दै आएकी शाही नयाँ वर्ष मनाउन आफ्नी छोरीसहित उत्तरकाशी गएकी थिइन्, जहाँ उनीहरूका केही आफन्तहरू र अन्य नेपालीहरू पनि बसोबास गर्छन्। परिवारका अनुसार, बिहीबार दिउँसो करिब ३ बजे बिन्दा शाही एक स्थानीय खोलामा अचानक परेकी थिइन्। उक्त घटना भिडियोमा पनि कैद भएको छ, तर यति ठूला प्रमाण हुँदाहुँदै पनि हालसम्म खोजी कार्य थालिएको छैन। बिन्दा शाही विवाहित हुन्। उनका श्रीमान् पूर्ण बहादुर शाहीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै खोजी...
६५ बिगाहा जमिनमा लगाईएकाे अवैध अफिम प्रहरी द्वारा नस्ट

६५ बिगाहा जमिनमा लगाईएकाे अवैध अफिम प्रहरी द्वारा नस्ट

Breaking News, कृषि, राष्ट्रिय, समाचार
जाजरकोट : करिब ६५ बिगाहा जमिनमा अवैधानिक रुपमा लगाइएको अफिम प्रहरीद्वारा नस्ट ।जाजरकोटको जिल्लाको नलगाड नगरपालिका-१ पर्ने खौलागाउँ र काँडा गाउ लगानीका ठाउमा अवैध रूपमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको हाे । इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको २० जनाको प्रहरी टोलीले ६५ रोपनी क्षेत्रफलमा अवैध रूपमा खेती गरिएको अफिम फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार, जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन अवैध अफिम खेतीमा निगरानी बढाइएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले यस्ता गतिविधि रोक्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । यसअघि पनि जाजरकोटका विभिन्न ठाउँमा अवैध लागूऔषध खेतीविरुद्ध अभियान सञ्चालन गरिएको थियो । प्रहरीले अवैध रूपमा अफिम खेती नगर्न स्थानीयहरूलाई सचेत गराउँदै आएका छ ।...
शैक्षिक सामाग्री सहित बुढानिलकण्ठ नगर काठमाडौं टिम जाजरकोटमा

शैक्षिक सामाग्री सहित बुढानिलकण्ठ नगर काठमाडौं टिम जाजरकोटमा

Breaking News, खेल, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट :बुढानीलकण्ठ नगरपालिका हात्तिगौडा काठमाडौंका प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा र नगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह जाजरकोट आइपुगेका छन् । अन्तरपालिका शैक्षिक साँझेदारीमा कार्यक्रम संचालन गर्न बुढानीकण्ठ नगरपालिकाका प्रमुख, उप–प्रमुख सहित नगर शिक्षा महाशाखा प्रमुख जाजरकोट पुगेका हुन् ।भेरी नगरपालिकाको सभाहलमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर अन्तरपालिका शैक्षिक अनुभव आदान प्रदान गरिएको थियो । “अन्तरपालिका सहकार्य, शैक्षिक सुधारका लागि अपरिहार्य” को मान्यतामा रहेर आयोजना गरिएको शैक्षिक अनुभव आदान प्रदान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी र भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, बारेकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा...
जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम अन्तरगत जाजरकोट जिल्लामा सुरु भएको सहिद विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न भएको छ । यही चैत्र २४ गते देखि जिल्लाको त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गण थाप्लेमा सुरु भएको भलिबल खेल चार दिन सञ्चालन भएको थियो । जनयुद्धका सहिद कर्ण बहादुर विक (विदुर) को स्मृतिमा सञ्चालन भयकाे उक्त प्रतियोगिता यस वर्ष पनि सञ्चालन गरिएको हो । खेलमा १९ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता हुन पाउने व्यवस्था गरिएको थियो । उक्त प्रतियोगिताको आयोजना सहिद स्मृति युवा क्लवले गरेको थियो भने, भेरी नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक थियो । ज्योति विकास बैंकको सह प्रायोजन र अन्य विभिन्न निकाय र व्यक्तिहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भएको थियो । भेरी नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको कार्यक्रमले खेलाडी उत्पादन गर्नुका साथै लाग...